All Posts By कोशी प्रेस

    Showing ६,१३१-६,१४० of १२,९९९ items.
  • सुन्दर हरैंचा–ठडियामा घृत कौशिक गोत्र सुतार कार्की कुल समाजको आयोजनामा देवाली तथा कुल पूजा कार्यक्रम सम्पन्न

    मोरङ : सुन्दर हरैंचा–ठडियामा घृत कौशिक गोत्र सुतार कार्की कुल समाजको आयोजनामा देवाली तथा कुल पूजा कार्यक्रम सम्पन्न गरिएको छ ।घृत कौशिक गोत्रअन्तर्गत पर्ने सुतार कार्की समुदायका देशभरका दाजुभाइहरूको उपस्थितिमा देवाली गरिएको हो । वि.सं. २०७१ सालदेखि संस्था दर्ता गरी औपचारिक रूपमा देवाली मनाउन थालिएको सुतार कार्की कुल समाजले हरेक तीन वर्षमा भेला गरी देवाली आयोजना गर्दै आएको छ । समाजले आफ्नै जग्गा र संरचना निर्माण गरी कार्यक्रम आयोजना गर्न सफल भएकाले यसपालिको देवाली कार्यक्रम विशेष रूपमा ऐतिहासिक मानिएको छ । हालसम्म समाजका दाजुभाइहरूको एकताको प्रतीकस्वरूप १० कठ्ठा जग्गा खरिद गरिएको छ । केही

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ६९४ पटक पढिएको
  • म गाउँले तिमी सहरिया - प्रमिला घिमिरे

    ✍️ प्रमिला घिमिरेउच्च शिक्षाको खोजीमा गाउँबाट सहर पसेको त्यो क्षण, म एक्लो पन्छीझैँ आकाशमा उडिरहेको थिएँ—न त मलाई रोक्ने कुनै बन्धन थियो, न अड्याउने कुनै आधार। खुला आकाशमा, अनिश्चितताबीच पनि, म आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थिएँ। कति जनाले आफ्नो ठाने, कति जनाले पराई—तर म त भविष्यको रंग भर्ने सपना बोकेर, नवपलुवाजस्तै जीवन टुसाउने संघर्षमा थिएँ।कलम किन्नसमेत पैसा नभएर अरुसँग सापटी लिनुपरेको त्यो दिन अझै झल्झली सम्झिन्छु। आमाले पकाएको तातो खाना र बाबाले सिँगारिदिएको ओछ्यान सम्झँदा, यो एक्लो सहरको सुनसान कोठा झन् खालि लाग्छ। बाल्यकाल बितेको त्यो गाउँ, जहाँ मेरो हाँसो हुर्किएको थियो, त्यहाँ पुग्न

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ६५७ पटक पढिएको
  • कोशी प्रदेश सभाका सांसद सवार गाडी कानेपोखरीमा दुर्घटना, सबैको अवस्था सामान्य

    इटहरी । कोशी प्रदेश सभाका सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गर्नुभएका सांसदहरू सवार  बिएई १४०६ नम्बरको कारलाई बा। ५ प। ३५२० नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो । गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण, खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ्ग सवार हुनुहुन्थ्यो । उहाँहरूको अवस्था सामान्य रहेको र बैठकमा सहभागी नभई घर फर्किन लागेको सांसद मैयाँ श्रेष्ठले जानकारी दिनुभयो । सांसद सवार गाडीलाई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले चलाउनुभएको गाडीले ठक्कर दिएको हो । खड्का गाडीम

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ४२३ पटक पढिएको
  • इलाममा जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धी तालिम

    इटहरी । हरेक पालिकामा नयाँ योजना प्रस्तावको काममा सहज गराउन इलाममा जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धी तालिम दिइएको छ । जिल्ला समन्वय समितिले जिल्लाका दसवटै पालिकामा वडाध्यक्ष सहित वडाका जनप्रतिनिधिहरूलाई तालिम दिएको हो । जेठ ४ र ५ गते गरी दुुई दिनसम्म सञ्चालित तालिममा आ–आफ्ना वडाका योजनाहरू कसरी छान्ने, कुन र कस्ता योजनालाई प्राथमिकीकरण गर्ने र पालिकामा सिफारिस गर्ने, छनोट गरिएका योजनालाई कसरी बजेट अनुमान गर्ने जस्ता विषयमा तालिम दिइएको थियो । जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको अध्यक्षतामा भएको तालिममा वडाध्यक्ष सहित वडा सदस्य, महिला तथा दलित सदस्यहरूको सहभागिता थियो  । 

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ३२९ पटक पढिएको
  • नेपाल तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न

