All Posts By कोशी प्रेस

    Showing ३,८८१-३,८९० of १२,८६९ items.
  • मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढ्यो

    इटहरी।  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो ।  तीन महिनामा एक हजार ७२  मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले राससलाई जानकारी दिनुभयो । अघिल्लो आव २०८१र८२ को सोही  अवधिमा रु एक अर्ब सात करोड २२ लाखबराबरको अलँैची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ए

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • २८६ पटक पढिएको
  • इटहरीमा मापदण्डविपरीत कनिष्ठ अधिकृत नियुक्तिको विरोध, दरबन्दी अनुसारका सहसचिव पठाउन माग

    इटहरी । इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा दरबन्दी अनुसारको कर्मचारीलाई जिम्मेवारी दिन स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले माग गरेका छन् । उपमहानगरपालिकामा सहसचिव तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्ने मापदण्ड भए पनि सोभन्दा कनिष्ठ तहका कनिष्ठ कर्मचारीलाई लामो समयदेखि इटहरी उपमहानगरपालिकामा जिम्मेवारी दिइएको भन्दै यहाँ मापदण्ड अनुसारको कर्मचारी पठाउन माग गरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ असार २५ गते जारी गरेको निजामती कर्मचारीको सरुवा, काज, कामकाजसम्बन्धी मापदण्ड, २०८१ को दफा ११ को खण्ड ‘ग’ मा उल्लेख भए अनुसार मन्त्रालयले स्वीक

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • १९० पटक पढिएको
  • सामाजिक एकताको प्रतीकका रुपमा उदयपुरको गाईघाटमा छठपूजा गरिँदै

    इटहरी । सूर्य देवताको पूजा आराधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ ।   त्रियुगा छठ पूजा व्यवस्थापन समितिले बत्ति, एम्बुलेन्स सेवा, सुरक्षा,स्वास्थ्य सेवा, जाडोका लागि निःशुल्क दाउरा र सूर्य देवताको मूर्तिसमेत रहने गरी भव्य रुपमा छठी माताको पूजा आराधनाका लागि पवित्र घाट निर्माणको काम सम्पन्न गरेको समितिका अध्यक्ष चन्दनकुमार साहले बताउनुभयो । विगतमा कुनै समय तराई–मधेशमा मात्र छठ पर्व मनाउने गरे पनि आजभोलि उदयपुरको गाईघाट बजारमा रहेका पहाडे मूलका मानिसहरुले पनि यो पर्वलाई उत्तिकै निष्ठाका साथ मनाउँदै आ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • २३३ पटक पढिएको
  • भोजपुरको गोगनेमा रोकिएको बस सेवा पुनः सञ्चालन

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा सन् २०७९ सालदेखि रोकिएको दैनिक बस सेवा पुनः सञ्चालनमा आएको छ।बर्खायामको समयमा ट्याक्सी व्यवसायीहरूले भाडा दर लगातार बढाउँदै गएपछि स्थानीयवासीहरूको पहलमा बस सेवा पुनः सञ्चालनमा ल्याइएको हो।स्थानीय बासिन्दाहरूको प्रयासमा भोजपुर–आहाले–कोट–गोगने हुँदै ओखरबोटे सम्म दैनिक बस सेवा सञ्चालनमा आएको छ।बर्खाको समयमा सडक बिग्रिएर यातायात अवरुद्ध भएपछि स्थानीय अग्रजहरूले सामूहिक रूपमा सडक मर्मत तथा सुधार गरेपछि सेवा सुचारु गरिएको हो।गाउँपालिकाले सडकको स्तरउन्नति गरी नियमित यातायात सेवा स्थायी रूपमा सञ्चालन गर्न काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ५९३ पटक पढिएको
  • सात प्रदेशका १४ कविहरुको विशेष उत्सव , 'एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२' को तयारी अन्तिम चरणमा

    काठमाडौं । एपेक नेपालको प्रस्तुति 'एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२' को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी साता अर्थात् कार्तिक १५ गते शनिबार कोशी प्रदेशको सुनसीको इटहरी स्थित सोल्टि होटलमा हुने महोत्सवमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथितामा सात प्रदेशका १४ कविहरु सहभागी हुनेछन् । आयोजकले यस प्रकारको काव्यिक जमघट ऐतिहासिक हुने संज्ञा दिएको छ ।आयोजक एपेक नेपालले भनेको छ, 'हामी आन्तरिक तयारीको अन्तिम चरणमा आइपुग्यौ र अब यहाँहरुको स्वागतमा जुट्ने जमर्कोमा छौ। सबै सहृदयी शुभेच्छुकहरुमा हाम्रो सादर आमन्त्रण ।' कार्यक्रमको व्यवस्थापकीय कवि तथा क

