All Posts By कोशी प्रेस

    Showing ४,८५१-४,८६० of १२,९०९ items.
  • रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदै

    इटहरी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व शनिबार देशभर नयाँ पवित्र धागो जनै एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ । यस दिन वैदिक सनातन धर्मावलम्बीले बिभिन्न मन्दिर, नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने प्रचलन छ । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३१३ पटक पढिएको
  • इटहरीमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसको २२ औं स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न

    इटहरी । विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श र भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले आफ्नो २२ औं स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम सहित मनाएको छ । अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको यो संस्थाले इटहरी शाखाबाट सन् २०१६ देखि निरन्तर सेवा दिँदै आइरहेको छ । संस्थाका शाखा प्रबन्धक कलम तिम्सिनाका अनुसार, स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ । इटहरी शाखाको सफलताबाट प्रेरित भएर खोलिएका धरान र विराटनगर शाखाहरूले पनि आफ्ना स्थानहरूमा स्थापना दिवस मनाएका थिए । धरानमा आयोजित रक्तदान कार्यक्रमम

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३०८ पटक पढिएको
  • कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना मगर (रिक्की) निर्वाचित

    इटहरी । कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना मगर (रिक्की) निर्वाचित हुनुभएको छ ।  बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट सर्वसम्मत रूपमा राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिश राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दिपक मगर, ओखलढुङ्गाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित भएको निर्वाचन अधिकृत कालिदास भट्टराईले जानकारी दिनुभयो । अधिवेश

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३५४ पटक पढिएको
  • विद्यालयसँग साई हस्पिटल’ कार्यक्रममार्फत विद्यालयमै पुगेर स्वास्थ्य सेवा र सचेतना

    इटहरी । रामधुनी नगरपालिका क्षेत्रमा सञ्चालित एक मात्र १५ बेडको साई हस्पिटल प्रा.लि.ले ‘विद्यालयसँग साई हस्पिटल’ कार्यक्रमको सुरुवात गरेको छ । वडा नम्बर ५ मा सञ्चालित आरम्भ विद्या मन्दिर विद्यालयबाट शुक्रबार देखि कार्यक्रमको शुभारम्भ गरिएको हो । हस्पिटलका अनुसार प्रत्येक हप्ता फरक–फरक विद्यालयमा पुगेर विद्यार्थीलाई प्राथमिक उपचार, शारीरिक सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोरीहरुमा हुने रजश्वाला, खानपान लगायतका विषयमा जानकारी दिने र स्वास्थ्य परीक्षण गर्ने योजना रहेको छ । यो कार्यक्रमले विद्यार्थी मात्र नभई, अभिभावक र समुदायलाई समेत स्वास्थ्यप्रति सजग बनाउन मद्दत पु¥याउने अपेक्षा रहेको हस्पिटलक

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३५८ पटक पढिएको
  • पाथिभरा बाजा समुहले गर्यो जेष्ठ नागरिकलाई सम्मान

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ को पाथिभारा नौमती बाजा समुहले ६० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार वडा नम्बर १ को नर्वदेश्वर शिवालय मन्दिर हलमा एक कार्यक्रमको आयोजना गर्दै समूहले खदा, अविर, टिका सहित दुःध र मिष्ठान्न भोजन गराई सम्मान गरेको हो । श्री नर्बदेश्वर जेष्ठ नागरिक भजन किर्तन मण्डलीका अध्यक्ष जगन्नाथ दंगालको अध्यक्षतामा सम्पन्न भएको  उक्त कार्यक्रमको औचित्य माथि संस्थाकी अध्यक्ष सीता भण्डारीले प्रकाश पार्नुभएको थियो। उपाध्यक्ष उर्मिला ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा ६० वर्ष माथिका ६६ जना जेष्ठ नागरिक सम्मानित हुनुभएको समुहका संयोजक दि

    • प्रकाशित मितिः साउन २४, २०८२
    • २८८ पटक पढिएको
  • इटहरीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्षा बन्धन तथा स्नेह मिलन कार्यक्रम सम्पन्न

    इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीले रक्षा बन्धनको अवसरमा शुभकामना एवं स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेल, उपमेयर संगिता कुमारी चौधरी, कोशी प्रदेशका सङ्घीय मामिला तथा स्थानीय विकाश मन्त्री रेवती रमण भण्डारी, सांसद मिना श्रेष्ठ, पूर्व मन्त्री रामकुमार सुब्बा, इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, समाजसेवी भीम पौडेललगायतका थुप्रै विशिष्ट सामाजिक एवं प्रशासनिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख संचालिका शारदा दिद

    • प्रकाशित मितिः साउन २४, २०८२
    • २९५ पटक पढिएको
  • भोजपुर सदरमुकाममा ढल आयोजना ढिलाइ, स्थानीयवासी लामो समयदेखि सास्तीमा

    इटहरी । भोजपुर सदरमुकाममा निर्माणाधीन ढल आयोजना तोकिएको समयमा सम्पन्न नहुँदा स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती भोग्नुपरेको छ । संघीय सरकारको ८५ प्रतिशत र भोजपुर नगरपालिकाको १५ प्रतिशत लागत साझेदारीमा जीवाईइ सीएल बीडि टीएन एस जेभी कम्पनीसँग २०७९ असार २९ गते सम्झौता भएको यस आयोजनाको कुल लागत ५० करोड ३१ लाख ४२ हजार ६ सय ६३ रुपैयाँ निर्धारण गरिएको थियो । सम्झौता अनुसार काम २०८१ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने भए पनि हाल सम्म करिब ६५ प्रतिशत मात्र काम भएको छ । ढल निर्माणका क्रममा टुडिखेल मुनी देखि बैंकरोड हुँदै च्याङबेनी चोक सम्मको सडक मेसिन लगाएर भत्काइए पनि समयमै पुनर्निर्माण नगरिएकाले स

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३८८ पटक पढिएको
  • इटहरी–धरान सडकखण्डमा स्कुटर र बस ठोक्किँदा दुईजनाको मृत्यु

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख। ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को। २२ प। २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रे

    • प्रकाशित मितिः साउन २४, २०८२
    • २७१ पटक पढिएको
  • उर्लाबारी अस्पतालको झ्यालबाट हाम फालेर लागुऔषध मुद्दाका आरोपी फरार

    इटहरी । लागुऔषध मुद्दामा पक्राउ परेका एक जना आरोपी मोरङको उर्लाबारीबाट फरार भएका छन् । अस्पतालको झ्यालबाट हाम फालेर झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू भागेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो । उपचारका क्रममा उनी शनिवार बिहान करिब ३ः१५ बजे अचानक अस्पतालबाट भागेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । साउन २१ गते पक्राउ परेका लिम्बूलाई पेट दुख्ने समस्या देखिएपछि शुक्रबार राति ११ः३० बजे उर्लाबारीकै मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । अनुसन्धानका क्रममा लागुऔषध ऐनअन्तर्गतको मुद्

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३०४ पटक पढिएको
  • तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

    इटहरी । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ताप्लेजुङको फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा आयोजित उद्‌घाटन खेलमा आज आयोजक टीम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिष्पर्धा गर्दैछ । विदेशी खेलाडी सहित मैदान उत्रन लागेको दुवै टिमले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबीका साथ मैदान प्रवेश गर्दैछन् । आजको विजेताले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ३२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]