इटहरी । सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका अनुसार बिहीबार दिउँसो उद्धार अभ्यासका क्रममा बेपत्ता भएका जवानहरूमध्ये झापाका हरिदेव राजवंशीको शव आज (शुक्रबार) बिहान फेला परेको हो। शव घटनास्थल नजिकैको कोशी नदीको भागमा डुबेको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ। राजवंशी बिहीबार दिउँसो अभ्यासका क्रममा पर्सा गणअन्तर्गत छिन्नमस्ता बाहिनीमा कार्यरत जवान सुरज साउदसँगै बेपत्ता भएका थिए। सुरज साउदको खोजी कार्य भने अझै जारी रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
इटहरी । हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–९ मा भएको सवारी दुर्घटनामा परी एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रहरीका अनुसार झपडतलबाट डाइनियाँतर्फ जाँदै गरेको मे ७ प १०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकेर राखिएको को १ त ११०५ नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक भारत बिहार राज्यका अन्दाजी २० वर्षीय नवीनकुमार पोदार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थिय ।, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भारतकै अररिया जिल्लाका १९ वर्षीय प
इटहरी । उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानसनले जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो । उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।
इटहरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार गोरखापत्र संस्थानको पूर्व क्षेत्र प्रकाशन विराटनगर कार्यालयको निरीक्षण गर्नुहुने भएको छ । मन्त्री गुरुङसहित सचिव राधिका अर्याल र मन्त्रालयका प्रतिनिधिहरु विराटनगर पुग्नुभएको छ । मन्त्रीसहितको टोलीले आज बिहान १० देखि २ बजेसम्म सार्वजनिक सेवा प्रसारण नेपाल ९पिएसबी० को कार्यक्रममा सहभागी हुनुहुने मन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो । सोपछि लगत्तै २ बजेपछि विराटनगर महानगरपालिका वडा १९, बैजनाथपुरमा रहेको गोरखापत्र प्रकाशनको कार्यालयमा अनुगमन निरीक्षणपछि छोटो औपचारिक कार्यक्रम हुने गोरखापत्र संस्थानका कार्य
इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको मुधिङ कोक्मा’ पार्क घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय मुधिङ कोक्मा पार्कमा दिनहुँजसो आन्तरिक पर्यटक पुग्ने गरेका र पर्यटकको घुइँचो नै लाग्न थालेको हो । फुङ्लिङ नगरपालिका–४ भिन्तुनाडाँडास्थित निर्माणाधीन सहिद पार्कसँगै मुधिङ कोक्मा पार्क छ । लिम्बू भाषामा ‘मुधिङ कोक्मा’ भनेको बल्ने ढुङ्गाको डाँडा भन्ने हुन्छ । यही बल्ने ढुङ्गाको डाँडालाई स्थानीय लिम्बू भाषामा ‘मुधिङ कोक्मा’ नामाकरण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको पार्कमा भ्रमण गर्ने आन्
सुनसरी – नेकपा एमाले सुनसरी जिल्ला कमिटी स्थानीय विकास विभागको आयोजनामा "विकास र समृद्धि योजना चित्र निर्माण कार्यशाला" इनरुवामा सम्पन्न भएको छ।कार्यक्रम नेकपा एमाले सुनसरी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष परशुराम यादवको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरधन राईले जनताको घरघरमा पुगेर उनीहरूको समस्या पहिचान गर्दै त्यसको समाधानका लागि योजनाको खाका तयार पार्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँले २०८२ सालभित्र कोशी प्रदेशका सबै जिल्लामा समृद्धिका लागि योजना
काठमाडौं / नेपाल चलचित्र निर्माता संघले डिजिटल सिनेमा नेपालसँगको लामो छलफल र संवादपछि अन्ततः VPC शुल्क घटाउने सहमति गरेको छ। श्रावण १ गतेदेखि लागू हुनेगरी, निर्माताहरूले हालसम्म तिर्दै आएको VPC शुल्कको करिब २५% कम शुल्क तिर्नुपर्ने भएको छ। साथै, अन्तर्राष्ट्रिय प्रदर्शनका लागि तोकिएको प्याकेज शुल्कमा पनि ३०,००० रुपैयाँको छुट दिने सहमति भएको छ।यस सहमतिमा, नवल खड्का अध्यक्ष रहेको निर्माता संघले ५०-५०% शेयर बाडफाँट, ३ मिनेट ३० सेकेण्डसम्मको निःशुल्क ट्रेलर सेवा लगायतका बुँदामा पनि सम्झौता गरेको छ। अहिले निर्माताहरूले यी सुविधाहरूको लाभ लिइरहेका छन्।चलचित्र विधेयकलाई चलचित्र उद्योगमैत्री बना
इटहरी । संखुवासभाको मादी नगरपालिकामा चार वटा वडाका लागि वडा कार्यालय भवन निर्माणका उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । २०८१÷८२ को विनियोजित बजेट अन्तर्गत वडा नम्बर १, २, ८ र ९ का लागि डिपिआर तयार पारिएको हो । डिपिआर निर्माणका लागि मादी नगरपालिकाले पूर्वाञ्चल इन्जिनियरिङ कन्सल्टेन्सी, इलामसँग सम्झौता गरेको थियो । नगरप्रमुख जीवन लिन्थेपले सोचेअनुसार नै डिपिआर तयार भएको जानकारी दिँदै छिट्टै छलफल गरी भवन निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएको छ । मादी नगरपालिकामा हाल ९ वटा वडा छन् । वडामा कार्यालय भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।
इटहरी । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका सहित पाँच पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । भोजपुरमा रहेका नौ वटा पालिका मध्ये पाँच वटा पूर्णरुपमा खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका हुन । बुधवार पौवादुङमा गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । पालिका भित्रका १५ महिना सम्मका सबै बालबालिकहरुले पूर्णरुपमा खोप लगाएसँगै पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको पालिका गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यो सँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणामा पौवादुङमा पाँचौँ बनेको छ । गाउ
इटहरी । ५२ औं विश्व वातावरण दिवसका अवसरमा “प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व” भन्ने मूल नाराका साथ इटहरी उपमहानगरपालिका–२० मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षणको महत्त्व उजागर गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्थानीय प्रतिनिधि देखि विभिन्न संघसंस्था, प्रहरी प्रशासन र युवा सम्मको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता इटहरी उपमहानगरपालिका–२० का वडाध्यक्ष मणि राम श्रेष्ठले गर्नुभयो । उहाँको नेतृत्वमा मुख्य कोशी राजमार्गको डिभाइडर क्षेत्रमा सौन्दर्यकरण र हरियाली प्रवद्र्धनका लागि १ सय थान बगनबेली फूलका बिरुवाहरू रोपिएका थिए । वृक्षारोपण मात्र नभई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.