All Posts By कोशी प्रेस

    Showing ६,१४१-६,१५० of १२,९९९ items.
  • झापाको बिर्तामोडबाट तीन भारतीय कन्टेनर नियन्त्रणमा

    इटहरी । प्रहरीले झापाको बिर्तामोडबाट कृषि औजार बोकेका तीनवटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार कन्टेनरमा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको फसल काट्ने मेसिन, पराल संकलक मेसिन र तिनमा प्रयोग हुने सामान पाइएको छ । आइतबार साँझ बिर्तामोड नगरपालिकाका ५ मा चेकजाँच गर्दा भारतको नागाल्यान्डबाट काँकडभिट्टा नाका हुँदै ती सामान नेपाल ल्याइँदै गरेको पाइएको श्रेष्ठले बताए । एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरमा तीन करोड ६१ लाख रुपैयाँबराबरको कृषि औजार भेटिएको थियो । ती कन्टेनरलाई आवश्

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • २९५ पटक पढिएको
  • ओखलढुङ्गा जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

    इटहरी । ओखलढुङ्गा जिल्ला कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी रहेपछि खानेपानी, वासस्थान र शौचालयको व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । २५ जनाको मात्र क्षमता रहेको कारागारमा हाल ७४ जना कैदीबन्दी रहेका छन्, जसमा ५५ जना कैदी र १९ जना थुनुवा छन् । उनीहरूमध्ये सात जना महिला कैदी रहेका छन् । जिल्ला कारागारका निमित्त जेलर लेखनाथ दाहालका अनुसार कैदीको सङ्ख्या बढेसँगै दैनिक जीवनयापनका आधारभूत आवश्यकतामा चुनौती थपिएको छ । “वासस्थान, खानेपानी र शौचालयको व्यवस्थापनमा अत्यधिक समस्या छ,” उहाँले बताउनुभयो । त्यससँगै स्वास्थ्य सेवा झनै चिन्ताजनक बनेको छ । माघ महिनादेखि कारागारमा दरबन्दी अनुसा

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • २८८ पटक पढिएको
  • झापामा बाढीले भासिएको बिरिङको पुल दुई वर्ष सम्म पनि निर्माण हुन सकेन

    इटहरी । अर्जुनधारा नगरपालिकाको बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म निर्माण हुन सकेको छैन। झापा जिल्लाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुल अहिले पनि जिर्ण अवस्थामा छ, जसमा स्थानीयहरू साना सवारीसाधन जोखिम मोलेर सञ्चालन गरिरहेका छन्। स्थानीय बासिन्दा मेघराज रम्तेल भन्छन्, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, तर दोस्रो वर्ष पनि पुल नबन्दा अब साँच्चै चिन्तित भएका छौँ।” बर्खायाममा पुलमा सवारी आवागमन बन्द हुने गरेको र खोलाको सतह नै पुलभन्दा माथि जान थालेपछि त्यसले अझै ठूलो खतरा उत्पन्न गर्ने स्थानीयको भनाइ छ।पुलको छत भासिएर खोलामा पुग

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • २५४ पटक पढिएको
  • रामधुनी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री वितरण जारी

    रामधुनी, सुनसरी – रामधुनी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै आवश्यक सामग्रीहरूको नियमित रूपमा वितरण गरिरहेको छ। नगरपालिकामा हाल १,००० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको विवरण अभिलेखमा रहेको छ।अपाङ्गताको प्रकृति हेरी नगरपालिकाले ह्विलचेयर, कमोड चियर, सेतो छडी, एल्बो क्रसेस, वैशाखी लगायतका सामग्रीहरू आवश्यकता अनुसार वितरण गर्दै आएको छ। सोही क्रममा रामधुनी नगरपालिका वडा नं. ९ का शंकर चौधरीलाई आधुनिक विलचेयर हस्तान्तरण गरिएको छ। wheelsear पाएपछि शंकर चौधकी श्रीमती कमल कुमारी चौधरीले बाल्टीमा दिशापिसाब गराउनुपर्ने बोकेर यताउता सार्नुपर्ने अवस्थामा नगरपालिकाले यो ह्विलचेयर दिँदा

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ५६० पटक पढिएको
  • उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै इटहरीमा ‘रिर्सोस एजुकेसन हब प्रा.लि’ सञ्चालनमा

    इटहरी | उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै इटहरीमा ‘रिर्सोस एजुकेसन हब प्रा.लि’ सञ्चालनमा आएको छ । विद्यार्थीहरूलाई विदेशमा उच्च शिक्षाको अवसर, प्रक्रियागत जानकारी, भिसा मार्गदर्शन तथा पाठ्यक्रम छनोट जस्ता महत्वपूर्ण पक्षमा सशक्त परामर्श प्रदान गर्ने उद्देश्यसहित यस संस्थाले इटहरीको स्काई प्लाजाको तेस्रो तल्लाबाट सेवा सुरु गरेको हो । ‘रिर्सोस एजुकेसन हब’ ले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, जापान लगायतका देशमा उच्च शिक्षाका लागि चाहिने आवश्यक प्रक्रिया र परामर्श सेवा उपलब्ध गराउनेछ । संस्थाका सञ्चालक नरेन्द्र दंगालका अनुसार ‘रिर्सोस एजुकेसन हब’ ले इमान्दारिता

