इटहरी। ताप्लेजुङमा मापदण्ड विपरीत सञ्चालन भइरहेको उद्योग सिलबन्दी गरिएको छ । बिहीबार अनुगमनको क्रममा फुङलिङ नगरपालिका ६ मा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योग सिलबन्दी गरिएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र फुङलिङ नगरपालिकाले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योग नामक भुजिया तथा हरियो मटर उत्पादन गर्ने उद्योग सिलबन्दी गरिएका छ । सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार उद्योग करिब सात वर्ष अघिदेखि नवीकरण नगरी सञ्चालन गरिएको पाइएको छ । त्यस्तै आवश्यक सर
इटहरी। सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेकोे धार्मिक पर्यटकीय क्षेत्र मनकामनाधाम ओझेलमा परेको छ । विश्वको होचो अरुण उपत्यकामा रहेको यो ठाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ । मनकामनाधाम उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । सङ्खुवासभा र भोजपुर जिल्लाको सङ्गमस्थल अरुण नदीको किनारमा अवस्थित तीर्थस्थल मनकामनाधामले राष्ट्रिय पहिचान पाउन नसक्दा ओझेलमा परेको पुजारी सूर्यप्रसाद कट्टेलले बताउनुभयो । यहाँ दर्शन गर्दा मनोकामना, आकाङ्क्षा पूरा हुने जनविश्वास छ । छत्रशिलामा देवीदेवताका विभिन्न आकृति, गरुड, नाग, हात्ती र पार्वतीको पाइला जस्ता स्वरूप प्रकट भएको विश्वास गरिएक
इटहरी। धनकुटाको चौबिसे गाउँपालिकाले गोठिया काठ कटानी तथा ढुवानी कार्य आगामी तीन महिनाका लागि पूर्ण रूपमा रोक लगाएको छ । गाउँपालिकाको कार्यालयले गोठिया काठको अनियन्त्रित कटानी, ढुवानी तथा ओसार–पसारका कारण वन विनास, सडक क्षति र वातावरणीय असर बढ्न थालेपछि असार २ गतेदेखि भदौ मसान्तसम्म तीन महिनासम्म काठसम्बन्धी सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाइएको गाँउपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो । बर्खामा बाटो भत्कने तथा विपद् आउने सम्भावना भएकाले जोखिम न्यूनीकरण गर्न तिन महिनालाई रोक लगाइएको चेम्जोङले बताउनुभयो । गाउँपालिकाले वर्षपक्षिय बैठक राखेर सो निर्णय गरेको हो । बैठकमा चौबिसे गाउँपालिक
इटहरी | नेपाल तरूण दल कुम्मायक गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावति निर्वाचित भएका छन् ।नेपाल तरुण दल पाँचथर जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावती , उपाध्यक्ष लखन धमला र एलिसा सम्बाम्फे ,सचिव नईन्द्र पोखरेल र नरेन्द्र सम्बाम्फे,सहसचिव बम चेम्जोङ्ग र मनोज शेर्मा ,कोषाध्यक्ष दिवश लावती सर्वसम्मतिले निर्वाचित भएका हुन् ।त्यसैगरी, कार्यसमिति सदस्यहरूमा किरण त्रिखत्री, वीर बहादुर शेर्मा , टेकेन्द्र चेम्जोङ्ग , रेनुका कार्की , कुमार लावति, र
सुन्दरहरैचा / सुन्दर सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सरकारी विद्यालय श्री गछिया आधारभूत विद्यालयमा अध्ययनरत नर्सरी र कक्षा १ का विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ।यसै शैक्षिक सत्रदेखि विद्यालयमा नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट निःशुल्क कक्षा सञ्चालन सुरु गरिएको हो। विद्यालयले सरकारी पाठ्यक्रमलाई ध्यानमा राखी अङ्ग्रेजी माध्यममा अध्यापन आरम्भ गरेको जनाएको छ।विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययनको सुरुवात हुनु उत्साहजनक भएको बताउँदै प्राध्यापक धर्मेन्द्र सापकोटाले यस्तो पहलले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने विश्वास व्यक्त गरे।समुदायस्तरबा
