All Posts By कोशी प्रेस

    Showing ४,३७१-४,३८० of १२,९०९ items.
  • झुम्का कारागारबाट भागेका १५७२ कैदीमध्ये ७०५ पक्राउ

    इटहरी ।  सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र  २४ गते भएको  ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए । कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि कर

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • १८५ पटक पढिएको
  • धनकुटामा प्रविधि प्रयोगले कृषक जीवन सजिलो

    इटहरी । धनकुटा नगरपालिका–२, किन्ताङका हेमबहादुर बस्नेतले घरमा अहिले कुटानीपिसानी मिल जडान गर्नुभएको छ । धनकुटा नगरपालिकामार्फत अनुदानमा मिल पाएपछि उहाँले धान, मकैलगायतका अन्न पिसाउन करिब एक घण्टा टाढाको मिलसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । घरमै जडान गरिएको सानो आकारको कुटानीपिसानी मिलले उहाँसहित छिमेकीलाई समेत निकै सहज भएको छ । धनकुटा नगरपालिका–९ का छविप्रसाद रोइलालाई पनि नगरपालिकाको सहयोगमा गत वर्ष मिल जडान गरेपछि निकै सहज भएको छ । उहाँले मिल चलाउन थालेपछि धेरै श्रम तथा समय लाग्ने ढिकी, जाँतो चलाउनु परेको छैन । धनकुटा नगरपालिका–८, सान्ताङका अनिल याक्खाले पनि मिनी टिलर पाउनुभएको छ । उहाँ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • १५५ पटक पढिएको
  • कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त

    इटहरी। कोशी अस्पताल विराटनगरमा कार्यरत तीनजना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ । अस्पतालको फार्मेसीमा कार्यरत दुईजना र स्वास्थ्य बिमा शाखामा कार्यरत एकजना गरी तीनजना कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको हो । फार्मेसीमार्फत स्वास्थ्य बिमा अन्तर्गत स्वास्थ्य उपचार सेवा लिने सर्वसाधारणमा बिमा कार्ड प्रयोग गरेर औषधि हिनामिना गरी अनियमितता गरेको पाइएपछि उनीहरुलाई सेवाबाट हटाएको हो । बर्खास्तीमा परेका तीनैजना कर्मचारीहरु अस्पताल विकास समिति अन्तर्गत सेवा करारमा कार्यरत थिए । ती कर्मचारीहरुको मिलेमतोमा औषधिको हिनामिना भएको, विमितको स्वास्थ्य बिमाको रकम दुरुपयोग गरी अनियमितता गरिएको, विम

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • २८२ पटक पढिएको
  • खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत फेला

    इटहरी । खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत भेटिएकी छिन् । स्थानीय सहकारीमा कार्यरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मिका सिवा परियारलाई शङ्कास्पद अवस्थामा मृत भेटिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबिचमा पर्ने मार्से सामुदायिक वनमा मृत भेटिएकी हुन् । सहकारीका अध्यक्ष सागर तामाङका अनुसार रेश्मिका आइतबार अपराह्न ४ बजे  कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा रेश्मिकाको शव सडकभन्दा करिब १५० मिटर तल बाँसघारीमा भेटिएको हो । घटनाको

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • १९१ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयमा महावीर पुनको पुस्तक

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयलाई डा। महावीर पुनको पुस्तक उपलब्ध गराइएको छ। पालिकाभरिका विद्यालयका पुस्तकालयमा राख्नेगरी डा। पुनले लेख्नुभएको ‘सम्झाना, सपना र अविरल यात्रा’ नामक आत्मकथा पुस्तक उपलब्ध गराइएको हो। हाल हङकङ बस्दै आउनुभएका फक्ताङ्लुङ गाउँपालिका–६ मादिबुङकी सविता फेम्बु लिम्बूले डा। पुनले लेख्नुभएको पुस्तक खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुभएको हो। फेम्बुले ५० हजार रुपियाँ बराबरको ५५ वटा पुस्तक खरिद गरेर फक्ताङ्लुङका सबै विद्यालयलाई उपलब्ध हुने गरी सोमबार गाउँपालिकालाई बुझाइएको छ। उक्त पुस्तक गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० लाई हस्तान्तरण गरिएको सविता

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ४१७ पटक पढिएको
  • विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला

    इटहरी । जेनजी आन्दोलनका क्रममा सोमबार दिउँसो विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको मानव कंकाल फेला परेको छ । मोरङ प्रहरीले जनाए अनुसार घटनास्थलमा भेटिएको शव जलेर केवल हड्डी मात्र बाँकी रहेकाले मृतक पुरुष वा महिला हो भन्ने प्रारम्भिक पहिचान गर्न कठिनाइ भइरहेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले घटनास्थलमा पुगेको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, कंकाल फेला पर्नुको कारण सम्भवतः भाटभटेनीमा आगलागीको समयमा सामान चोरी गर्न भित्र प्रवेश गरेका व्यक्तिको जलेर मृत्यु  हुनसक्ने अनुमान गरिएको छ । भाटभ

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ४१५ पटक पढिएको
  • पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा

    इटहरी । जेनजी समूहको आन्दोलनपश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ। भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको काँकडभिट्टा नाकामा भर्खरै केहीबेर अघि सञ्चालनमा आएको जनाइएको छ। सो नाका ६ दिनसम्म ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परेको थियो । नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गराएका थिए। एसएसबीले नाका खुलाए पनि अझै परिस्थिति भने सामान्य बनेको छैन। भारतीय निजी गाडीहरू भने नेपाल आउन पाएको छैन। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाका अनुसार पुरानो पुलबाट आउजाउ मात्रै सहज भएको छ। सिटी सफारी तथा अन्य सव

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ५८२ पटक पढिएको
  • नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए

    काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालस ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त हुनुभएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ । अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुनुहुन्छ । तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उहाँले पदबाट राजीनामा द

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ३२० पटक पढिएको
  • इलाममा जेनजी आन्दोलनको क्रममा चोरीएको सामान धमाधम फिर्ता गरिदै

    इटहरी ।  जेनजी समूहको नाममा भदौ २४ गते इलाम नगरपालिकामा भएको आगजनी तथा तोडफोडका क्रममा चोरी गरिएका सामान फिर्ता गर्न थालिएको छ । नगरपालिकाको सार्वजनिक आग्रहपछि ल्यापटपसहितका सामग्री व्यक्तिहरूले स्वेच्छाले नगरपालिकाकै जिम्मा लगाउन थालेका हुन्। नगरपालिकाले यसलाई ‘जिम्मेवार नागरिक’को कर्तव्य पूरा गरेको उदाहरणका रूपमा व्याख्या गर्दै सम्बन्धित व्यक्तिहरूको नाम र तस्बिर सार्वजनिक गरेको छ । यसअघि नगरपालिकाले सिसी क्यामेरा फुटेज, भिडियो तथा सामाजिक सञ्जालमा प्रसारित लाइभमार्फत तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान भएको भन्दै आफ्नै इच्छाले चोरी सामान बुझाउन अवसर दिने सूचना जारी गरेको थियो । नगरपालि

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • २२४ पटक पढिएको
  • ताप्लेजुङमा मनाइयो अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस

    इटहरी । ताप्लेजुङमा  विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरूमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो । ताप्लेजुङका दश वटा विद्यालयमा रेडपाण्डा इकोक्लब

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ३८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]