All Posts By कोशी प्रेस

    Showing ५,६११-५,६२० of १२,९७८ items.
  • इटहरीमा लियो क्लब अफ इटहरी इनोभेसन र स्मार्ट सिटि संयुक्त आयोजनामा दुई दिने खुला भलिबल प्रतियोगिता सम्पन्न

    इटहरी  | इटहरीमा लियो क्लब अफ इटहरी इनोभेसन र लियो क्लब अफ इटहरी स्मार्ट सिटिको संयुक्त आयोजनामा आयोजना गरिएको दुई दिने खुला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। असार ६ र ७ गते इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का विभिन्न स्थानबाट १३ वटा भलिबल टोलीहरूले सहभागिता जनाएका थिए।प्रतियोगिताको उद्घाटन कार्यक्रम लायन्स क्लब अन्तरगत जिल्ला ३२५ सि का गभर्नर लायन विकास अधिकारी (पीएनजेएफ) को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य लियो क्लबका पदाधिकारीहरूले दिएका थिए भने सञ्चालन आकर्षक र व्यस्थित रहेको थियो। उद्घाटन सम

    • प्रकाशित मितिः असार ७, २०८२
    • १,१०० पटक पढिएको
  • धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने

    धरान : धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।उपमहानगरपालिकाको संयोजन र धरान सिटी फुटबल क्लबको आयोजनामा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता असार ६ गतेदेखि १४ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा हुने भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।प्रतियोगिताले स्थानीय महिला खेलाडीहरूलाई हौसला प्रदान गर्नुका साथै नयाँ प्रतिभा उजागर गर्ने आयोजकले विश्वास व्यक्त गरेका छन्। प्रतियोगितामा धरानका आठ वटा प्रतिष्ठित महिला फुटबल क्लबहरूको सहभागिता रहनेछ।धरान सिटी फुटबल क्लबका अध्यक्ष प्रेम घिमिरेका अनुसार यो प्रतियोगिता महिला फुटबलको विकास, विस्तार, व्यवसायीकर

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३८२ पटक पढिएको
  • गर्मी र लोडशेडिंगले विद्यार्थीहरूको पढाइ प्रभावित, अभिभावक चिन्तित

    बिवस पराजुली / इटहरीदेशभर बढ्दो गर्मी र नियमित लोडशेडिंगका कारण विद्यार्थीहरूको शैक्षिक गतिविधि प्रभावित बन्न थालेको छ। अत्यधिक तापक्रम र बिजुली आपूर्तिमा आएको अनियमितताले विद्यालय तथा घर दुवैमा पठनपाठनमा समस्या देखिएको छ।विशेषगरी गर्मी याममा ग्रामीण भेगका विद्यालयहरूमा पङ्खा वा कूलरको अभाव छ भने, लोडशेडिंगले बत्तीसमेत नहुँदा कक्षाकोठा भित्रै बसेर पढ्न कठिन भएको शिक्षकहरू बताउँछन्। “गर्मीले बालबालिका असहज महसुस गर्छन्, अनि बत्ती नभएपछि त झनै पढ्न मन लाग्दैन,” भन्छिन् इटहरीकी एक अभिभावक माया थापा। उनले विद्यालयले वैकल्पिक तालिका बनाउनुपर्ने मागसमेत गरेकी छन्।यसैबीच शिक्षावि

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३८१ पटक पढिएको
  • इटहरी जेसीजद्वारा सार्वजनिक वक्तृत्वकला सम्बन्धी तालिम सम्पन्न

    बिवस पराजुली / इटहरीइटहरी जेसीजले आयोजना गरेको "तालिम सप्ताह" अन्तर्गत हिजो चौथो दिनको तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। २०८२ साल असार ५ गते, बिहीबार देखि इटहरी जेसीजको सभाहलमा सम्पन्न तालिम "Public Speaking" अर्थात् सार्वजनिक वक्तृत्वकला विषयमा केन्द्रित रह्यो।तालिम संयोजक  गणेश नेपालले स्वागत मन्तव्य दिँदै यस किसिमका तालिमहरूले जेसिज सदस्यहरूमा नेतृत्व विकास, आत्मबल अभिवृद्धि र सार्वजनिक मंचमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप भन्नुभयो, “हाम्रो उद्देश्य व्यक्तिगत तथा सामाजिक स्तरमा सदस्यहरूको प्रभावशाली प्रस्तुतीकरण क्षमतामा सुधार ल्याउनु हो।”सदस्यहरू

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३८५ पटक पढिएको
  • इनरुवामा तरुण दलको बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न

    इटहरी । नेपाली कांग्रेस निकट तरुण दल इनरुवा नगर कार्यसमिति सुनसरीको आयोजनामा शनिबार इनरुवामा बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, इनरुवामा सम्पन्न कार्यक्रममा इनरुवा क्षेत्रका १ सय ३० जना युवाहरू औपचारिक रूपमा तरुण दलमा प्रवेश गरेका हुन् । नेपाल तरुण दल इनरुवा नगर समितिका सभापति अरविन केसीको सभाअध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।  कार्यक्रममा तरुण दल सुनसरी क्षेत्र नं–४ का क्षेत्रीय सचिव सत्यनारायण यादवले इनरुवा–२ निवासी विवेक खतिवडालाई नगर उपसभापति पदमा मनोनीत गरिएको घोषणा

