इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेसँगै यसलाई सफल बनाउन संखुवासभाको खाँदबारीमा ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना गरिने भएको छ । आयोजक खाँदबारी युथ क्लबले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेन शाक्यले महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा र पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएको बताउनुभयो। उहाँका अनुसार नेवारी समुदायको सांस्कृतिक पहिचान बोकेको गाईजात्रा पर्वलाई विशेष महत्त्वका साथ मनाइने छ । गाईजात्रालाई नेवारी बाजा, भजन, परम्परागत नाचगान, जातीय परि
इटहरी । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा गत माघयता विद्युत् ट्रान्सफर्मर चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न आरोपित सात जना र चोरिएका ट्रान्सफर्मरको सामान खरिद गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको विवरण मङ्गलबार सार्वजनिक गरेको हो । यो समूहले मोरङका ८, सुनसरीका १२ र झापाका दुई स्थानका ट्रान्सफर्मर चोरी गरेको आरोप छ । चोरीमा संलग्नबाट सिँचाइ प्रयोजनका लागि जडान गरिएका ट्रान्सफर्मर झिकेर बिक्री गर्दै आएको पाइएको थियो । घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिदिन नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयले कोशी प्रदेश
इटहरी । झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।
इटहरी । कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रुपमा बिजुलीको ट्रान्सफरमर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गर्न सफल भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संगठित र छुट्टाछुट्टै समूहमा रहेका उनीहरुले २०८१ माघ १५ गते यता झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट २२ वटा ट्रान्सफरमरहरु चोरी गरेको जानकारी दिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वर कार्कीले लगातार र संगठित रुपमा ट्रान्सफरमर चोरी हुन थालेपछि प्रादेशिक अपराध अनुसन्धान समूह तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका
सुनसरी / जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालय सुनसरी मातहतमा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रहरू यस आर्थिक वर्ष २०८२/८३ देखि गढी गाउँपालिका सुनसरीलाई हस्तान्तरण गरिएको छ अब सेवा केन्द्र गढी गाउँपालिकाकै व्यवस्थापनमा सञ्चालन हुनेछन्।नागरिक आरोग्य सेवा केन्द्रहरूलाई समुदायमै पहुँचयुक्त, वैकल्पिक तथा आयुर्वेदिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको हो। हस्तान्तरणपछि स्थानीय तहलाई सेवा केन्द्रको पूर्वाधार, जनशक्ति तथा सञ्चालन खर्चको व्यवस्थापन जिम्मा दिइनेछ।हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालय सुनसरी प्रमुख डा. उमेश कुमार मेहता ले नागरिक आरोग्
इटहरी । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र)ं ले श्रमदान अभियानलाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक तथा व्यक्तिगत स्वमित्वका काममा माओवादी केन्द्रले श्रमदान अभियान चलाई रहेको हो । हालसम्म अधिकांस कृषिसँग सम्बन्धित काममा माओवादीले श्रमदान अभियान चलाउँदै आएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) का अनुसार अलैँची, कोदो, धान रोप्न लगायतका काममा श्रमदान गरिँदै आएको छ। हरेक महिना एक दिन श्रमदान गर्नेगरी योजना बनाएर श्रमदान गर्दै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिनुभयो । माओवादीको जिल्ला, पालिका र वडा तहका कमिटी तथा सहायक सङ्गठनको रूपम
इटहरी । धानखेत मासेर छ वर्षअघि देखि कागती खेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ ।आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनुभएको छ । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि उहाँजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् । भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको आचार्यले बताउनुभयो । कागतीमा आत्मनिर्भर बन्ने अभियानमा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय तहले केही वर्षयता किसानलाई कागती खेत
इटहरी । निरन्तरको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । वडा नम्बर २, ३, ६ ८ र ९ का गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका नगरपालिकाकी उपमेयर जिरा राईले बताउनुभयो । नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार बेलकाको सप्तकोशीको कटानयुक्त क्षेत्रको अवलोकन र स्थलगत भ्रमण गरेर जानकारी लिइएको बताउनुभयो । अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन तथा सम्भाव
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विशेष पुस्तक प्रकाशन गर्ने भएको छ । गाउँपालिकाले आफ्नो भूगोलभित्र जन्मिएर व्यक्तित्वहरूको जीवन यात्रा र प्रेरणादायी पाटोलाई उजागर गर्न विशेष पुस्तक प्रकाशन गर्ने भएको हो । पुस्तकमा गाउँपालिका भित्रका सामाजिक, राजनीतिक, शैक्षिक, प्रशासनिक, कला, संस्कृति तथा साहित्य जस्ता विभिन्न क्षेत्रमार्फत समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई समेटिने छ । ‘शिखरतिर समर्पणः मैवाखोलाका प्रेरणादायी अनुहार’ नामक उक्त पुस्तकमार्फत ती व्यक्तित्वहरूको परिचय, योगदान, अनुभव तथा भाबी पुस्ताले उनीहरूबाट सिक्न सक्ने ज्ञान र मार्गदर्शनलाई समेट्ने उद्देश्य रहेको गा
इटहरी । मोरङका दुई फरक स्थानमा २ जना व्यक्तिको शव भेटिएको छ । उर्लाबारी र बेलबारी नगरपालिकास्थित धानखेतमा शव फेला परेको हो । दुवै घटनामा मृत्युको कारण खुलेको छैन । उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू आफ्नै घर नजिकको धानखेतमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनको शव खेतमा घोप्टो परेको अवस्थामा भेटिएको र नाकबाट रगत बगिरहेको तथा हातखुट्टा कक्रिएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाएको छ । घटना अनुसन्धानको ने
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.