इटहरी । कलाकार होम पी. भट्टराईले पहिलोपटक मैथिली भाषाको म्युजिक भिडियो मार्फत आफ्नो डेब्यु गर्नुभएको छ ।  सप्तकोशीको चिसो पानीमा गरिएको आकर्षक छायांकनका कारण भिडियोले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । भट्टराईले यसअघि नेपाली चलचित्र ड्रिम गर्ल, विमान, गोल, बनरक्षक लगायतका फिल्महरूमा अभिनय गरिसक्नुभएको छ ।

WhatsApp Image 2025-12-11 at 16.40.18_d89ad8f0

त्यस्तै, लोकप्रिय टेलिसिरियल ‘मेरी बास्सै’ तथा हालै छायांकन सम्पन्न भएर तयारी अवस्थामै रहेको मैथिली संस्कृतिमा बनेको नेपाली चलचित्र ‘बहौरिया’ मा पनि उहाँले महत्वपूर्ण भूमिका निभाउनुभएको छ ।

WhatsApp Image 2025-12-11 at 16.40.17_32abd171

उक्त म्युजिक भिडियोको छायांकन चन्दन शर्माले गर्नुभएको हो भने भिडियोका निर्माता तथा गायक–गीतकार झोटन मेहता हुनुहुन्छ। निर्माता मेहताका अनुसार भिडियो चाँडै अपन स्वर्ग नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। उहाँका अनुसार मंसिर २७ गते फुल भिडियो रिलिज गर्ने तयारी पूरा भइसकेको छ ।

WhatsApp Image 2025-12-11 at 16.40.17_f9d5f625