All Posts By कोशी प्रेस

    Showing ४,१४१-४,१५० of १३,६७६ items.
  • धनकुटाको पाख्रीबासमा पाख्री पार्क निर्माण

    इटहरी। धनकुटाको पाख्रीबासमा पाख्रिवासको पहिचान झल्काउने उद्येश्यले ‘पाख्री पार्क’ निर्माण गरिएको छ । पाख्रीबास युथ युनाइटेडको अगुवाइमा पाख्रिवास चोकमा करिब १५ लाख रुपियाँको लागतमा पाक्रिपार्क निर्माण गरिएको हो । पहिलेका समयमा धरानबाट ढाकर बोकेर आउने ढाक्रे र भरीयाहरू हालको पाख्रिवासमा रहेको पाख्रीको रुखको फेदमा बास बस्ने गर्दथे । यही इतिहास र प्रचलनकै आधारमा ‘पाख्रीबास’ नाम रहेको मान्यता रहँदै आएको छ । पछि बजार विस्तारसँगै सो पाख्रीको रुख काटिएको थियो अहिले सोहि  स्थानमा स्मरणरूपमा पाख्री पार्क निर्माण गरिएको संस्थाका अध्यक्ष गणेश गुरुङले जानकारी दिनुभयो । पार्कमा पाख्रीको बिरुवा, ढाकर, ढ

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३७४ पटक पढिएको
  • कलाकार होम पी. भट्टराईको मैथिली म्युजिक भिडियोमार्फत डेब्यु

    इटहरी । कलाकार होम पी. भट्टराईले पहिलोपटक मैथिली भाषाको म्युजिक भिडियो मार्फत आफ्नो डेब्यु गर्नुभएको छ ।  सप्तकोशीको चिसो पानीमा गरिएको आकर्षक छायांकनका कारण भिडियोले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । भट्टराईले यसअघि नेपाली चलचित्र ड्रिम गर्ल, विमान, गोल, बनरक्षक लगायतका फिल्महरूमा अभिनय गरिसक्नुभएको छ । त्यस्तै, लोकप्रिय टेलिसिरियल ‘मेरी बास्सै’ तथा हालै छायांकन सम्पन्न भएर तयारी अवस्थामै रहेको मैथिली संस्कृतिमा बनेको नेपाली चलचित्र ‘बहौरिया’ मा पनि उहाँले महत्वपूर्ण भूमिका निभाउनुभएको छ । उक्त म्युजिक भिडियोको छायांकन चन्दन शर्माले गर्नुभएको हो भने भिडियोका निर्माता तथा गायक–गीतका

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ८४८ पटक पढिएको
  • द शान्तिनगर युथ क्लबको आयोजनामा दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिप प्रतियोगिता सुरू

    इटहरी | द शान्तिनगर युथ क्लबको आयोजनामा दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिप प्रतियोगिता इटहरी उपमहानगरपालिका–२ मा सुरु गरिएको छ। क्लबका अध्यक्ष राजन राईको अध्यक्षता तथा वडा नम्बर २ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।क्लबका अनुसार प्रतियोगितामा ३२ जना खेलाडी सहभागी छन्। विजेताले २० हजार रुपैयाँ तथा दोस्रो हुने खेलाडीले १२ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। स्नुकर खेलप्रति युवाहरूको आकर्षण बढ्दै गएपछि खेलाडीसँगै प्रतिभालाई अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका उपाध्यक्ष राजेश राईले बताए।उद्घाटन कार्यक्रममा तालतलैया व्यवस्थापन समितिकी उप

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ५१० पटक पढिएको
  • इलाममा रेडपाण्डा म्याराथन आयोजना हुने

    इटहरी । दुर्लभ वन्य जन्तुु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले र संरक्षणलाई सहयोग गर्ने उद्देश्यले इलाममा रेडपाण्डा म्याराथन आयोजना हुने भएको छ । आगामी पुस १ गते प्रतियोगिता आयोजना गरिने आयोजक दीप ज्योति युवा क्लवले जनाएको छ । म्याराथन प्रतियोगिता इलाम सदरमुकामबाट सुुरु भएर तीन हजार छ सय ३६ मिटरको उचाइमा रहेको पर्यटकीय स्थल सन्दकपुर सम्म ४४।२ किलोमिटरको दुुरीसम्म आयोजना गरिने आयोजकले जनाएको छ । पुरुष खुल्ला, महिला खुल्ला र स्थानीय तर्फ तीन वर्गमा विभाजन गरिएको जनाइएको छ । प्रतियोगितामा रेडपाण्डा संरक्षणको काम भइरहेको इलाम, पाँचथर ताप्लेजुुङका प्रतियोगि सहभागी हुने छन् । प्रतियोगिताम

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २८२ पटक पढिएको
  • पशु क्वारेन्टाइन विराटनगरको पहिलो त्रैमासिकमा ८३५ काम सम्पन्न, अवैध पशुजन्य सामग्रीमा कडाइ

