All Posts By कोशी प्रेस

    Showing ४,५७१-४,५८० of १२,९०९ items.
  • काबेली खोलाको बाढीले पावर हाउसका स्काभेटर र टिप्पर बगायो

    इटहरी । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनामस्थित सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगाएको छ । गएराति परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले पावर हाउसको स्काभेटर र टिप्पर बगाएको हो । खोलाले दुई वटा स्काभेटर र दुई वटा टिप्पर बगाएका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार २ वटा स्काभेटर भने पावर हाउसदेखि करिब २० मिटर तल डुबेको अवस्थामा फेला परेको छ । यस्तै, टिप्पर भने फेला नपरेका कारण खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । स्काभेटर र टिप्परको नम्बर खुल्न नसकेको पनि उहाँको भनाइ छ । घटनामा मानवीय क्षति नभएको प्रहर

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ३०४ पटक पढिएको
  • वडा अध्यक्ष श्रेष्ठ तरहरा उत्सवको औंपचारिक कार्यक्रमका अध्यक्षता गर्ने

    तरहरा । राष्ट्रियस्तरको सम्मान कार्यक्रम, बहुसांस्कृतिक सडक उत्सव, सांस्कृतिक परेड र सांगीतिक कार्यक्रमसहित एक लाख रुपैयाँको नगद उपहारसमेत प्रदान गरिने ुतरहरा उत्सव २०२५ु को औपचारिक कार्यक्रमको अध्यक्षको रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठले अध्यक्षता ग्रहण गर्नुहुनेभएको छ।प्रत्येक वर्ष फरकफरक समाज, क्षेत्र, विधा एवम् पेशाका नेतृत्वलाई सम्मानार्थ अध्यक्षता गराउने नयाँ शुरुवात गर्दै आयोजकले यसपटक दुई पटक वडा अध्यक्षमा निर्वाचित, लोकप्रिय काङ्ग्रेस नेता, स्पष्ट वक्ता र सरल स्वभावका धनी श्रेष्ठलाई छनोट गरेको हो। उहाँको सहज स्वीकारोक्तिप्रति आयोजक टिमले हार्दिक कृतज्ञ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५४९ पटक पढिएको
  • विराटनगरमा भएको वक्तृत्वकला प्रतियोगितामा इटहरी सुष्मा गोदावारी कलेजकी छात्रा श्रेयासी प्रथम

    विराटनगर। विराटनगरमा सम्पन्न अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा इटहरीस्थित सुष्मा गोदावारी कलेजकी छात्रा श्रेयासी भट्टराई प्रथम बनेकी छन् ।सडक दुर्घटनामा परी मृत्यु भएका लियो क्लब अफ विराटनगर योङ हर्टका पूर्वअध्यक्ष पुष्पकुमार चौधरी (पुष्पे थारू) को स्मृतिमा शुक्रबार आयोजित प्रतियोगितामा प्रथम बनेकी उनले १० हजार रुपैयाँ नगद साथै मेडल, ट्रफी, प्रमाणपत्र, १ वर्षको लाइफ इन्स्योरेन्स, ३ महिनाको जिम सब्सक्रिप्सन निःशुल्क र ३/४ वटा क्याफेबाट फुड कुपन समेत प्राप्त गरेकी छिन् ।यसैगरी, प्रतियोगितामा दोस्रो हुँदै सुकुना बहुमुखी क्याम्पसका कुसुम नेपालले नगद रु ५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र र फुड कुपन

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ४२५ पटक पढिएको
  • पथरी सनिश्चरेमा बाल दिवसको अवसरमा हाजिर-जवाफ प्रतियोगिता आयोजना

    सुनसरी | पथरी सनिश्चरे–८, सखुवारा सोमबारे – पथरी सनिश्चरे नगरपालिका वडा नं. ८ स्थित प्रभात सामुदायिक युवा क्लबले राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गर्न लागेको हाजिर-जवाफ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।क्लबका सचिव विक्रम बस्नेतका अनुसार, प्रतियोगिता भाद्र २० गते शुक्रबार श्री बुद्ध माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। यस प्रतियोगितामा नगरपालिका भित्र रहेका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्।आज क्लबका सदस्यहरूले विभिन्न विद्यालयमा गई खेलमा सहभागी हुन विद्यार्थीहरूलाई निमन्त्रण दिएका छन्। सचिव बस्नेतले कार्यक्रममार्फत बालबालिकामा ज्ञान, सृजनशीलता र प्रतिस्पर्धा

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ४५३ पटक पढिएको
  • दुहवीमा ३ करोडको बजेटमा दुई सडक योजनाको स्थलगत निरीक्षण

    इटहरी । संघीय सरकारले विनियोजन गरेको ३–३ करोड रुपैयाँ बराबरको बजेटमा दुहवी नगरपालिकाका दुईवटा सडक योजनाको स्थलगत निरीक्षण गरिएको छ । प्रतिनिधिसभा सदस्य भगवती चौधरीको विशेष पहलमा सुरु हुन लागेको सडक योजनाको प्रगति तथा कार्यान्वयन तयारीबारे सडक विभागका इन्जिनियर, स्थानीय सरोकारवाला र जनप्रतिनिधिहरूले स्थल अवलोकन गरेका हुन्। दुहवी–६ मा बुढीखोला छठ घाट नजिकैको नर्सरी देखि काली मन्दिर हुँदै दक्षिण हाइवे जोड्ने सडक निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । यस बाटो बनेपछि स्थानीयवासीलाई आवागमन सहज हुनुका साथै धार्मिक तथा पर्यटकीय गन्तव्य छठ घाट र काली मन्दिर सम्म पुग्न थप सहज हुने अपेक्षा गरिएक

