All Posts By कोशी प्रेस

    Showing ४,२३१-४,२४० of १३,६७६ items.
  • झापाको दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु

    इटहरी। झापाको दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ दमक(५, क्याम्पस मोडमा हिडिरहेका वृद्ध लडेर घाइते हुनुभएको थियो । तत्काल स्थानीयले उद्धार गरेर उपचारका लागि नजिकैको निम्स अस्पताल लगेको भए पनि उहाँको उपचारकै क्रममा निधन भएको प्रहरीको भनाइ छ । अस्पतालले मृत घोषणा गरेको वृद्ध अर्जुनधारा–४ का ६२ वर्षीय युवराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २०३ पटक पढिएको
  • झापामा नरिवलको व्यावसायिक खेती सुरु

    इटहरी । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रूपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो । पहिलो चरणमा यस वर्ष एक बिघा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उहाँले बताउनुभयो । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्ने छ । जङ्गली हात्तीको उपद्रो बढेसँगै वैकल्पिक खेतीको रूपमा धान खेत मासेर चिया, तेजपत्ता, मरिच, सुपारी लगायतका विभिन्न खेती गर्दै आउनुभएका उहाँले पहिलो पटक नरिवलको व्यावसायिक खेती गर्नु भएको हो । समुन्द्र सतहदेखि एक हजार मिटरसम्मको जमिनमा नरिवल खेती फस्टाउने कृषि विज्ञहरू

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २४९ पटक पढिएको
  • पूर्वीनाका काँकडभिट्टाबाट ४ महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

    इटहरी । चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकडभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँ भन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भएको छ । ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१र८२ को यही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् दुई दशमलव १ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँल

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २१४ पटक पढिएको
  • भन्सार छलीको सामग्रीसहित तीन गाडी नियन्त्रणमा

    इटहरी। झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो । बुधबार अपरान्ह चेकजाँचको क्रममा मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरका तीन वटा गाडी रोक्दा अवैध सामान फेला परेको खड्काले जानकारी दिनुभयो । सवारीसाधन र चालकसहित ठुलो परिमाणमा रक्सि लगायतका सामग्री बरामद गरिएको प्रहरीको भनाइ छ । बच्चाको डाइपर ४१ काटुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २०० काटुन, गोर्खा बियर १५० काटुन, ओरियो बिस्कु

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २३६ पटक पढिएको
  • अलैँचीको मूल्यमा निरन्तर गिरावट

    इटहरी । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देख

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २३६ पटक पढिएको
  • बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि झापामा धान उत्पादन घट्यो

    इटहरी।  बेमौसमी वर्षाले धान खेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उहाँले जानकारी दिनुभयो ।   जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताउनुभयो । गत वर्ष ७५ ह

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २१९ पटक पढिएको
  • प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु

    इटहरी । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् ।  पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको छ । वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उधौली र उभौली दुव

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ३५९ पटक पढिएको
  • पाँचथरको फिदिम ४ का प्रकाश तामाङ मृत भेटिए

    इटहरी। पाँचथरको फिदिम ४ का प्रकाश तामाङ मृत अवस्थामा भेटिनुभएको छ । ५५ वर्षीय प्रकाशलाई फिदिम नगरपालिका ४ सरखण्डेका राजकुमार तामाङको आँगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  पाँचथर प्रहरीका प्रवक्ता रामचन्द्र साहका अनुसार बुधबार साँझ ५ बजे स्थानीयले तामाङलाई मृत अवस्थामा भेटेका थिए । त्यसपछि प्रहरीलाई खबर गर्ना साथ खटेको टोलीले घटनाको स्थलगत मुचुल्का तयार पारेर पोष्ट मार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको छ । मृत्युका कारण भने खुल्न सकेको छैन ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २२५ पटक पढिएको
  • NYEF सुनसरीको ‘लर्निङ सेसन’मा सामाजिक सुरक्षा कोषबारे विस्तृत अन्तरक्रिया

    इटहरी | नेपाल युवा उद्यम मञ्च सुनसरीले मंगलबार इटहरीमा आयोजना गरेको ‘लर्निङ सेसन’ कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीले श्रमिक तथा रोजगारदातालाई लक्षित गर्दै सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७६ सालदेखि श्रमिकका लागि सामाजिक सुरक्षा अनिवार्य भइसकेको भन्दै अझै पनि विभिन्न बहानामा कोषमा सूचीकृत हुन नचाहने प्रवृत्ति देखिनु चिंता जनक रहेको बताए।उनले भने, “कानुनले भनेको मान्नैपर्छ। सामाजिक सुरक्षाबाट जोगिन खोज्दा झन्झट आफैँले थेग्नुपर्ने अवस्था आउँछ

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २१७ पटक पढिएको
  • एनि गछिया गोल्डकप–२०८२: आज झापा र इटहरी भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको क्वार्टरफाइनल अन्तिम खेल राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच गछिया खेलमैदानमा हुँदैछ ।दुवै टोली आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २:३० बजे प्रतिस्पर्धा गर्नेछन्। बलियो र प्रतिस्पर्धी टोली मानिएका कारण आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनिक गर्दै जानेछन्, अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो । खेल संयोजक प्

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ३९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]