इटहरी । सुनसरीको इटहरीबाट ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा मङ्गलवार बिहानको राती १ः३० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको मिनी ट्रक जाँच गर्दा दुई हजार एकसय किलो गाँजा फेला पारेको हो। ना।५ ख।६११६ नम्बरको सेतो मिनी ट्रकलाई इटहरी उपमहानगरपालिका–२० तरहराको जङ्गल नजिक कोशी लोक मार्गमा शङ्का लागेर जाँच गरिएको थियो। चेकजाँचका क्रममा ट्रकमा राखिएका ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुको बिचमा लुकाएर राखिएको अवस्थामा ७० बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ। उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिद भूमि गाउ
इटहरी। लामो समयको प्रतिक्षापछि मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले प्रशासनिक भवन पाउने भएका छन् । दुबै पालिकाको प्रशासनिक भवन नयाँ स्थानमा बन्ने प्रक्रिया सुरु भएको हो । पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नंं १० को शिविर डाँडाका निर्माण सुरु भएको छ भने कानेपोखरी गाउँपालिका– ५ को भौंसावारीमा बनाउनका लागि सङ्घीय सरकारले स्रोत सुनिश्चित गरेको छ । हाल पथरीशनिश्चरेले वडा नंं १ को पथरी बजारबाट सेवा दिइरहेको छ भने कानेपोखरीको प्रशासनिक सेवा वडा नं।६ को रमाइलो बजारमा वडा नंं ५ को भौंसावारीस्थित साविकको वडा कार्यालयबाट सञ्चालन भइरहेको छ । राज्य पुनर्संरचनापछि पथरी
इटहरी । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएका नागरिकको अवस्था अझै थाहा नहुँदा उनीहरूका परिवार अन्योलमा परेका छन् । सङ्खुवासभा पाँचखपन नगरपालिका–३ का अमरबहादुर कटुवाल २०५८ साल चैतमा बेपत्ता हुनुभयो । यस्तै पाँचखपन नगरपालिका–७ का पदमबहादुर दर्जी २०५२ सालमा गाउँबाटै बेपत्ता हुनुभयो । उहाँको खोजीका लागि परिवारले विभिन्न निकायमा धाउँदा पनि कुनै जानकारी फेला परेको छैन । बेपत्ता दर्जीका छोरा विष्णु दर्जी अहिले २८ वर्षको भइसक्नुभयो । पाँचखपनकै अर्का अम्बरबहादुर कालिकोटे पनि करिब ३० वर्षदेखि बेपत्ता हुनुहुन्छ । घरमा केही नबताई बाहिर निस्किनुभएका अम्बरबहादुर फर्केर नआउँदा परिवार पीडामा छन् ।उहा
इटहरी । इलामको सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ । नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न सोमबार छात्रवृत्ति सम्झौता गरेको हो । सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलका अनुसार वडाबाट सिफारिस भएका ३२ जना छोरीबुहारीसँग औपचारिक सम्झौता भइसकेको छ । प्रत्येक विद्यार्थीका लागि रु ३२ हज
इटहरी । सुनसरीको रामधुनी नगरपालिका २ शिवनगरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाख्रा चोरी गर्न आएका तीन जनाको समूहमाथि रामधुनी–२ का स्थानीय सन्तोष चौधरीले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रामधुनी ४ का बाख्रा चोर राकेश चौधरी रहेको इलाका प्रहरी कार्यालय झुम्काका प्रहरी निरीक्षक सुजन मुदेलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक मुदेलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको विराटनरमा पोष्टमार्टम गरिएको छ भने खुकुरी प्रहार गर्ने सन्तोषलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले बताउनुभयो ।
सुनसरी | बराहक्षेत्र नगरपालिका, वडा नं. १० मा ८० जना युवाहरुलाई युवाहर ॐ साई तेक्नीकल इन्स्टिच्युट, विराटनगर को सहयोगमा "युवा उद्यमशीलता, महिला उद्यमशीलता र शिक्षा अन्तर्गत कफी बनाउने (बारिस्टा) तालिम सञ्चालन गरिएको छ। यो तालिम बराहक्षेत्र १० को कार्यालय को सहयोगमा आजदेखि विधिवत रूपमा सुरु भएको हो। वडा अध्यक्ष तेज बहादुर गुरुङ का अनुसार ले यस तालिमले युवाहरूको सिप विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। यस अवसरमा उनीहरूले युवाहरूलाई आत्मनिर्भर बन्न र रोजगारीको अवसर सृजना गर्न प्रोत्साहित समेत गर्नुभएको छ। यो जीवनोपयोगी सिप तालिमले युवाहरूलाई बारिस्टा
भोजपुर | भोजपुर नगरपालिका–५, बोकिम निवासी इन्दिरा तामाङले आफ्ना कान्छा छोरा दिवस तामाङको जन्मदिनको अवसरमा ५ लाख रुपैयाँ बीमांक रकमको जीवन बीमा उपहार दिनुभएको छ।उहाँले छोराको जन्म मिति असार २ गते पर्न गएको अवसर पारेर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, उपशाखा कार्यालय भोजपुरमार्फत् ‘हिमालयन अनमोल बाल रत्न सावधिक जीवन बीमा योजना’ अन्तर्गत बीमा गराउनुभएको हो। यसअघि उहाँले आफ्नो जेठो छोरा दिप्सन तामाङको समेत बीमा गरिसक्नुभएको छ।बीमा उपशाखा प्रमुख बिमल रणपहेलीले मानव जीवन अमूल्य भएको उल्लेख गर्दै जीवनमा हरेक पाइलामा जोखिम हुने भएकाले बीमा अनिवार्य भएको बताउनुभयो। उहाँले वर्तमान तथा भविष्य दुवै सुरक्
काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेको छ । विद्युतीय कारोबार ९साइबर क्राइम० मुद्दामा जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै पत्रकार पाठक उच्च पुगेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री युट्युब च्यानलमार्फत प्रसारण गरेपछि पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो
इटहरी । धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार १३० केजी गाँजा बरामद गरेको छ । आज बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नंको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकबाट बोरामा प्याक गरिएको ७० बोरा गाँजा र ३१ बोरा अदुवा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाले जानकारी दिए । ट्रकका चालक र गाँजा ल्याउने व्यक्ति भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताए। बरामद गाँजा, अदुवा र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि
इटहरी । अरुण गाउँपालिका–६ जरायोटारमा आयोजित एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत बिपन्न तथा सीमान्तकृत समुदायका घरपरिवारहरूलाई लक्षित गर्दै निःशुल्क विद्युत मिटरबक्स, स्वास्थ्य बीमा, तथा शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्य गाउँपालिकाकी उपाध्यक्ष बिनिता ढकालले गर्नु भएको थियो भने अध्यक्षता वडा नं। ६ का वडाध्यक्ष गणेश राईले गर्नुभएको थियो। कार्यक्रममा क।पा। सदस्य मैना राई, वडा सदस्य दीप राज राई लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत वडाका ११ घरधुरी बिपन्न परिवारलाई निःशुल्क विद्युत मिटरबक्स वितरण गरिएको छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.