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ३३८ पटक पढिएको
  • इन्द्रपुर जुनियर जेसीजद्वारा आयोजित ‘सुन्दरहरैँचा यात्रा ः विचार र विमर्श हुँदै यथार्थसम्म’ कार्यक्रम सम्पन्न

    इटहरी । इन्द्रपुर जुनियर जेसीजको आयोजनामा भएको अवको सुन्दरहरैँचा यात्रा विचार र विमर्श हुँदै यथार्थसम्म कार्यक्रम सम्पन्न भएको छ । नेपालीरिका होटलमा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका सफल व्यक्तिहरूले सुन्दरहरैँचा नगरलाई अझ राम्रो र व्यवस्थित बनाउन सकिने उपायहरूबारे आफ्ना विचार राखेका थिए । कार्यक्रममा नगरपालिकाको हालको अवस्था र आगामी योजनाबारे नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिको रूपमा उपस्थित महालेखा परीक्षक तोयम रायले यस्ता छलफलहरू नगर विकासका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रेमप्रसाद लुइँटेल,

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • २६८ पटक पढिएको
  • सुन्दरहरैँचाको गोदावरी रिभरसाइड रिसोर्टमा आकर्षक सेवा सुविधा

    सुन्दरहरैँचा | मोरङको सुन्दरहरैँचा–४, दुलारीमा आधुनिक सुविधा र प्राकृतिक वातावरणको संयोजनसहितको नयाँ पर्यटकीय गन्तव्य ‘गोदावरी रिभरसाइड रिसोर्ट’ आकर्षक सेवा सुविधासहित सञ्चालनमा आएको छ।एशियन हाइवे अन्तर्गत दुलारी चोकबाट २.८ किलोमिटर दक्षिण र इटहरीबाट ६ किलोमिटर भित्रै पर्ने यो रिसोर्टलाई पूर्वी नेपालको उत्कृष्ट पर्यावरणमैत्री रिभरसाइड रिसोर्टका रूपमा विकास गर्ने लक्ष्य राखिएको सञ्चालक रोहीत शाहले जानकारी दिनुभयो।रिसोर्टमा भव्य डोम र नमस्ते आकारका इग्लु आवास गृह, वातानुकुलित कोठा, परम्परागत नेपाली कलाले सजाइएका आन्तरिक सजावट, परिवारमैत्री रेस्टुरेन्ट तथा बार सेवा उपलब्ध छन्। साथै, ‘तालको बीचमा

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ६४४ पटक पढिएको
  • साउनमा कोसी सरकारको खर्च आठ करोड २८ लाख, आम्दानी २० करोड

    इटहरी । चालु आर्थिक वर्ष २०८२ र ८३ को साउनमा कोसी सरकारले कुल आठ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । कुल खर्चमध्ये चालुतर्फ आठ करोड १२ लाख र पुँजीगततर्फ १६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । गत आवको साउनमा संघीय अनुदान फिर्ता गरेकाले चालु खर्च बढी देखिएको मन्त्रालयको भनाइ छ । त्यसैगरी, सोही अवधिमा प्रदेशको आन्तरिक कोषमा १९ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०८२र८३ का लागि प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन र स्थानीय तहमा दिइने अनुदानमा विभाजित छ । बजेट खर्

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • २७६ पटक पढिएको
  • पाँचथरमा महिलाको स्वास्थ्य र आत्मविश्वास बढाउँदै योग साधना

    इटहरी । उमेरले ६० वर्ष टेक्नु भएकी फिदिम नगरपालिका –१ पाँचथरकी भिमकुमारी दाहालले नियमित योग साधना गर्न थालेको १८ वर्ष पूराभयो । ‘४० वर्ष पूरा भएपछि हात खुट्टा पोलने, झम्झमाउने, अनिन्द्रासँगै शरीरमा विभिन्न समस्या उहाँमा देखिन थालेका थिए । योगमा जोडिएपछि विस्तारै समस्या निराकरण भएको उहाँको अनुभव छ । योग गर्न थालेपछि अल्छिपना हट्नुका साथै हाडजोर्नी र पाठेघरको समस्या समाधान समेत भएको उहाँले बताउनुभयो । फिदिम –४ की सीता खतिवडाले नियमित योग साधना गर्न थालेको २२ वर्ष भयो । ढाडको नसा च्यापिनुका साथै टाउको दुख्ने र पाठेघरको समस्याले गाँज्न थालेपछि यी सबै समस्याको समाधान योग नै हो भन्ने विश्वासका साथ आ

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ४६२ पटक पढिएको
  • ताप्लेजुङको सहिद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बामा वृक्षरोपण

    इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सहिद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बामा वृक्षरोपण गरिएको छ । गाउँपालिकाको वडा १ सावादिनमा रहेको उक्त दुई स्थानमा वृक्षरोपण गरिएको हो । योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल फक्ताङलुङको आयोजनामा गरिएको वृक्षरोपण कार्यक्रममा एक हजारभन्दा बढी बिरुवा रोपिएको वाइसिएल नेपालका केन्द्रीय सदस्य सुदिर साउदेनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा स्वाउ, शिरीष, कागती, मयुर पङ्खी सल्ला, तेजपत्ता लगायतका बिरुवा रोपिएको छ । “श्रम तथा उत्पादनमा वाइसिएल” को एकमहिने अभियान अन्तर्गत वृक्ष रोपणको आयोजना गरिएको साउदेनको भनाइ छ । वृक्षरोपणमा गुम्बा र सहिद पार्क

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ३२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]