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ७३६ पटक पढिएको
  • मोरङ कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु

    इटहरी। मोरङ कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु भएको छ । लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार सापकोटालाई असोज २७ गते अचानक शरीर सुन्निने र सास फेर्न गाह्रो भएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि कोशीले कात्तिक ६ गते उनलाई नोबेल अस्पताल रेफर गरेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो खराब भएको थियो । गत साउन १२ गतेदेखि मोरङ कारागार

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ३६७ पटक पढिएको
  • झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक बालक गम्भिर घाइते

    इटहरी। झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक बालक गम्भिर घाइते भएका छन् । शनिबार मेचीनगर(२, सरस्वती चोक बस्ने कुमार बास्तोलाका छोरा वर्ष १२ का आराप बास्तोला जङ्गली हात्तीको आक्रमणमा परेर गम्भिर घाइते बनेको बाहुनडाँगीका हात्ती संरक्षणकर्मी शङ्कर लुइटेलले बताउनुभयो । घरनजिकै सडकमा खेल्दै गरेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालकको घाँटी तथा शरीरमा चोट लागेको हो । घाइते बालकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । गाँउमा आएको हात्तीलाई प्रहरी र स्थानीयले जङ्गलतर्फ धपाएको जनाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ३५८ पटक पढिएको
  • पाँचथरको फालेलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा ५ लाख ६० हजार बराबरको क्षति

    इटहरी । पाँचथरको फालेलुङ गाउँपालिकामा आगलागीमा परी एउटा घर जलेको छ । फालेलुङ–५, प्राङवुङका एलमान थाम्सुहाङको घर आगलागीमा परेको हो ।  आगोले भान्सा घर पनि जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख ९डिएसपी० अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार आगलागीका कारण थाम्सुहाङ परिवारको ५ लाख ६० हजार रुपियाँ बराबरको क्षति भएको छ । थाम्सुहाङको अन्नपात, लत्ताकपडा र घरभित्रका अन्य सामग्री जल्दा क्षति भएको प्रहरीले जनाएको छ । आगलागी पश्चात थाम्सुहाङ परिवारका १० जना सदस्य विस्थापित भएका छन । तत्कालका लागि उहाँहरूलाई आफन्तकहाँ राखिएको छ । 

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ३९८ पटक पढिएको
  • पाहुनाको रोजाइमा धनकुटे नरिवल र फलफूल

    इटहरी। धनकुटामा उत्पादिन धनकुटे नरिबल बिस्कुटले बजार लिएको छ । धनकुटाको बसपार्कमा कोशेलीका रुपमा विक्रीका लागि राखिएको धनकुटे नरिबल बिस्कुट र एभोकाडो सबैको रोजाइमा पर्ने गरेको छ ।  धनकुटामा उत्पादन हुने नरिवल विस्कुट कोसेलीको रुपमा धनकुटाको पहिचान हुन थालेको छ । जिल्ला बाहिर अन्य ठाउँँबाट आउने तथा धनकुटा आएर फर्किने जोकोही पाहुनाले पनि कोसेलीको रुपमा धनकुटाको नरिवल विस्कुट, एभोकाडो, किबी साथै अन्य फलफूल लैजाने गरेका छन् । नरिवल बिस्कुट विभिन्न प्रकारका प्रतिझोला ५० रुपियाँदेखी ८० रुपिायाँसम्म पर्दछ । जोकोही पनि धनकुटा आएर फर्कने बेला यहाँको नरिवल विस्कुट र सिजनअनुसार एभोकाडो लैजाने गरेका

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ३४६ पटक पढिएको
  • छठ पर्व सुरु भएसँगै सुनसरीको इनरुवासहित जिल्लाका स्थानीय बजारमा केराको कारोबार बढ्यो

    इटहरी। छठ पर्व सुरु भएसँगै सुनसरीको इनरुवासहित जिल्लाका स्थानीय बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको हो । छठ पर्वमा भगवान सूर्यलाई अर्घ्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को माग सदमुकाम इनरुवासहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारीहरूले बताएका छन् । इनरुवासहित स्थानीय बबिया, रामनगरभुटाहा, जल्पापुर, हरिनगर, देवानगञ्ज, बर्जु, चिमडीका बजारमा केराको कारोबार बढेको छ । त्यसैगरी इटहरी, दुहबी नगरपालिका, रामधुनी, कोशी, भाण्टाबारीलगायतका मुख्य बजारदेखि ग्रामीण हाट बजारसम्म अहिले केरा किन्ने ग्राहकहरूको भीड बढेको छ । इनरुवाका

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ३१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]