इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न आग्रह गरेको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै लुटपाटको समान फिर्ता गर्न आग्रह गरेको हो । तोकिएको समयमा सामान फिर्ता नगरे सिसिटिभी फुटेजको आधारमा कानुनी कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नगरपालिकाको प्रशासकीय भवन तोडफोड र आगजनी गरिएको थियो । साथै नगरपालिकाको विभिन्न सामानहरू लुटपाट गरि लगेको सिसिटिभी फुटेजमा देखिएको नगरपालिकाले जनाएको छ । त्यस्तै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्
इटहरी । जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ । आन्दोलनको अवस्था सामान्य भएसँगै गएको बुधबारदेखि बन्द रहेको जिल्ला अदालतको सेवा प्रवाह नियमित हुने भएको हो ।ताप्लेजुङ जिल्ला अदालतका स्रेष्तेदार शम्मी कपुर शाहले सोमबारदेखि अदालतको सेवा नियमित हुने उल्लेख गर्दै आइतबार सूचना प्रकाशित गर्नुभएको थियो । स्रेस्तेदार शाहका अनुसार मुद्दाको सुनुवाइसहित जिल्ला अदालतबाट प्रवाह हुने सबैखाले सेवा सुरु हुने भएको छ । यसअघि बन्दी प्रत्यक्षीकरणको निवेदन, थुनछेक र म्याद थपबाहेकका सेवा बन्द गरिएको थियो । जेन
इटहरी । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण सङ्कलनको काम भइरहेको जनाएको छ । कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले क्षति मूल्याङ्कनको काम सकिएसँगै प्रशासनिकस्तरमा सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको बतानुभएको छ । समग्र क्षतिको विस्तृत विवरण भने सोमबारसम्ममा उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो । प्रमुख सचिव पौडेलका अनुसार प्रदेशमा भएको आगजनीसम्मका सबै विवरण सङ्कलन भइसकेका छन् । मातहतका कार्यालयले पनि प्रतिवेदन तयार पारिसकेका छन् । प्रहरीमार्फत मुचुल्का तयार पार्ने काम पनि सम्पन्न भएको छ भने बिमा कार्यालयलाई समेत क्षतिसम्बन्धी विवरण पठाउने तयारी रहेक
इटहरी | जेन-जी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा आइतबार साँझ इटहरीमा दीप प्रज्वलन गरिएको छ।चौरास्ता चोकमा भेला भएका जेन-जी सदस्य तथा स्थानीयबासीले इटहरीमा मृत्यु भएका दुईसहित देशभरका शहीदको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन्।राष्ट्रिय झण्डा सहितको कार्यक्रममार्फत सहभागीले शान्ति, समृद्धि र देशमा स्थायित्व कायम गर्न आफ्नो पुस्ताको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। साथै, आन्दोलनले ल्याएको परिवर्तनको मर्मलाई आत्मसात् गर्दै राज्यका सबै निकाय जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।इटहरीमा आन्दोलनका क्रममा इटहरी–१४ का ४० वर्षीय मोहन स
काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति कारण बन्द रहेका फिल्म हल सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्। नेपाल चलचित्र सङ्घले आइतबार बसेको बैठकमार्फत फिल्म हल खोल्ने निर्णय गरेको हो।चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले सोमबारदेखि सबै फिल्म हल नियमित सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार हल बन्द हुनु अघि रिलिज भएका फिल्महरूलाई नै पहिलो चरणमा निरन्तरता दिइनेछ।
