All Posts By कोशी प्रेस

    Showing ३,९७१-३,९८० of १२,८६९ items.
  • पकली प्रहरी पुनर्निर्माण समितिको आय–व्यय सार्वजनिक

    इटहरी । इलाका प्रहरी कार्यालय पकली, सुनसरीको पुनर्निर्माण तथा संरक्षण समितिले शनिबार एक कार्यक्रमका बीच आफ्नो आय–व्यय विवरण सार्वजनिक गरेको छ । जेन्जी समूहद्वारा भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट क्षति पुगेको भवन पुनःनिमार्ण गरिएको थियो । कार्यक्रममा समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले आगजनी पश्चात् सुरक्षाको आवश्यकता महसुस गर्दै स्थानीय बासिन्दाको पहलमा पुनर्निर्माण समिति गठन गरी काम सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार सो कार्यमा पकली क्षेत्रमा रहेका ९ सय ८५ घरधुरी, अन्य व्यक्ति गरी १ हजार २ जना स्थानीयवासी र १३ वटा संस्थाले स्वस्फूर्त रूपमा सहयोग गरेका

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २४६ पटक पढिएको
  • धरानका मेयर साम्पाङ चुनावी तयारीमा, दल दर्ता पूरा

    इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गर्नुभएको छ । आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पुरा गर्नुभएको हो । उहाले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । हर्क साम्पाङले माटो चूनाव चिन्हका साथ आगामी निर्वाचनमा होमिने बताउनुभयो । उहाले देशमा अप्ठेरो काम गर्न आफु आएकाले अव देशलाई अघि बढाउन आफुले भूमिका खेल्ने जिकिर गर्नुभयो । जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन आफु काठमाडौं आएपनि जेनजी भित्रको विवादले आफु धरान फर्किएको उहाको भनाइ छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २३६ पटक पढिएको
  • ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टुक्रे–हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्ग सञ्चालनमा

    इटहरी । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टुक्रे–हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्ग सञ्चालनमा आएको छ । तमोर मेवा जलविद्युत् आयोजनाको सहयोगमा शनिबारदेखि उक्त सडकमार्ग सञ्चालनमा आएको हो । संविधानसभा सदस्य सञ्चपाल मादेनका अनुसार शनिबारबाट नै उक्त मार्ग भएर यातायात सञ्चालन गर्न सुरु गरिएको छ । अरु निकायले बेवास्ता गरेपछि आफू लगायत समुदायले गरेको अनुरोधलाई तमोर मेवाले ग्रहण गरेर सडक खुलाइदिएको मादेनको भनाइ छ। बर्खायाम सुरु भएसँगै ठाउँ–ठाउँमा झरेको पहिरोका कारण यो सडक अवरुद्ध रहेको थियो । यातायातका साधन बहानन्दे हान्द्रुङ घुम्नुपर्ने बाध्यतामा थियो । सदरमुकामबाट उत्तरी क्षेत्र जोडिने यो सडक निकै छोटो

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २४५ पटक पढिएको
  • कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक ८० दिनपछि पुनः सञ्चालन

    इटहरी ।  संखुवासभाको दुर्गम भोटखोला क्षेत्र ८० दिनपछि सडकसँग जोडिएको छ । लगातारको अवरोधपछि कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा आएको हो । गत भदौ १५ गतेदेखि भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको ठुला पहिरोका कारण सडक अवरुद्ध भएको थियो । लामो समयको प्रयासपछि सडक पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र आयोजनाको संयुक्त प्रयासमा सडक खोल्न सफल भएको हो । सडकमा ढुङ्गा सोलिङ र ग्राभेलिङ कार्य सम्पन्न भइसकेको र हाल एकतर्फी सवारी सञ्चालन भइरहेको उहाँले जानकारी दिन

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २४४ पटक पढिएको
  • विराटनगरबाट नक्कली नोटसहित चार जना पक्राउ

    इटहरी ।  विराटनगरमा प्रहरीले छुट्टाछुट्टै घटनामा स्रोत नखुलेको ठुलो परिमाणको रकम र नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । विराटनगर–१२ सैनिक टोलबाट स्रोत नखुलेको करिब आठ लाख ४७ हजार रुपियाँ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बीआर ३८ भी ३३२८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेका मोटरसाइकल चालक मोरङ जहदा–७ का ४६ वर्षीय नवीन साहले रकम लुकाएर ल्याइरहेका थिए । साहले लगाएको हेल्मेटभित्र एक हजार दरका ८ सय, पाँच सय दरका ५१, एक सय दरका एक सय ४६ र ५० दरका एक

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २४० पटक पढिएको
  • बाँझो जमिन सदुपयोग गर्दै एभोकाडोखेतीबाट आत्मनिर्भरता

    इटहरी ।  हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ  । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताउनुभयो । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडाँै, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहर

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २७९ पटक पढिएको
  • श्रमदानमार्फत काठको पुल निर्माण

    इटहरी । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएक

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २०३ पटक पढिएको
  • नवजात शिशु फालिएको अवस्थामा फेला

    इटहरी । सुनसरी कोशी गाउँपालिका–८ शर्मा टोलमा नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ । शनिबार राति करिब ९ बजे स्थानीय विजय कुमार खत्वेले गाउँ छेउमा रोएको आवाज सुनिएको र हेर्न जादाँ नवजात शिशु भेट्टाएपछि इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएका थिए । प्रहरी वरिष्ठ निरीक्षक पुण्यप्रसाद अधिकारीको कमाण्डमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुलाई तत्काल कोशी हेल्थ केयर भण्टाबारीमा उपचारका लागि लगेको थियो । भर्खर जन्मिएको जस्तो देखिने शिशुलाई थप उपचारका लागि जिल्ला अस्पताल ईनरुवा पु¥याइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २५७ पटक पढिएको
  • विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ

    इटहरी ।  आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् । असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर परिवारकै संरक्षणमा पठाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । स्रोतका अनुसार पीड

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २३४ पटक पढिएको
  • प्रकाशपुरमा भेट्रान्स कप को दोश्रो सेमिफाईनल खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लबको जित , फाईनलमा प्रबेश

    सुनसरी | बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा दोश्रो सेमिफाईनल खेल मा प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । भोलि को फाइनल खेल " जनता  भेट्रान्स फुटबल भर्सेस प्रकासपुर भेट्रान्स फुटबल " बिच हुने छ । दोश्रो सेमिफाईनल खेल मा प्रकासपुर भेट्रान्स फुटबल क्लब ले ५ गोल गरेकाे थियो भने र सुन्दर भेट्रान्स फुटबल क्लब -३ गोल गरेकाे थियो । खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लब ले ५ गोल गरि जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगि

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ५६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]