    • प्रकाशित मितिः असार ७, २०८२
    • ४२५ पटक पढिएको
  • ताप्लेजुङमा घरेलु हिंसाका घटनामा तीव्र वृद्धि

    इटहरी। ताप्लेजुङमा घरेलु हिंसाका घटनामा वृद्धि भएको पाइएको छ। पछिल्लो छ महिनाको अवधिमा भएका मानवअधिकार उल्लङ्घनका घटना विवरणअनुसार घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको हो। सदरमुकाम फुङ्लिङमा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ताप्लेजुङले आयोजना गरेको अर्ध वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा घरेलु हिंसाका घटना हुने गरेका छन्। इन्सेक जिल्ला प्रतिनिधि एलिना दियालीले तयार पार्नुभएको प्रतिवेदनअनुसार पछिल्लो छ महिना अर्थात गत पुसदेखि हालसम्मको अवधिमा जिल्लामा विभिन्न ३५ वटा घटना भएका छन्। मानवअधिकार उल्लङ्घनका ३५ घटनामध्ये ११ वटा घरेलु हिंसासम्बन्धी रह

    • प्रकाशित मितिः असार ७, २०८२
    • २५१ पटक पढिएको
  • ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा इटहरीमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न

    इटहरी । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योग समिति, इटहरी उपमहानगर समितिको आयोजनामा इटहरीका विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन इटहरी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो दिन योग प्रशिक्षण तालिम सञ्चालन गरियो । तेस्रो दिन सुगर, प्रेसर, थाइराइड, ग्यास्ट्रिक तथा नशा सम्बन्धी निशुल्क स्वास्थ्य शिविर , चौथो दिन ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरुसँग योग ध्यान कार्यक्रम , पाँचौं दिन मानव धर्म सेवा समितिमा प्रोटोकल अभ्यास , छैठौं दिन साधना केन्द्र, इटहरीमा यज्ञ

    • प्रकाशित मितिः असार ७, २०८२
    • २८८ पटक पढिएको
  • रेडस्टार माविमा दुई दिने प्रथम रेडस्टार स्काउट मित्रता क्याम्प सम्पन्न

    इटहरी । मोरङको पथरी शनिश्चरेमा रेडस्टार माध्यमिक विद्यालयको आयोजनामा दुई दिवसीय  प्रथम मित्रता क्याम्प सम्पन्न भएको छ । शनिबार विद्यालयको प्राङ्गणमा आयोजित सो क्याम्प विभिन्न आपतकालीन अभ्यासहरू  गर्दै  समापन भएको हो । शुक्रवार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख एवम् स्काउट संरक्षक  मोहनप्रसाद तुम्वापोले नेपालको राष्ट्रिय झण्डा र उप प्रमुख देवीमाया काफ्लेले स्काउटको झन्डोत्तोलन गर्दै उद्घाटन गर्नुभएको उक्त क्याम्पमा विद्यालयका विभिन्न कक्षाहरूमा अध्ययनरत ६३ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए । क्याम्पका अवसरमा प्राकृतिक विपत्ति तथा आगलागी जस्ता घटनाहरूमा कसरी स्काउटकर्मी

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३६४ पटक पढिएको
  • ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपियो

    इटहरी। ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ। किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धिडाँडामा श्रमदानमार्फत अलैँची रोपिएको हो। किसान महासङ्घ ताप्लेजुङको अगुवाइमा अलैँची रोप्न श्रमदान गरिएको हो। फुङ्लिङ नगरपालिका निवासी किसान महासङ्घ जिल्ला समितिकी उपाध्यक्ष फूलमाया गुरुङको करिब पाँच रोपनी जग्गामा अलैँची रोपिएको फुङ्लिङ नगर कार्यपालिका सदस्य पाल्देन शेर्पाले जानकारी दिनुभयो। योङ कम्युनिस्ट लिग नेपाल वाइसिएलका प्रदेश कमिटी सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार एक हजार अलैँचीको विरुवा रोपिएको हो। अलैँची रोप्न श्रमदान गर्नेमा नेकपा ९माओवादी केन्

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३१८ पटक पढिएको
  • एकीकृत सेवामार्फत ताप्लेजुङका २६ सेवाग्राहीले लिए करसम्बन्धी सेवा

    इटहरी । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले करदाता सेवा कार्यालय पाँचथरसँगको सहकार्यमा ताप्लेजुङमै करदातासँग सम्बन्धित सेवा प्रदान गरेको छ। करदाता सेवा कार्यालय नभएको ताप्लेजुङका सेवाग्राही करसँग सम्बन्धित सेवा पाँचथर पुगेर लिनुपर्ने अवस्था रहेको छ। करदाताहरूको आवश्यकता बुझेर ताप्लेजुङबाटै सेवा प्रवाह हुने गरी एक दिने एकीकृत घुम्ती शिविरको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिए। उनका अनुसार एकीकृत सेवा वितरणका क्रममा १९ वटा उद्योग दर्ता भएका छन्। ९ वटा उद्योगको नाम परिवर्तन सम्बन्धी सेवा प्रदान गरिएको छ। ७ वटा उद्योगको उ

    • प्रकाशित मितिः असार ७, २०८२
    • २९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]