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ४३२ पटक पढिएको
  • सवारी दुर्घटनामा ११ जना घाइते

    इटहरी । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ अंधेरी स्थितमा विद्युतीय गाडी अकस्मात् दुर्घटना हुँदा सो गाडीका  चालकसहित ११ जना घाइते भएका छन् । दिउँसो  ३ बजेतिर दुर्घटना भएको सोे विद्युतीय गाडी काठमाण्डौबाट गाईघाटतर्फ आउँदै गरेको थियो । प्र १—०५—००१ ज ००५८ नं को उक्त इभी गाडी ओरालो बाटोमा बेक्र फेल भई दुर्घटना हुँदा चालक सहित ११ जना सवार यात्रीहर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार घाइते भएकाहरु मध्ये रौतामाई गाँउपालिका वडा नं ७ बस्ने वर्ष  ४५ को पुष्पा खड्कालाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात् न्युरो अस्पताल विराटनगर, रेफर गरिएको छ

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २७५ पटक पढिएको
  • ताप्लेजुङ–पाँचथर स्थित इँवाखोला जलविद्युत आयोजना चार दिनदेखि बन्द

    इटहरी । हाल रिडी पावर कम्पनी लिमिटेडको स्वमित्वमा रहेको इँवाखोला जलविद्युत आयोजनाको उत्पादन चार दिनदेखि बन्द भएको छ। आयोजनाको विद्युत गृहमा समस्या आएसँगै चार दिन अर्थात गएको बिहीबार रातिदेखि विद्युत उत्पादन बन्द भएको हो। ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादित जलविद्युत आयोजनाको विद्युत गृहमा रहेको विभिन्न उपकरणमा समस्या आएका कारण उत्पादन बन्द हुन गएको हो। कुल ९।९ मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट हाल उत्पादन ठप्प भएको छ। विद्युत गृहको उपकरणहरुमा समस्या आएदेखि नै मर्मत तथा नयाँ सामग्री झिकाएर जडान तथा व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ। केही दिनभित्रै मर्मत

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ३९३ पटक पढिएको
  • पाँचथर बहुमुखी क्याम्पसको प्रमुखमा लक्ष्मी ढुङ्गाना नियुक्त

    इटहरी । पाँचथर बहुमुखी क्याम्पसको प्रमुखमा लक्ष्मी ढुङ्गाना नियुक्त हुनुभएको छ। क्याम्पस सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले प्रमुखमा ढुङ्गानालाई नियुक्त गरेको हो। ढुङ्गाना यसअघि सोही क्याम्पसको सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो। खेमनाथ खतिवडा गत वैशाख ७ गते अनिवार्य अवकाश भएसँगै क्याम्पस प्रमुख पद रिक्त थियो। आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेका चार जना सञ्चालक समिति सदस्यसमेत मनोनित गरेको सञ्चालक समिति अध्यक्ष सुवराज थापाले जानकारी दिनुभयो।

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ३८५ पटक पढिएको
  • इटहरी–१५ मा टोल विकास संस्थाका पदाधिकारीहरूका लागि ३ दिने अभिमुखीकरण तालीम सम्पन्न

    इटहरी, ४ जेठ – प्रगति स्वास्थ्य समाजको आयोजनामा र इटहरी उपमहानगरपालिका वडा नं. १५ कार्यालयको सहयोगमा टोल विकास संस्थाका पदाधिकारीहरूलाई लक्षित गरी ३ दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ। जेठ २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको उक्त तालीममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।तालीमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इटहरी–१५ का वडा अध्यक्ष जय नारायण चौधरी तथा सहजकर्तामा  महेश सुबेदी रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता प्रगति स्वास्थ्य समाजका अध्यक्ष बिजयकिसोर चौधरीले गर्नुभयो।तालीममा जनप्रतिनिधि लालुप्रसाद चौधरी, अभिषेक चौधरी, सारो कुमारी चौधरी, वडा सचिव खड्

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ४६८ पटक पढिएको
  • इटहरी लेडिज जेसिजको आयोजनामा दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न

    इटहरी लेडिज जेसिजको आयोजनामा प्राथमिक उपचार सम्बन्धी दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ । इटहरी लेडिज जेसिजको आफ्नै भवनमा सम्पन्न भएको तालिम कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष लक्ष्मी बरालले गर्नु भएको थियो भने, प्रमुख अतिथिका रुपमा इटहरी रेडक्रस शाखाका अध्यक्ष दिनेश भट्टराई  रहनुभएकोे भएको थियो । तालिममा इटहरी उपमहानगरपालिकाका प्रत्येक वडा कार्यालय सँग समन्वय गरी दुई जना बढी सहभागी रहने व्यवस्था गरिएको थियो । समुदायस्तरमा आपत्कालीन अवस्थामा आवश्यक प्रारम्भिक उपचार सेवा प्रदान गर्ने सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरी लेडिज जेसिज अध्यक्ष लक्ष्मी बरालले बताउनु

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ३३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]