इटहरी । ३५ औँ प्याब्सन दिवसको अवसरमा प्याप्सन सुनसरीको आयोजनामा तथा इटहरी नगर प्याब्सनको संयोजनमा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

इटहरी उपमहानगरपालिका–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा आयोजित कार्यक्रममा आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो। कार्यक्रम सुनसरी जिल्ला प्याप्सनका वरिष्ठ उपाध्यक्ष रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्याप्सन कोशी प्रदेश पूर्व उपाध्यक्ष ज्ञानेन्द्र दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्याप्सनका उपाध्यक्ष गणेश भण्डारी, प्याब्सन सूर्यमणि निरौला, निस्साहाय बालबालिका आश्रम अध्यक्ष  राजेन्द्र श्रेष्ठ, प्याप्सनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याप्सन सुनसरीका सचिव दिपक कार्कीले गर्नुभएको थियो। सहभागी वक्ताहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत निस्साहाय बालबालिकाको हितका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।