इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष प्राकृतिक चुनौतीको सामना गर्दै आएको छ । सप्तकोशी नदी र नदी उकास क्षेत्रमा रहेको आरक्ष क्षेत्रको सबैजसो भूभागले कोशीको कटानको सामना गर्दै आउनु परेको छ । सुनसरी, सप्तरी र उदयपुरलाई छोएको आरक्षको दुई तिहाई भाग नदी तटीय जङ्गल क्षेत्रमा रहेको छ । सबै भूभाग कोशीमै पर्ने हुँदा प्रत्येक वर्ष नदीमा आउने बाढी, डुबान र कटानको सामना आरक्षले गर्नु परेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार बर्खाको बाढीले संरक्षित जनावरको बासस्थान नै डुबान र कटानमा पर्दा जनवारको पारिस्थितिक पद्धतिमा ठुलो असर पुग्दै आएको छ । प्राकृतिक समस्यालाई समाधान गर्न कठिनाइ हुने हँुदा आरक्षले प्रत्येक वर्षा वन्यजन्तुदेखि सीमसार भूभाग, वनस्पतिसम्मको क्षति बेहोर्नु परेको उहाँको भनाइ छ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र चरा र वन्यजन्तु विचरणका लागि राम्रो गन्तव्य मानिन्छ । आरक्ष क्षेत्रमा स्थलीय, जलीय र नभीय जैविक विविधता विचरण गर्न आन्तरिक र वाह्य पर्यटक आउने गरेका छन् । नेपालकै पहिलो रामसार क्षेत्रमा सूचीकृत जैविक विविधताले भरिपूर्ण आरक्षमा बाढीको प्रकोपले वन्यजन्तु र चराको बास्थानमै असर पुग्दै आएको प्रमुख संरक्षक अधिकृत यादव बताउनुहुन्छ । संरक्षण गर्न बजेट अभाव हुँदै आएको छ । आरक्ष क्षेत्रका सीम क्षेत्र वर्षाको बाढीले पुरिँदै जादा सिम क्षेत्रमा पाइने जलचर सङ्कटमा पर्दै गएको चराविद् अनिश तिम्सिना बताउनुहुन्छ । त्यस्तै आरक्ष जङ्गलमा मिचाहा प्रजातिको अतिव्रmमण बढ्नु, मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्नु, नम्बरी जग्गा आरक्षमा पर्ने समस्या, आरक्षको नदीमा माछा मार्न पाउने कानुनी व्यवस्था, भारतसँगको खुला सिमानालगायतका समस्याले गर्दा आरक्षमा जैविक विविधताको संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी बताउँछन् । प्र्यावरणमा आएको परिवर्तनको प्रभाव आरक्षमा पर्न नदिन र प्राकृतिक, नीतिगत र व्यवस्थापकीय समस्याको समाधान गरी आरक्ष क्षेत्रको संरक्षण, संवर्धन र प्रवर्धन गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ । आरक्षमा देखिएका नीतिगत र प्राकृतिक रूपमै भएका विविध समस्यालाई समाधान गर्न माथिल्लो निकायबाटै ऐन तथा नियमलाई सापेक्ष बनाई कार्यान्वयन गर्नुपर्ने चराविद् अनिश तिम्सिना बताउनुहुन्छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा लोपोन्मुख जङ्गली भैँसी ९अर्ना०, नेपालको पहाडी र हिमाली क्षेत्रदेखि हिमालपारिका देश साइबेरिया, रसिया, ताजकिस्तान, तान्जेनिया, चीन र तिब्बतलगायतका देशबाट बसाइ सरेर आउने चरा, विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीका लागि प्रसिद्ध मानिन्छ । आरक्ष क्षेत्रको सीम क्षेत्र र टप्पु क्षेत्रभित्र रहेका नदी, ताल, तलाउमा लोपोन्मुख रैथाने माछा, सङ्कटापन्न अवस्थामा रहेका सोंस ९डल्फिन०, विश्वमका थोरै मुलुकमा मात्रै पाइने मलाहा ९पानी बिरालो० का लागि टापु क्षेत्र प्रसिद्ध रहेको छ ।