इटहरी । नेपाल तरूण दल कुम्मायक गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भिम प्रसाद लावति निर्वाचित हुनुभएको छ । नेपाल तरुण दल पाँचथर जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट लावति निर्वाचित हुनुभएको हो । लावतीको नेतृत्वमा उपाध्यक्षमा लखन धमला र एलिसा सम्बाम्फे ,सचिवमा नईन्द्र पोखरेल र नरेन्द्र सम्बाम्फे, सहसचिवमा बम चेम्जोङ्ग र मनोज शेर्मा र कोषाध्यक्षमा दिवश लावती सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । त्यसैगरी, कार्यसमिति सदस्यहरूमा किरण त्रिखत्री, वीर बहादुर शेर्मा, टेकेन्द्र चेम्जोङ्ग, रेनुका कार्की,
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग र प्रगति महिला समाजको आयोजनामा सञ्चालित मागमा आधारित ढाका कपडा बुनाइ तालिम सम्पन्न भएको छ । पालिका भित्रका १५ जना महिलालाई ७८ दिने ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले सीप सिकेर बस्ने नभई त्यसलाई व्यवहारमा उतारेर व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख अकली चौधरीले पनि सीप सिकेर घरमा खालि नबस्न र उद्यमशील बन्न आग्रह गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ढकिया, बेकरी, मोबाइल मर्मत तथा मुडा बनाउने तालिम पनि सञ्चालन गरेको जानकार
इटहरी । मोरङको सुन्दरहरैचाबाट राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुकोको बिदाई गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल तथा खेलकुद परिषदको सहयोगमा सहिद स्मृति स्पोर्ट एकेडमीको आयोजनामा काठमाण्डौ गोकर्णेश्वरको स्पोर्ट सिटी हलमा हुन् गइरहेको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको बिदाई गरिएको राष्ट्रिय तेक्वान्दो संघ नेपाल नगर कार्य समिमितका अध्यक्ष अर्जुन भुजेलले जानकारी दिनुभएको छ । अध्यक्ष भुजेलका अनुसार नगरपालिकाबाट २२–५८ ओभर सम्मका खेलाडीले सहभागि जनाउने छन् । खेलाडीहरुलाई अध्यक्ष भुजेल,नगर प्रमुख केदारप्रसाद गुरागाई, युवा ब्यबसायी तथा सामाजिक अभियन्
इटहरी । सुनचाँदी र हिरा लगायत बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने सरकारको घोषणाविरुद्ध व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने सुनचाँदी व्यवसायीले चेतावनी दिएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले विलासिता कर र भ्याट खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ । आम सर्वसाधारण उपभोक्तादेखि सबै वर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्
सुनसरी | सुनसान राति ,करिब साडे १० बजेको समय, प्राय सबैजना खाना खाएर मस्त निन्द्रामा थिए । एकासी ठुलो ठुलो स्वरमा एक जना महिला चिच्याएको आवाज आयो । आवाज पनि समाजमा अपच्य सुनै नसकिने खाले गालि गरीरहेको । तेसपछि वरपरका मासनिहरुपनि जम्मा हुन थाले । घटना हो इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित रङगसाला जाने गेट छेउ । इटहरी उपमहानगरपालिका–९ स्थित रंगशाला गेट छेउमा भाडामा बस्दै आएकी एक महिलाले मादक पदार्थ सेवन गरेर गालीगलौज मच्चाएपछि स्थानीयमा आक्रोश फैलिएको छ । जेठ २८ गते राति साढे १० बजेतिर उक्त महिलाले छिमेकी महिला र अन्य स्थानीयलाई आपत्तिजनक शब्द प्रयोग गर्दै निरन्तर गाली गरेपछि स्थिति तनावपूर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.