पाँचथर – राष्ट्रिय धान दिवसको अवसरमा नेपाल तरुण दल फाल्गुनन्द गाउँ कार्य समितिको आयोजनामा फाल्गुनन्द गाउँपालिकामा शुभकामना आदान–प्रदान तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका उपसभापति तथा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल फाल्गुनन्द गाउँपालिका अध्यक्ष गोपाल घिमिरेले गर्नुभएको थियो।यसै अवसरमा फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा फिदिम बजारमा पनि दही–चिउरा कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सभापति रूपनारायण जवेगु प्रमुख
संखुवासभा | सङ्खुवासभाको मादी नगरपालिका र कृषि ज्ञान केन्द्र संखुवासभाको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस कार्यक्रम उमृङ, मादी–४ मा भव्यताका साथ सम्पन्न भएको छ। ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा रोपाइँ, अन्तक्र्रिया, सम्बोधन तथा कृषिको प्रवर्द्धनसम्बन्धी सन्देशहरू प्रस्तुत गरिएका थिए।कार्यक्रमको अध्यक्षता मादी नगरप्रमुख जीवन लिन्थेपले गर्नुभएको थियो भने पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।प्रमुख अतिथि गौतमले मादी नगरपालिकाले कृषिमा लिएको पहलकदम
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले स्थानीय पाठ्यक्रममा आधारित निर्माण गरिएको ‘हाम्रो पथरी शनिश्चरे’ ९कक्षा १–५० पुस्तक सार्वजनिक गर्नुभएको छ। आइतबार नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, शिक्षा विभाग प्रमुख नवीन खुलाल, लेखक तथा सम्पादक चेतन पौडेल, ऋृषिराज धिमाल, अर्जुन जम्नेली राई, रबिन भट्टराईको हातबाट सार्वजनिक भएको हो । सो पुस्तक सार्वजानिक गरिनुका साथै नगर प्रमुख तुम्वापोले विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई पुस्तक वितरण गर्नुभएको थियो । विसं २०७८ सालमा निर्माण भएको पाठ्यक्रम अनुसार यस शैक्षिक सत्रमा सामुदायिक विद्यालय
इटहरी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीद्वारा २२औँ राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ।इटहरी वडा नं. १४ स्थित नरबसामा आयोजित उक्त कार्यक्रममा खेतमा धान रोपेर दिवस मनाइएको हो। पार्टीका प्रारम्भिक संगठनहरूमध्ये एकको उद्गमस्थल भएकाले सोही स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ।पार्टी संयोजक गौरिमान परियारले राष्ट्रिय धान दिवसलाई निरन्तरता दिँदै आफ्नै ठाउँमा कृषि उत्पादन र त्यसको बजारीकरणमार्फत आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित रोपाइँ कार्यक्रम गरिएको बताउनुभयो।त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाज
इटहरी | देशभर २२औं राष्ट्रिय धान दिवस मनाइरहँदा इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमै धान रोप्दै दिवसलाई विशेष ढंगले मनाएका छन्।विद्यालय परिसरनजिकैको खेतमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सहभागितामा रोपाइँ कार्यक्रमको आयोजना गरिएको थियो। विशेष कुरा के थियो भने, उक्त रोपाइँमा परम्परागत तरिका मात्र नभई आधुनिक कृषि प्रविधिको समेत प्रयोग गरिएको थियो।विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठका अनुसार, शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन। उनले भने, “हामी विद्यार्थीलाइ खेतबारीमा लगेर उनीहरूलाई व्यवहारिक अ
इटहरी । इटहरी लेडि जेसीजले आज इटहरी ३ मा २१ औँ राष्ट्रिय धान दिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रम इटहरी लेडि जेसीजकी कार्यकारी उपाध्यक्ष शान्ती कटुवालको अध्यक्षतामा सम्पन्न भयो भने माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन उपाध्यक्ष ममता पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरूले हलो जोतेर, धान रोपेर तथा आपसमा हर्ष व्यक्त गर्दै असार १५ लाई कृषि उत्सवको रुपमा मनाएका थिए । स्थानीय महिलाहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, युवा तथा समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुभद्रा प्याक
इटहरी । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको हो । यसअन्तर्गत अहिले दुई समूह बनाएर मुलुकका विभिन्न स्थानमा प्रचाप्रसारका कार्यक्रम भइरहेका छन् । पर्यटकीय गन्तव्यको भ्रमण कार्यक्रमअन्तर्गत नेपालसहित भारतका १७ पत्र
इटहरी । पूर्वी नेपालमा गर्मी बढेसँगै चरम रगत अभाव भएपछि विभिन्न संघसस्थाहरुले रक्तदान गर्ने कार्यलाई तीव्र पारेका छन । रगत अभावलाई न्यूनीकरण गर्नकै लागि लायन्स डिस्ट्रिक्ट ३२५ सिु अन्तर्गत एरिया ४ का २६ ओटा लायन्स क्लबहरूले सुनसरीको इटहरीमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन । लायन्स वर्ष २०२५ को सुरुवातसँगै एरिया ४ अन्तर्गतका क्लबहरूले सामाजिक उत्तरदायित्व स्वरूप रक्तदान कार्यक्रमबाट आफ्नो कार्यकालको सुरुवात गर्ने भएका हुन् । एरिया ४ का चिफ भोजराज दाहालका अनुसार यो कार्यक्रम क्लबहरूको समन्वय र सहकार्यमा सम्पन्न हुने पहिलो बृहत् कार्यक्रम हो । सामूहिक प्रयासबाट समाजमा सकारात्मक सन्
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुने क्षेत्रमा प्रहरीले १२० किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। हिजो (शनिबार) साँझ ७ः३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तर्गतको प्रहरी चौकी भरौलाबाट खटिएको टोलीले धरानबाट कालाबन्जार तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको टाटा कम्पनिको नानो कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त कारमा लुकाई राखिएको गाँजा १२० केजी फेला पारेको थियो। पक्राउ पर्नेहरूमा मोरङ बिराटनगर महानगरपालिका–४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र मोरङ जहदा गाउँपालिका–७ का २२ वर्षीय विकास यादव रहेका छन्। प्रहरीले उनीहरूलाई कारसहित नियन्त्रणमा लिएर इलाक
इटहरी । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् । सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङहेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ । दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिइन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.