काठमाडौँ / गायक तथा सङ्गीतकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रवार प्रहरीमा जाहेरी दिएको छ ।गत शनिवार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रवार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको हो ।गायिका नितु पौडेल र सङ्गीतकार बाबुल गिरी (धनबहादुर) झन्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।
इटहरी । इटहरीमा र धरानमा दुई छुट्टा–छुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भाइटीकाको दिन बिहीवार छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। इटहरी उप–महानगरपालिका–११ स्थित भित्री सडकखण्डमा बिहीवार राति करिब २१ः१० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ३९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय राम सरदारको मृत्यु भएको हो । इटहरी–८ निवासी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले सरदारको मृत्यु भएको प्रहरीले पुष्टि
इटहरी। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहनुभएको छ । सुरुआती तीन महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षको कार्यक्रम देखिए तापनि पछिल्ला तीन महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रम
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिताअन्तर्गत दोस्रो दिन सात वटा कुस्ती सम्पन्न भएको छ । कालीथान मन्दिर मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको दोस्रो दिनको कुस्ती प्रतियोगितामा भारतीय खेलाडीको बर्चस्व रह्यो । नेपाल र भारतका विभिन्न राज्यको कुस्ती खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ५० केजीदेखी १२० केजीसम्म तौल उमेर समूहका मोन्टी पहलमान, रबी पहलमान, कालु पहलमान, रितेश पहलमान, सोभितकुमार यादवसहितको कुस्ती सम्पन्न भएको छ । कुस्तीमा खेलाडी सतिशकुमार यादव, लक्की थापा, भरतकुमार, बाबा लाडी, ओमकार पहलमान, समसेर पहलम
इटहरी। रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ वटा महिला समूहले गड्याँैला मल उत्पादन थालेका छन् । महिलाहरुलाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताउनुभयो । महिलाह
इटहरी। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१÷०८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको पहिलो त्रैमासिकमा रु १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभि
इटहरी। सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका–६ को भिरकुनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा छ जना घाइते भएका छन् । जिपमा सवार चालकसहितसबै यात्रु सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ । दुर्घटना भएको बोलेरो गाडी ब्रेक फेल भएर सडकबाट अन्दाजी छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृत्यु हुनेहरुमा महाकुलुङ गाउँपालिका– ३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रह
काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो । गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् । उनीविरुद्ध भने कुनै जाहेरी नआएको परिसरका एसपी भट्टराईले बताए । 
इटहरी । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् । तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्काले आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए । घरमा नातिनी श्रृजा निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए । मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स
मोरङ । जेन्जी आन्दोलनका क्रममा घाइते भएका बुढीगंगा गाउँपालिका–७ बेलडाँगी निवासी सन्तनु ढकाललाई कोशी प्रदेशकी सांसद मिना श्रेष्ठले भेट गरेकी छन् ।सांसद श्रेष्ठले ढकालको घरमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । भेटका क्रममा श्रेष्ठले जेन्जी आन्दोलनमा घाइते भएका सबैको उपचार सुनिश्चित गर्न प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाइन् ।उनले भनिन्, “शान्तिपूर्ण आन्दोलनमा सहभागी युवाहरू घाइते हुनु दुखद् विषय हो । उनीहरूको उपचार र न्यायका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्छ ।” सांसद श्रेष्ठले आन्दोलनमा घाइते भएका सबै व्यक्तिहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने र आवश्यक सहयोग पुर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.