    इटहरी । नेपाल तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको सहमहामन्त्री भिष्मराज आङ्देम्बेज्युको प्रमुख आतिथ्यमा भएको अधिवेशन कार्यक्रममा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ । गाउँपालिकाको अध्यक्षमा गोपाल घिमिरेसहित २७ सदस्यीय कार्यसमिति सर्वसम्मत भएका छन् । दुई उपाध्यक्ष, दुई सचिव ,दुई सह–सचिव, एक कोषाध्यक्ष र अन्य सदस्यहरू सर्वसम्मत भएका छन् । अधिवेशन कार्यक्रमबाट खुला, महिला, दलित, खस आर्य, द्वन्द्व पीडितबाट नौ जना जिल्ला अधिवेशन प्रतिनिधि चयन भएका छन् । अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भिष्मराज आङ्देम्बेले तरुण दलको महाधिवेशन नभएको लाम

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ३१४ पटक पढिएको
  • मुन्दम पदमार्गमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु

    इटहरी । मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालामा २० जना राष्ट्रिय चित्रकारको सहभागिता रहेको छ । कलाकारहरुले मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक सांस्कृति तथा किरात सस्कृतिसँग जोडिएका विभिन्न मिथक, बिम्बहरुलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमख सञ्जय बान्तावाले जानकारी दिनुभयो । कलाको माध्यमबाट यहाँको रैथाने संस

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ५५२ पटक पढिएको
  • कञ्चनजङ्घाको दक्षिणी आधार शिविरमा टावर निर्माण गर्न दूरसञ्चार प्राधिकरणलाई आग्रह

    इटहरी । कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरिएको छ ।  ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले  विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा टावर निर्माण गरिदिन प्राधिकरण समक्ष आग्रह गरेको हो । पालिका उपाध्यक्ष डा। चित्र माबोले प्राधिकरणलाई पत्र प्रेषण गर्दै आग्रह गरेको बताउनुभएको छ । पालिकाको ८ नम्बर वडा याम्फुदिनमा अवस्थित आधार शिविरमा पर्ने नयाँझोरेनी, झण्डेडांडा, दुन्दुडाँडा, तोरोङदेन क्षेत्रमा सञ्चार सेवाको विस्तार गरी कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई सहजता

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ३६९ पटक पढिएको
  • राजस्व छलेर नेपाल भित्रिएका भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

    इटहरी। झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएका सामानसहित तीनवटा कन्टेनर नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका(५ मा आइतबार राति नेपाल प्रहरीले उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको हो । भारतबाट काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका भारतीय नम्बर प्लेट भएका तीन कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, ती कन्टेनरबाट रु। ३ करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । बरामद सामानमा ट्याक कम्बाइन हार्भेस्टरलगायत अन्य सामग्री रहेका छन् । नियन्त्र

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ३८७ पटक पढिएको
  • पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको क्यान्सर परीक्षण शिविर सञ्चालन

    इटहरी । पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ । फिदिम नगरपालिकाको आयोजनामा भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको सहकार्यमा यही जेठ ९ र १० गते पाँचथर अस्पतालमा परीक्षण शिविर सञ्चालन हुने जनाइएको छ । गत वर्ष फिदिम नगरपालिकाले सञ्चालन गरेको एचपिभी परीक्षणमा सहभागी करिब एक हजार महिलामध्ये नौ सय ८६ जनामा परिक्षण गर्दा ३७ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण भेटिएपछि यस वर्ष थप परीक्षण तथा प्रविधिसहितको शिविर सञ्चालनको तयारी गरिएको हो । यो पटक शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउण्ड जस्ता सेवा पनि उपलब्ध हुने नगर प्रमुख म

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • २५३ पटक पढिएको
  • इटहरीको तीन वटा वडामा खानेपानीको आपूर्ति अवरुद्ध

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा रहेको खानेपानीको ट्युबेलको मोटरको क्वाइल जलेपछि विगत तीन दिनदेखि खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। यस समस्याका कारण इटहरीका वडा नम्बर १, १९ र २० का झण्डै ३,२०० घरधुरीमा बसोबास गर्ने १०,००० भन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्। तरहरा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केशर प्रधानका अनुसार खानेपानी ट्यांकीमा पानी पठाउने दुईवटा मोटरमध्ये एउटाको क्वाइल जलेपछि अर्को मोटरले पनि काम गर्न नसकेको कारण आपूर्ति ठप्प भएको हो। उनले प्राविधिकसँग समन्वय गरी क्वाइल निर्माणको काम सुरु गरिएको र चाँडै आपूर्ति पुनः सञ्चालन हुने आश्वासन दिए । उनले समस्या छि

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • २४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]