इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार जनही चार हजार ३७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो । सो रकम रामकुमारका बाबुआमा इटहरी व
धरान । नेपाल तरुण दल धरानले धरान उप–महानगरपालिका वडा नम्बर १४ अन्तर्गत विजयपुर दन्तकाली स्कुलदेखि पिण्डेश्वर मन्दिरसम्मको जीर्ण अवस्थामा रहेको बाटो मर्मत गरी पीसीसी ढलान कार्य गरेको छ ।खाल्डाखुल्डीले गर्दा आवतजावतमा कठिनाइ हुँदै आएको उक्त बाटो अब स्तरोन्नति भएपछि श्रद्धालु तथा पर्यटकलाई सहज हुने भएको छ ।कार्यक्रममा १४ नम्बर वडाका स्थानीय आमाबाबु, दाजुभाइ, दिदीबहिनी, वडा कार्यालय, नेपाली कांग्रेसका कार्यकर्तासहितको सक्रिय सहभागिता रहेको थियो ।धरान नेपाली कांग्रेस तरुण दलका नगर अध्यक्ष तथा वडा सदस्य रामकुमार तामाङले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सो बाटोको स्तरोन्नतिमा सहयोग गर्ने स
इटहरी । ताप्लेजुङमा सरकारी तथा गैर सरकारी निकायका कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा सेवा प्रदायक निकायले गर्ने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन छलफल भएको हो । जिल्ला समन्वय समितिको आयोजनामा आइतबार र सोमबार भएको दुई दिने वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा कार्यसम्पादनका विषयकेन्द्रित छलफल भएको थियो । हालसम्म कामको समीक्षाका आधारमा सेवाप्रदायक निकायले कार्यसम्पादनलाई थप बलियो र प्रभावकारी बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । प्रमुख लामाका अनुसार समीक्षा कार्यक्रममा सेव
इटहरी । सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३३० जना कैदीबन्दी रहेका छन् । १६ महिला र ३१४ जना पुुरुष कैदीबन्दी रहेको कारागार इलामले जनाएको छ । यीमध्ये नौ जना विदेशी र पाँचजना मानसिक रोगी समेत रहेको बताइएको छ । कारागारलाई सुधारगृहका रूपमा लिइए पनि सङ्ख्या धेरै भएकाले खानेपानीको समस्या बढी हुनेगरेको कारागार प्रमुख मधु विशुुंङ्खेले बताउनुुभयो । विशुुंङ्खेलेका अनुसार गएको आर्थिक वर्षमा इलाम कारागारबाट १३८ कैदीबन्दी छुटेका थिए । अन्य ठाउँबाट ३१ जना स्थानान्तरण गरी र
इटहरी । आर्थिक वर्ष २०८१(०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४० मेट्रिटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । बितेको आर्थिक वर्षमा करिब ७५ हजार रुपियाँदेखि ९५ हजार रुपियाँ प्रतिमनमा अलैंची खरीद बिक्री भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने धनकुटामा २०८०(०८१ मा करिब ३४।८ मेट्रिटन अलैंची उत्पादन हुँदा करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिनुभयो । यो आर्थिक वर्ष धनकुटामा करिब ५।२ मेट्रिकटनले उत्पादन बढ्दा निर्य
इटहरी | यही भाद्र २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म अभिमन्यु : च्याप्टर–१ को प्रचार–प्रसारलाई तीव्रता दिँदै निर्माण टिम मोफसल यात्रामा निस्किएको छ । कोशी प्रदेशको इटहरीबाट सुरु गरिएको प्रचारअन्तर्गत सोमबार ईलाइट सिनेमा हलमा पत्रकार सम्मेलन सम्पन्न भयो । कार्यक्रममा प्रमुख कलाकार कामेश्वर चौरसिया र किरण श्रेष्ठसँगै मिडिया कोअर्डिनेटर पवन भट्टराईको सहभागिता थियो ।पत्रकार सम्मेलनमा इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका सञ्चारकर्मीको उपस्थिति रह्यो । अभिनेता कामेश्वर चौरसियाले दर्शकको निरन्तर माया र साथका कारण आज प्रमुख भूमिकामा देखिन पाएको भन्दै अझै दर्शकको समर्थन आवश्यक रहेको बताए । मधेसको कथा
इटहरी । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सार्वजनिक सेवामा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ ।सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सोमबार आयोजित ‘नागरिक सन्तुष्टि र सुशासन प्रवर्धनमा सार्वजनिक निकायको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सरकारी कार्यालयमा नागरिकले सहज, छिटो र प्रभावकारी सेवा पाउनुपर्नेमा जोड दिनुभयो । अर्यालले टेबलमा पुगेको कामलाई ढिला नगरी काम गर्न आग्रह गर्नुभयो । समान प्रकृतिका कार्यालयलाई एकीकृत गर्ने तयारी भइरहेको उल्लेख गर्दै उहाँले चीन र भारतसँग जोडिने सङ्खुवासभाको उत्तरी नाका किमाथाङ्का सञ्चालनमा ल्याउनुपर्नेमा विशेष जोड दिनुभय
इटहरी । इलामको चुलाचुलीमा गएराति चन्द्रबहादुर विष्टको घरमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति भएको छ । राति करिब १० बजे चुलाचुली गाउँपालिका– ६ तोरीवारीका विष्टको टिनको छानो र टिनको बेरा भएको एकतले घरमा आगलागी भएको हो । आगलागीबाट घर र घरभित्र भएका भाँडावर्तन, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी तीन लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी पेल्टिमारीका प्रहरी वरिष्ठ नायब निरीक्षक नारायणप्रसाद कुँवरका अनुसार प्रहरी, दमक नगरपालिकाको बारुणयन्त्र र स्थानीयको सहयोगमा राति ११ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । घर जलेपछि विष्ट परिवार विस्थापित भएको स्थानीयले जन
इटहरी । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु। ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् । सो आरोहणबाट रु। एक करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ । सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट रु। एक करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ । विश्वको अग्लो
इटहरी । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ । दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । हाललाई डुबानको प्रत्यक्ष जोखिम भने नर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.