    इटहरी ।  पशु क्वारेन्टाइन कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको लक्ष्य राखिएको ८३।३७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को यो अवधिमा सो प्रगति हासिल गरेको कार्यालय प्रमुख डा। विदुरप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यालयले ४७।५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गौतमका अनुसार सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको छ । कार्यालयले विराटनगरको रानी, भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको कार्यालयले प्रतिवेदनमार्फत जा

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २४० पटक पढिएको
  • इलामको २०० वर्ष पुरानो निशान पदमार्गमा यस वर्ष चारदिने पदयात्रा सञ्चालन हुने

    इटहरी । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा यस वर्ष पनि पदयात्रा गरिने भएको छ । नेपाल–भारत सीमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्गमा आगामी पुस २३ गतेदेखि २६ गतेसम्म पदयात्रा गर्ने गरी तयारी सुरु भएको हो । नेपाली सेनाको रणसार्दुल गणको पहल तथा सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको समन्वयमा पदमार्ग पहिचान गरी गत वर्ष पुस २४ गते देखि तीन दिने पदयात्रा गरिएको थियो ।  तीन दिनमा पदयात्रा गर्न कठिनाइ भएपछि यस वर्ष चार दिनको पदयात्राको कार्यक्रम तय गर्ने गरी कार्यक्रम बनाइएको रणसार्दुल गण इला

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २९४ पटक पढिएको
  • भोजपुरको षडानन्दमा बोलेरो जिप दुर्घटना,११ जना घाइते

    इटहरी । भोजपुरको षडानन्द नगरपालिका–१२ दुःखी डाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । झ्याउपोखरीबाट तुर्केतर्फ आउदै गरेको मे १ ज २०६६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीचौकी देउरालीबाट प्रसनि पदमबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । जिपमा चालकसहित ११ जना सवार थिए । चालक मोहन तामाङलाई टाउकोमा सामान्य चोट लागेको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार चालकले मापसे गरेको नभएको र उहाँको सवारी चालक अनुमति पत्र सक्कलसहित अवैध नभएको पुष्टि

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २८२ पटक पढिएको
  • पाँचथरमा एक वर्षको अवधिमा २३ वटा मानव अधिकार उल्लङ्घनका घटना

    इटहरी ।  पाँचथरमा एक वर्षको अवधिमा २३ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्कलन गरेको तथ्याङ्कमा सो घटना अभिलेखिकरण भएका हुन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा फिदिममा आयोजित कार्यक्रममा वर्ष भरी भएका मानव अधिकार उल्लङ्घनका घटनाको तथ्याङ्क सार्वजनिक गरिएको हो । ‘दिवससँगै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रममा प्रश्तुत तथ्याङ्क अनुसार सन २०२५ को जनवरी एकदेखि डिसेम्वर १ सम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घन

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २१० पटक पढिएको
  • मोरङमा मिटरब्याज पीडितलाई ६ महिनामा ६ करोडभन्दा बढी राहत

    इटहरी ।  मोरङ जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितलाई न्याय दिलाउन देखाएको सक्रियता परिणाममुखी बन्दै गएको छ । सरकारले जिम्मेवारी तोकेपछि मोरङ प्रशासनले पीडितहरूको उजुरीमाथि तीव्र छानबिन गर्दै ६ महिनाको अवधिमा ६ करोड रुपियाँभन्दा बढी रकम र बिघौं जग्गा फिर्ता गराउन सफल भएको हो । सरकारले २०८२ सालको जेठदेखि मिटरब्याजसम्बन्धी उजुरी छानबिन गर्ने पूर्ण अधिकार जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायोजन गरेको थियो । विगतमा प्रहरी र अदालत मार्फत हुने प्रक्रिया पीडितका लागि असहज र झन्झटिलो भएपछि सरकारले यो अधिकार प्रशासनलाई दिएको हो ।अधिकार प्राप्त भएपछि सक्रिय बनेको मोरङ प्रशासनले चालु वर्षको जेठद

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २३६ पटक पढिएको
  • सुन्दरहरैंचा किसान तरुल खेतीतर्फ आकर्षित, आम्दानीमा उल्लेख्य वृद्धि

    इटहरी । माटो अनुसारको बाली छनोट गर्ने हो भने सिँचाइ सुविधा नभएका खेतबाट पनि प्रशस्त आम्दानी लिन सकिन्छ । मोरङको सुन्दरहरैँंचा नगरपालिका–७ र ८ का किसानलाई यतिबेला कन्दमूल (तरुल) खन्न भ्याइनभ्याइ छ । पहिले केरा खेती लगाएको खेतमा हात्तीले दुःख दिएपछि यहाँका किसान तीन वर्षयता तरुलको व्यावसायिक उत्पादनमा लागेका छन् । वडा नम्बर ७ र ८ राजमार्ग उत्तरतर्फका जमिनमा आजभोलि जताततै तरुल खेती देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघा खेतमा तरुल रोपेर उत्पादन र बजारको परीक्षण गर्नुभएको थियो । पहिलो वर्षमै खर्च कटाएर सवालाख रुपियाँ बचत भएपछि उहाँले दोस्रो वर्ष साढे तीन बिघामा तरुल लगाउन

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]