इटहरी । घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ ८ भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक पड्काउँदा १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर नजिकै बारीमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो । बन्दुकको गोलीले १७ वर्षीय छोरा सफल सिंगकको छाती, कुम र कञ्चटसहित शरिरका विभिन्न भागमा गोली लागेको थियो । सफलको घटनास्थलमै मृत्यु भएको तामाङले बताउनुभयो । हत्याको जानकारी पाउना साथ खटेको प्रहरी टोलीले बखतसिंहलाई पक्राउ गर्नुका साथै बन्दुक
इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो तीन महिनाको अवधिमा छ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा जिल्ला प्रशासन कार्यालयले कुल छ हजार २३५ जनालाई विभिन्न सेवा प्रवाह गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सार्वजनिक गर्नुभएको सेवा प्रवाहको विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ । साउनदेखि असोज महिनासम्ममा दुई हजार ७६७ जनाको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण दर्ता गरिएको छ । असोजसम्ममा एक हजार ४५८ जनालाई नागरिकता प्रदान गरिएको प्रजिअ सेढाइँले जानकारी दिनुभयो । जिल्ला प्रशासन
इटहरी । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्ला हुँदै तराईसँग जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत जेठ १६ गतेबाट बन्द भएको फेरी क्रमशः नदीमा पानीको बहाव कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएको हो । जिल्लाको उत्तरी क्षेत्रमा सवारीसाधन, दैनिक उपभोग्य बस्तु, खाद्यान्न, कच्चापदार्थ, यात्रु आवतजावतका लागि महत्त्वपूर्ण एवम् वैकल्पिक माध्यमको रुपमा रहेको फेरी षडानन्द नगरपालिका आफैँले व्यवस्थापन गरी सञ्चालन गरेको नगरपालिकाकी उपप्रमुख प्रमिला राईले जानकारी दिनुभयो । उहाँका अनुसार, सङ्घीय सांसद क्षेत
इटहरी । धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउण्डेसन बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार गाउँपालिकाको तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउण्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिह गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा आधुनिक सुविधा सम्पन्न भवन सहित स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो कामका लागि गाउँपालिकाको २० प्रतिशत र खेतान फाउण्डेशनको तर्फबाट ८० परुतिशत लागत साझेदारी रहने उल्लेख छ । यस्तै साही कार्यक्रममा खेतान फाउण्डेशन र ह्युम्यान प्राक्टीस फाउण्डेसन बीच कोशी प्रदेशका हिमाली ३ र पहाडी ८ जिल्लामा ३ अर्वको लगानीमा माध्यमिक विद्यालय भवन,
इटहरी। झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ । गत असोज २९ गतेको नगर कार्यपालिकाको बैठकले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरुको करार सम्झौता रद्द गर्ने नीतिगत निर्णय गरेको थियो । कार्यापालिकाको निर्णय नं।३ मा नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८२ असोज ७ गते र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको निर्णय कार्यान्वयन गर्नका लागि यो निर्णय लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । सश
इटहरी । झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ । पहिलो पटक हुन लागेको झापा महिला गोल्डकप आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा गर्ने तयारी भएको छ । झापा महिला गोल्डकप आयोजक मूल समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको स्थायी प्याराफिटमा कुर्सी जडान लगायतका कार्यहरू भएका छन् । दुधे रङ्गशालालाई सम्याउने लगायत आकर्षक बनाउने कार्य अन्तिम चरणमा पुगेको उहाँले जनाउनुभयो । कम्तिमा १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माणको काम पनि अन्तिम चरणमा प
इटहरी । इटहरी उपमहानगरपालिका–४ पानधारेस्थित भित्री सडकखण्डमा शनिवार बेलुका ८ बजेतिर ईभी गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन्। घरमा पार्किङ गर्न खोजिएको प्र। १–०२–००१ ज ४५३३ नम्बरको ईभी गाडीले घरअगाडि बसिरहेकी महिलाहरूलाई ठक्कर दिएको हो। ठक्करबाट ४५ वर्षीया शान्तीदेवी साहको ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पठाइएकोमा राति १०ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २६ वर्षीया राधिका साहको बायाँ खुट्टा फ्याक्चर भई घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ। गाडी चालक करिब ५० वर्षीय मु
इटहरी। मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिप्सले तीन वर्षअघि बन्द गरेको फलामे डन्डी टिएमटीको पुनः उत्पादन थाल्ने भएको छ । भारतीय लगानीमा सञ्चालित आरतीले सन् २०२६ को सुरुबाटै टिएमटी डन्डी बजारमा ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ । उद्योगले अबको १८ महिनाभित्रै आफ्नै अत्याधुनिक मेल्टिङ युनिट पनि सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । सरकारी नीतिमा भएको परिवर्तनसँगै सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा एकै पटक तीन वटा नयाँ मेल्टिङ युनिटसहितका स्टिल उद्योग आएपछि तीन वर्षअघि आरती स्ट्रिप्सले आफ्नो टिएमटी डन्डी उत्पादन युनिट बन्द गरेको थियो । त्यसबेला मेल्टिङ प्लान्ट र बिलेटमा आधारित उत्पादनबिचमा मूल
इटहरी । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् । समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्
इटहरी। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो । तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले राससलाई जानकारी दिनुभयो । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा रु एक अर्ब सात करोड २२ लाखबराबरको अलँैची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.