इटहरी । जेन–जी आन्दोलनका कारण बन्द भएका इटहरी उपमहानगरपालिका भित्रका सबै विद्यालय मङ्गलवार ९भदौ ३१ गते० देखि सञ्चालन हुने भएका छन्।उपमहानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले सूचना जारी गर्दै आन्दोलनका कारण भदौ २४ गतेदेखि विद्यालय बन्द रहँदा पठनपाठन प्रभावित भएको जनाउँदै अब मङ्गलवारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुने उल्लेख गरेको हो। सूचनामा विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकलाई समयमै जानकारी गराई पठनपाठनमा सामान्यता कायम गर्न आग्रह गरिएको छ।
इटहरी । धरानको सर्दु खोलामा एक युवकको शव फेला परेको छ । शनिबार धरान उपमहानगरपालिका २० र ११ को सिमानामा पर्ने सर्दु खोलामा शव फेला परेको हो । धरान–१७ का २७ वर्षीय तुफान सुनुवारको शव फेला परेको पुष्टि भएको छ। मृतक सुनुवार झुम्का कारागारबाट भागेका कैदीलाई चिण्डे डाँडा पुर्याउन घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय पर्वत सञ्जेलका अनुसार सुनुवार कुलतमा नफसेका, सोझा स्वभावका युवा थिए । घटना शंकास्पद रहेको भन्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। प्रहरीले अनुसन्धानपछि मात्रै सुनुवारको मृत्युबारे यथार्थ खुल्ने जनाएको छ ।
इटहरी । जेन–जी आन्दोलनका क्रममा इटहरी चोकस्थित इलाका प्रहरी कार्यालय जलाइएपछि सुरक्षा र सेवा प्रदानमा चुनौती उत्पन्न भएको छ। प्रहरीको कार्यालयमा रहेका सामाग्री जलेर नष्ट भएका कारण इटहरी प्रहरीले अहिले तरहरा प्रहरी चौकीबाट सेवा दिँदै आएको हो। इटहरी प्रहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार प्रहरी कार्यालय जलेकोले सीमित जनशक्तिले तरहरा चौकीबाट नागरिकलाई शान्ति–सुरक्षा र प्रहरी सेवा प्रदान गरिरहेको छ। कार्यालयका सामग्री र उपकरण जलेर नष्ट भएको उनले बताए। अहिले सुरक्षा कायम राख्न र नागरिकलाई आवश्यक सेवा दिइरहेको उनको भनाइ छ। उनका अनुसार इटहरी चोक प्रहरी कार्यालय जलेको कारण तरहरा प्रहरी चौकीबाट सीमित
इटहरी । ताप्लेजुङको तिम्बुङ पोखरी पर्यटकको रोजाइ बनेको छ । समुद्र सतहदेखि चार हजार ३५० मिटर उचाइमा रहेको यो पोखरी पछिल्लो समय पर्यटकको रोजाइ बनेको हो । यो पोखरी पूर्वको गोसाइँकुण्ड नामले पनि परिचित छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिका फलैचाको सङ्गमस्थलमा पर्ने तिम्बुङ पोखरीलाई दुई जिल्लाको महत्त्वपूर्ण पर्यटकीय स्थलको रुपमा लिइन्छ । पछिल्लो सयम यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन व्यावसायी अमिर राई बताउनुहुन्छ । उहाँका अनुसार गएको वर्ष मात्र करिब तीन हजारको हाराहारीमा पर्यटक तिम्बुङ पोखरी आएका थिए । यस क्षेत्रमा आउने पर्यटक सङ्ख्याको डाटा भने व
इटहरी। जेनजी पुस्ताको आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि बन्द गरिएका ताप्लेजुङका स्थानीय तह र विद्यालय खुलेका छन् । जिल्लाका केही स्थानीय तहले बन्द गरेको सेवा प्रवाह आइतबारदेखि सुरु गरेका छन् भने बन्द भएका विद्यालयहरू पनि आइतबारदेखि नै खुलेका हुन् । गएको मङ्गलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको आठराई त्रिवेणी गाउँपालिकाले आइतबार आजदेखि सबै सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले एक सूचना प्रकाशित गरी गाउँपालिका कार्यालय र मातहतका अन्य सबै कार्यालयका सेवा नियमित भएको उल्लेख गर्नुभएको छ । यस्तै गाउँपालिकाभित्रका सामुदायिक र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.