इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा विभिन्न समस्यालाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा आयोजना गरेको महानगर भेलामा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले जेनजीले आयोजना गरेको भदौ २४ गतेको आन्दोलनमा विभिन्न स्वार्थ समूहको घुसपैठले आन्दोलनलाई ध्वंसात्मक बनाएको टिप्पणी गर्नुभयो । उहाँले जेनजीको भ्रष्टाचारविरुद्धको मागलाई एमालेले पनि निरन्तर उठाइरहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले एम
इटहरी । राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका दुई सय ९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण सुरु गरिएको हो । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । नगरपालिकाको समन्वयमा जग्गाको निस्सा प्राप्त गरेपछि लामो समयदेखि भूमिहीन अवस्थामा
इटहरी । गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बराबरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्वदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले १४ लाख रुपियाँको औषधि उपकरण, पूर्वाधारतर्फ पाँचवटा वडा कार्यालय र दुईवटा पालिका भवनमा ९२ लाख २४ हजार ८७१ रुपियाँ बराबरको क्षति भएको छ । यस्तै, दैनिक सञ्चालनमा प्रयोग हुने नखप्ने सामान ३३ लाख ७९ हजार १२३ रुपियाँ बराबरको क्षति भएको छ । भौतिक सम्पत्तितर्फ २ करोड ६६ लाख ४ हजार ९५३ रुपियाँ बराबरको क्षति भएको छ ।भौतिक सम्पत्
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आगामी वर्ष २०८२/८३ लागि ४३ करोड रुपैयाँभन्दा बढी लागतका विभिन्न विकास योजनाहरू सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार गाउँपालिकाको विभिन्न क्षेत्रमा पर्यटक , पूर्वाधार, शिक्षा, संस्कृति तथा सडक विस्तारका ठूला–साना परियोजनाहरू अघि बढाइने भएका छन्।सार्वजनिक योजनामध्ये बृहत सांस्कृतिक सङ्ग्रालय पार्क निर्माण तथा संस्कृति अध्ययन केन्द्र प्रमुख योजना रहेको छ, जसका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी मुन्दुम पदमार्ग निर्माणलाई क्रमागत योजना बनाइँदै आगामी वर्षसम्म निरन्तर बजेट उपलब्ध गराइने उल्लेख गरिएको छ। यस आ.व.मा म
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ । जेनजी आन्दोलनका नाममा केही समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजातसमेत लिएर गएका कारण दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको हो । गाउँपालिका र गाउँपालिकाका कर्मचारीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दसैँअघि कुनै पनि भुक्तानी गर्न प्राविधिक र व्यावहारिक दुबै हिसाबले कठिन रहेको भुक्तानी गर्न नसक्ने जनाएको छ । साथै यसबाट उत्पन्न हुने समस्याप्रति कर्मचारी जवाफदेही हुन नसक्नेसमेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तै अहिलेसम्म ठप्प रहेको कार्यालय सञ्चालनको वातावरण ब
इटहरी । विशेष सूचनाका आधारमा सुनसरी प्रहरीको टोलीले इनरुवा नगरपालिका–४, बसचौकस्थित पूर्व–पश्चिम राजमार्गबाट लागूऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामधुनी नगरपालिका–५ का १७ वर्षीय दिप्सन कार्की र रामधुनी–३ का १७ वर्षीय एलिस चौधरी रहेका छन् । उनीहरूलाई चेकजाँच गर्दा दिप्सनको साथबाट १।७४ ग्राम ब्राउनसुगर र ४४० पिस ट्रामाडोल क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इटहरी । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि युवतीको बीभत्स हत्या भएको छ। उनको हत्यामा संलग्न एकजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन् । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । प्रहरीले
इटहरी। जेनजी प्रदर्शनका क्रममा झापाको दमक नगरपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार प्रहरीसहितको उपस्थितिमा गरिएको क्षति मूल्याङ्कन अनुसार २३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सो प्रारम्भिक रुपमा गरिएको क्षति विवरण भएको उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स र दमकल समेत आन्दोलनकारीहरुको निशानामा परेको उहाँले बताउनुभएको छ । दमक नगरपालिकासँग दुईवटा दमकल रहेका थिए । कार्यालय परिसरमा नै एउटा एम्बुलेन्स पनि रहेको थियो । एम्बुलेन्स पूर्ण रुपमा जलेको र दमकलमा भने धेरै क्षति पुगेको थापाले बताउनुभयो । दमकललाई चाँडो बनाएर सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वा
इटहरी। भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको छ । यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांश विद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् । यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.