दमक । रिटर्नी फेडरेसन नेपाल कोशी प्रदेश कमिटीको ११औँ पूर्ण बैठक आज नेकपा एमाले दमक नगर पार्टी कार्यालयमा अध्यक्ष एकराज सापकोटाको अध्यक्षतामा सम्पन्न भयो।

बैठकको प्रारम्भमा इलाम जिल्ला कमिटीका अध्यक्ष संगम सुब्बा, झापा जिल्ला कमिटीका अध्यक्ष भानु चुडाल, उदयपुर जिल्ला कमिटीका सह–सचिव केशव मगर तथा मोरङ जिल्ला कमिटीका अध्यक्ष इन्द्र दाहालले आफ्ना–आफ्ना जिल्ला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

बैठकलाई संगठनका केन्द्रीय अध्यक्ष विनोद भट्टराईले सम्बोधन गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ नेताहरू— नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा संगठनका इन्चार्ज सुमन नेमाङ, रिटर्नी फेडरेसन नेपाल केन्द्रीय सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज धर्मेन्द्र खड्का, संगठनका केन्द्रीय सचिवालय सदस्य दिलकिरण खजुम, साथै केन्द्रीय सदस्यहरू रमेश रिजाल, मदन बोहरा, भेसराज दंगाल र हरि ढकालले समेत सम्बोधन गर्नुभयो।

बैठकले तीनवटा महत्वपूर्ण प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । जसमा  संगठनमा रिक्त रहेका सदस्य पदहरूमा झापाबाट त्रिलोचन लुइटेल, देवु दाहाल र सुशील धिताल; उदयपुरबाट केशव मगर; तथा मोरङबाट टिकाराज ढकाललाई मनोनयन गर्ने निर्णय गरिएको छ।IMG_20251126_225916

आगामी मंसिर मसान्तभित्र सम्पूर्ण जिल्ला कमिटीहरूले बैठक बसेर वार्षिक योजना निर्माण गर्ने निर्णय गरिएको छ। संगठनको पाँचौँ वार्षिकोत्सव तथा स्थापना दिवस यही पुस १२ गतेदेखि १९ गतेसम्म देशभरका जिल्लाहरू तथा मातहतका सबै कमिटीहरूले अतिरिक्त रचनात्मक तथा सहभागितामूलक कार्यक्रमहरूको माध्यमबाट भव्य रूपमा मनाउने निर्णय गरिएको छ। यसका लागि आवश्यक निर्देशन सबै कमिटीहरूलाई दिइनेछ। बैठकको सञ्चालन संगठनका सचिव दीपक कटुवालले गर्नुभएको थियो।