दुहबी | सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ स्थित ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) होप फर चिल्ड्रनको आयोजनामा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

कार्यक्रमअन्तर्गत दुहबी नगरपालिका वडा नम्बर ९ मा रहेको संस्थाकि संस्थापक एवं सुनसरी– ३ की निवर्तमान सांसद भगवती चौधरीले 

श्री पशुपति आधारभूत विद्यालयलाई विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको हो। 

विद्यालयलाई दुई थान गेट, शैक्षिक खेल सामग्री तथा विद्यालय कार्यालय प्रयोजनका लागि कम्प्युटर ल्यापटप, पावर प्रोजेक्टर र प्रिन्टर प्रदान गरिएको पुर्व सांसद भगवती चौधरीले जानकारी दिनु भयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि स्थानीय तहबाट भइरहेका यस्ता पहलहरू अत्यन्तै प्रशंसनीय रहेको बताएका थिए। बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयको पूर्वाधार र सिकाइ सामग्री महत्वपूर्ण हुने उल्लेख गर्दै उनीहरूले यस्ता सहयोगले सिकाइ प्रक्रिया अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

वक्ताहरूले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा शिक्षा नै मूल आधार रहेको उल्लेख गर्दै सरकार, जनप्रतिनिधि र सामाजिक संघसंस्थाको सहकार्यबाट मात्र समावेशी, समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने धारणा राखे।1767685863164

कार्यक्रमको अन्त्यमा ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) होप फर चिल्ड्रन परिवारप्रति धन्यवाद ज्ञापन गर्दै शिक्षामा गरिएको लगानी राष्ट्रको भविष्यमा गरिएको लगानी भएको उल्लेख गरियो। साथै, शिक्षाको प्रवर्द्धनका लागि सबै पक्षको साझा दायित्व र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिइयो।