All Posts By कोशी प्रेस

    Showing ४,९४१-४,९५० of १२,९१८ items.
  • लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कोशी प्रदेश कमिटीको पूर्ण बैठक सम्पन्न

    धरान, श्रावण १७ – लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कोशी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठक आज धरानमा सम्पन्न भएको छ। बैठक महासङ्घका प्रदेश अध्यक्ष हरिथलङ राईको अध्यक्षतामा र प्रमुख अतिथि कोशी प्रदेश एमाले अध्यक्ष घनश्याम खतिवडाको उपस्थितिमा सम्पन्न भयो।उक्त बैठकमा कोशी प्रदेशका १४ वटै जिल्ला र घटक संगठनहरूको प्रतिवेदन प्रस्तुत गरिनुका साथै समसामयिक राजनीतिक तथा संगठनात्मक विषयहरूमा विस्तृत छलफल गरिएको थियो।कार्यक्रममा महासङ्घका केन्द्रीय महासचिव देवराज राईसहित अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो। बैठकले संगठन सुदृढीकरण, आदिवासी जनजातिहरूको अधिकार संरक्षण तथा समावेशीताका सवालमा संय

    • प्रकाशित मितिः साउन १७, २०८२
    • २२० पटक पढिएको
  • सांसद डा . शर्माद्धरा शिव पञ्चायन मन्दिर उद्घाटन

    इटहरी । मोरङको पथरी शनिश्चरे–०७ मा रहेको शिव पञ्चायन मन्दिरको संघीय सांसद डा। सुनिल कुमार शर्माले उद्घाटन गर्नु भएको छ । शुक्रबार एक समारोहवीच डा। शर्माले  प्रदेश सरकारबाट प्राप्त बजेटले बनाईएको सो मन्दिरको गेटमा रिबन काटेर  उद्घाटन गर्नु भएको हो। मन्दिर उद्घाटन पछि संक्षिप्त सम्बोधन गर्दै शर्माले नेपाली जनताको पक्षमा सदैब बोलिरहेको बताउनु भयो । उहाँले जनताले जे अपेक्षा राखेर मतदान गर्नुभएको थियो ,  सोही अनुसार नै काम गरिरहेको उल्लेख गर्नु  भयो । उहाँले आफू मोरङ्गको क्षेत्र न। ३ को निर्वाचित जनप्रतिनिधि भएको नाताले  आफूले पथरी, बुद्धचौक, लामाटोली, किराती चौक हुँदै बराल

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ४३० पटक पढिएको
  • कहिले दुखायौ छाती“ बोलको अफिसियल म्युजिक भिडियो सार्वजनिक

    इटहरी । “ कहिले दुखायौ छाती“ बोलको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार पथरी शनिश्चरे–०२ बुद्ध चोकमा रहेको  हाम्रो पथरी डान्स एकेडेमीको हलमा एक प्रेस मिट आयोजना गर्दै सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त भिडियोलाई नृत्य निर्देशक समेत रहनुभएका  राम विककै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयाल र कोषाध्यक्ष अर्जुन सेन्चुरी, पथरी उद्योग वाणिज्य संघकी प्रतिनिधि संझना तामाङ , वरिष्ठ अभिनेता जीवन बराल समेतको उपस्थितिमा  पथरी शनिश्चरे ४ निवासी नृत्य निर्देशक समेत रहनुभएका राम विकले निर्देशन ग

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ८५९ पटक पढिएको
  • कृषिमा लगानी र रुपान्तरणबारे इटहरीमा अन्तरक्रिया कार्यक्रम

    इटहरी । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा “नेपालको कृषि रुपान्तरण फ्रम सोइल टु सक्सेस विषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम इटहरीमा गरिएको छ । कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माण रहेको थियो । “कृषिमा लगानी ः अबको प्राथमिकता“ भन्ने नारासहित आयोजित लगानीकर्ताहरूको भेलाले कृषक सशक्तिकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रविन्द्र कुमार पंजियारका अनुसार, कार्यक्रममा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ३८० पटक पढिएको
  • मिक्लाजुङ गाउँपालिकाबाट अपांगता भएका व्यक्तिहरूलाई सहयोग सामग्री वितरण

