इटहरी । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टुक्रे–हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्ग सञ्चालनमा आएको छ । तमोर मेवा जलविद्युत् आयोजनाको सहयोगमा शनिबारदेखि उक्त सडकमार्ग सञ्चालनमा आएको हो । संविधानसभा सदस्य सञ्चपाल मादेनका अनुसार शनिबारबाट नै उक्त मार्ग भएर यातायात सञ्चालन गर्न सुरु गरिएको छ । अरु निकायले बेवास्ता गरेपछि आफू लगायत समुदायले गरेको अनुरोधलाई तमोर मेवाले ग्रहण गरेर सडक खुलाइदिएको मादेनको भनाइ छ। बर्खायाम सुरु भएसँगै ठाउँ–ठाउँमा झरेको पहिरोका कारण यो सडक अवरुद्ध रहेको थियो । यातायातका साधन बहानन्दे हान्द्रुङ घुम्नुपर्ने बाध्यतामा थियो । सदरमुकामबाट उत्तरी क्षेत्र जोडिने यो सडक निकै छोटो
इटहरी । संखुवासभाको दुर्गम भोटखोला क्षेत्र ८० दिनपछि सडकसँग जोडिएको छ । लगातारको अवरोधपछि कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा आएको हो । गत भदौ १५ गतेदेखि भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको ठुला पहिरोका कारण सडक अवरुद्ध भएको थियो । लामो समयको प्रयासपछि सडक पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र आयोजनाको संयुक्त प्रयासमा सडक खोल्न सफल भएको हो । सडकमा ढुङ्गा सोलिङ र ग्राभेलिङ कार्य सम्पन्न भइसकेको र हाल एकतर्फी सवारी सञ्चालन भइरहेको उहाँले जानकारी दिन
इटहरी । विराटनगरमा प्रहरीले छुट्टाछुट्टै घटनामा स्रोत नखुलेको ठुलो परिमाणको रकम र नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । विराटनगर–१२ सैनिक टोलबाट स्रोत नखुलेको करिब आठ लाख ४७ हजार रुपियाँ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बीआर ३८ भी ३३२८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेका मोटरसाइकल चालक मोरङ जहदा–७ का ४६ वर्षीय नवीन साहले रकम लुकाएर ल्याइरहेका थिए । साहले लगाएको हेल्मेटभित्र एक हजार दरका ८ सय, पाँच सय दरका ५१, एक सय दरका एक सय ४६ र ५० दरका एक
इटहरी । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताउनुभयो । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडाँै, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहर
इटहरी । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएक
इटहरी । सुनसरी कोशी गाउँपालिका–८ शर्मा टोलमा नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ । शनिबार राति करिब ९ बजे स्थानीय विजय कुमार खत्वेले गाउँ छेउमा रोएको आवाज सुनिएको र हेर्न जादाँ नवजात शिशु भेट्टाएपछि इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएका थिए । प्रहरी वरिष्ठ निरीक्षक पुण्यप्रसाद अधिकारीको कमाण्डमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुलाई तत्काल कोशी हेल्थ केयर भण्टाबारीमा उपचारका लागि लगेको थियो । भर्खर जन्मिएको जस्तो देखिने शिशुलाई थप उपचारका लागि जिल्ला अस्पताल ईनरुवा पु¥याइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी
इटहरी । आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् । असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर परिवारकै संरक्षणमा पठाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । स्रोतका अनुसार पीड
सुनसरी | बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा दोश्रो सेमिफाईनल खेल मा प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । भोलि को फाइनल खेल " जनता भेट्रान्स फुटबल भर्सेस प्रकासपुर भेट्रान्स फुटबल " बिच हुने छ । दोश्रो सेमिफाईनल खेल मा प्रकासपुर भेट्रान्स फुटबल क्लब ले ५ गोल गरेकाे थियो भने र सुन्दर भेट्रान्स फुटबल क्लब -३ गोल गरेकाे थियो । खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लब ले ५ गोल गरि जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगि
इटहरी । सञ्चारिका समूह नेपाल, सुनसरीको आयोजनामा लेखिका सीमा आभासद्वारा लिखित उपन्यास “महायुग” माथि शनिबार एक पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम इटहरीस्थित होटल इन्टुरिस्ट प्यालेसमा सम्पन्न भएको हो। उक्त कार्यक्रमको अध्यक्षता सञ्चारिका समूहकी अध्यक्ष रञ्जना पौडेलले गर्नुभएको थियो भने सञ्चालन महासचिव ज्योति पोख्रेलले गर्नुभएको थियो। परिचर्चाका वक्ताहरूले “महायुग” उपन्यासलाई समकालीन सामाजिक यथार्थ, महिलाको संघर्ष र मानवीय मूल्यका गहिरा पक्षहरू उजागर गर्ने सशक्त कृति रहेको बताएका थिए। उनीहरूले लेखिका आभासको दुई दशकभन्दा लामो साहित्यिक यात्रामा यो उपन्यासलाई हालसम्मको उत्कृष्ट कृत
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित काली मन्दिरमा तिहारको अवसरमा कार्तिक ३ गतदेखि ६ गतेसम्म तीन दिने तथा दुई देशीय कुस्तीको तयारी भएको छ । यादव समुदायको बाहुल्य रहेको र तिहारमा रमाइलोसँगै खेलकुद गर्दै आइएकोमा विगतको वर्ष झै यसवर्ष पनि दुई देशीय कुस्तीको तयारी भएको हो । काली थान परिसरमा यसवर्ष पनि भव्य धार्मिक तथा सांस्कृतिक मेलासँगै दुई देशीय कुस्तीको तयारी गरेको आयोजक समितिका अध्यक्ष सचेन्द्र यादवले जानकारी दिनुभयो । यादवका अनुसार मौलिक खेलकुद लोपोन्मुख अवस्थामा पुगेको र त्यसमा कुस्ती सङ्कटमै परेकाले प्रतियोगिता र मनोरञ्जन दुवै हुने भएकाले दुई देशीय कुस्तीको तयारी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.