इटहरी । कोशी प्रदेशको इटहरी–२ आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापनासंगै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले आयाेजना गरेकाे श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रम अन्तरगत स्वास्थ्य शिविरबाट हाल सम्म १ हजार बढिले निशुल्क सेवा लिएका छन । गत १४ गते देखि जारी श्रीमद्भागवतकाे पाचाै दिन सम्म आइपुग्दा १ हजार भन्दा बढिले शिविरबाट निशुल्क स्वास्थ्य परामर्स ,तथा बिभिन्न राेगकाे चेकजाच गराएका हुन ।
सत्सङ स्थलमा इटहरी आइडल ग्रुपले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकाे छ । उक्त शिविरमा प्रेसर , सुगर , मुटु ,पेट एवम बिभिन् राेगहरूकाे निशुल्क परामर्स , चेकजाच र केहि अाैषधीहरू पनि प्रदान गरिदै आएकाे ग्रुपका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठले बताए ।
शिविरमा दैनिक १० जना सम्मकाे स्वास्थ्यकर्मीहरूकाे टाेली खटाइ सेवा प्रदान गरिरहेकाे ग्रुपका अध्यक्ष श्रेष्ठले बताए । इटहरीलाइ धार्मिक पर्यटकीय गन्तब्य बनाउन १०८ शिवलिंग स्थापना सहित श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रम आयाेजना गरिएकाे हाे । २१ गते सम्म सञ्चालन हुने श्रीमद्भागवतमा भक्तजनहरूकाे घुइचाे लागेकाे छ ।
भागवतमा नेपालका काठमाडौँ, पोखरा, धरान, बराहक्षेत्र, नवलपरासी लगायतका ठाउँका साथै भारतका दिल्ली, सिक्किम, विहार, सिलगुडीबाट समेत धार्मिक तथा सामाजिक प्रतिनिधिहरूको सहभागिता रहेकाे छ ।
भक्तपुरमा बनेका कलात्मक इँटाबाट निर्मित आसनमा नेपालकै शिलाबाट बनाइएको १०८ शिवलिङ्ग र हनुमानको मूर्तिसमेत स्थापना गरिएको छ।करिब ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न यो परियोजनामा स्थानीय बासिन्दा, संघ–संस्था र प्रदेश सरकारको समेत उल्लेखनीय सहयोग रहने अपेक्षा गरिएको छ।