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकाले अपांगता भएका ३८ जना व्यक्तिहरूलाई आवश्यक सहयोग सामग्री वितरण गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा शारीरिक, मानसिक तथा बहुअपांगता भएका व्यक्तिहरूलाई ट्राईसाइकल, व्हीलचेयर, श्रवण यन्त्र, लठ्ठी लगायतका सामग्री प्रदान गरिएको हो। कार्यक्रम मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न भएको हो। स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले अपांगता रोकथाम तथा पुनःस्थापनाको अभियान अन्तर्गत विशेष आवश्यकता भएका नागरिकहरूलाई यस्ता सामग्री सहयोग गरिएको जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष बबीकुमार राईले अपांगता भएका व्यक्तिहरूलाई आवश्यक परेमा गाउँपालिकामा फोन म

    • प्रकाशित मितिः साउन १६, २०८२
    • २४२ पटक पढिएको
  • प्रधानको भोजपुर हाम्रो भोजपुर "बोलको गीत सार्वजनिक

    भोजपुर | भोजपुरका ९ वटै स्थानीय तहको  परिचय, ऐतिहासिक,धार्मिक,साँस्कृतिक  विशेषता समेटिएको "भोजपुर हाम्रो भोजपुर" बोलको गीत  सार्वजनिक भएको  छ । गीतकार कमला प्रधानले रचना गरेको गीतलाई गायक ,सङ्गितकार तथा एरेन्जर मनोज  साङ्सोन राईले संगीत भरेका हुन् । उक्त गीतमा मनोज साङसोन, लिला राई खगेन्द्र थामी,टीका मगर,तारा नुमिहाङ ,कला इशारा ,र रिजना राईले स्वर दिएका छन् । राजु कार्कीको मिक्सिङ रहेको यो गीत स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । पछिल्लो समय गीतकार कमला प्रधानको नियमित गीतहरू बजारमा आइरहेका छन् । यस अघि उनको शब्द रचना रहेको तारा टुटि झरे सरी ,कुसुमेर

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ७२९ पटक पढिएको
  • कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

    इटहरी । इटहरीमा २०१३ विद्यालय खुलेर विभिन्न क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल जनता माध्यमिक विद्यालयले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको  छ । विद्यालयले यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । जनता माध्यमिक विद्यालयले मुलुकको शिक्षा, साहित्य, कला, राजनीति, निजामती, सेना, खेलकुद आदि क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल हुँदै आएको छ । व्यवस्थापन, शिक्षा, विज्ञान तथा कानुन समुहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलको प्रमुख आतिथ्यतामा स्वागत गरिएको हो । सो क्रममा विद्यालयका

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ९२९ पटक पढिएको
  • कृषिमा लगानी र रुपान्तरणबारे इटहरीमा अन्तरक्रिया कार्यक्रम

    इटहरी | राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा “नेपालको कृषि रुपान्तरण : From Soil to Success” विषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम इटहरीमा गरिएको छ।कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माण रहेको थियो।"कृषिमा लगानी : अबको प्राथमिकता" भन्ने नारासहित आयोजित लगानीकर्ताहरूको भेलाले कृषक सशक्तिकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ।राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रविन्द्र कुमार पजियारका अनुसार, कार्यक्रममा अन

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ९३९ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणले स्थानीयलाई सहज

    इटहरी। भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् । यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए । संघीयता कार्यान्वयनसँगै साबिकको एक वडालाई फुटाएर दुईवटा वडा बनाइएकाले यहाँ कुनै पनि संरचना नभएको कारण स्थानीयलाई समस्या रहेकाले सहज स्वास्थ्य सेवा विस्तारका लागि प्रसूति भवन निर्माण गरिएको उनको भनाइ छ । भवनबाट सेवा सुरु भएपछि यहाँका गरिब तथा विपन्न परिवारल

    • प्रकाशित मितिः साउन १६, २०८२
    • २९७ पटक पढिएको
  • खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ प्रदान

    इटहरी । खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मानमा थापालाई दश हजार नगदसहितको पुरस्कृत गरिएको हो । शहीद मनोज जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले संयुक्त रूपमा पुरस्कृत शिक्षक थापालाई नगद राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापाको

    • प्रकाशित मितिः साउन १६, २०८२
    • १८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]