इटहरी । सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते भएका छन्। दुहबी नगरपालिका ३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। इटहरी(विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२(०१(००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्याल
इटहरी। धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोपीमा ९७ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि धरान उपमहानगरपालिकाले दैनिक विषादी परीक्षणको दायरा बढाएर परीक्षण सुरु गर्न थालेकोे छ । गत मङ्गलबार धरान–१३ स्थित कृषि बजारमा विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला एकाइ धरानले तरकारीमा विषादी जाँच गर्ने क्रममा मकवानपुर जिल्लाको पालुङवाबाट आएको दुई हजार चार सय १२ केजी फूलकोपीमा ९७।४०१४ प्रतिशत भन्दा बढी विषादि भेटिएपछि नष्ट गरिएको थियो । धरानको कृषि बजारमा दैनिक ५० टनभन्दा बढी हरियो सागसब्जी फलफूल आयात हुन्छ भने १०० टनभन्दा बढी कारोबार हुने गरेको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टर
इटहरी | नेपाल निजामती कर्मचारी युनियनको पाँचौ औं प्रदेश सम्मेलन/प्रशिक्षण एंव निवर्तमान केन्द्रीय अध्यक्ष गोपाल प्रसदा पोखरेल समेतको सम्मान तथा विदाई कार्यक्रम गरिएको छ ।उक्त कार्यक्रम युनियनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष मान बहादुर बनको अध्यक्षता र पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।उक्त अवसरमा युनियनबाट १३ जना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने तीन जना निवर्तमान पदाधिकारीहरूलाई बधाईसहित विदाई गरिएको थियो। विदाई गरिएकामध्ये निवर्तमान केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेललाई विशेष सम्मान प्रदान गरिएको थियो।प्रदेश अ
इटहरी । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले इटहरीमा विशेष ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार इटहरी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा हुन्डाई मोटर्सका इटहरी र विराटनगर शाखाले ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट कार्यक्रम गरेका हो । ग्राहकहरूलाई कम्पनीले प्रदान गर्दै आएको सेवा सुविधा, बिक्रीपछिका सेवा, गाडी प्रविधि र आगामी योजनाबारे विस्तृत जानकारी दिन कार्यक्रम आयोजना गरिएको लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि. हुन्डाई मोटर्सका डिलर प्रबन्धक विनय प्रकाश श्रेष्ठले बताउनु भयो । कार्यक्रममा हुन्डाईका विभिन्न मोडेलहरू प्रदर्शनमा राखिएको
इटहरी । झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन मोरिङ्गाको व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ । स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघा क्षेत्रफलमा सजिवनको खेती प्रवर्द्धन गर्न नगरपालिकाले बजेट उपलब्ध गराएको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताए । स्वास्थ्य र आयआर्जनका दृष्टिले किसानका लागि लाभदायक भएकाले यसको खेतीमा नगरपालिका आर्थिक साझेदारीसहित जुटेको उनको भनाइ छ । खेतीका लागि नगरपालिकाले थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग परियोजना सम्झौता गरिसकेको छ । परियोजना सम्झौतामा नगरपालिकाले खेतीको ८० प्रतिशत र सहकारी संस्थाले २०
इटहरी | लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नं. १ मा वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा सफलतापूर्वक सम्पन्न भएको हो।कार्यक्रमका सभापति रास्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक शरण कुमार बस्नेत थिए भने प्रमुख अतिथिका रूपमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको उपस्थिति रहेको थियो।विशेष अतिथिमा वडा नं. १ का वडा सदस्य श्री हरिहर चौधरी, रेडक्रस हाँसपोसा
इटहरी । धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ प्रवर्द्धन कार्यक्रम सुरू गरेको छ। गुलाफ पार्कको अवधारणसहित सुरु गरिएको प्रवर्द्धन अभियानका लागि गाउँपालिकाले एक रोपनी जग्गामा मौसमअनुसार फुल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरेको छ। गाउँपालिकामा गुलाफ फूलको खेतीलाई अभियानकै रूपमा अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकरी दिनुभयो। आगन्तुक पाहुनाको स्वागत र घरेलु सौन्दर्यका लागि हरेक घरमा गुलाफको बगैँचा अनिवार्य गरिने गाउँपालिकाको योजना छ। गुलाफ पार्क अभियानका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा गाउँपालिकालाई सात लाख रुपियाँ उपलब्ध गराएको छ। धनकुटा चौबिसे गाउँपालिकाको राज
इटहरी । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदैछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिलारपुरूष टेबलटेनिस, खुला पुरूष ब
बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका–९ को आयोजना तथा आर्थिक सहयोगमा, र समिर चन्द्रवंशीको संयोजनमा सञ्चालित ‘निःशुल्क चित्रकला सम्बन्धी तालिम’ प्रभावकारी रुपमा सम्पन्न भएको छ।आज आयोजित समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रममा बराहक्षेत्र नगरपालिका–९ का वडा अध्यक्ष निरञ्जन चन्द्रवंशी सभापतिको रूपमा रहनु भयो भने नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो।कार्यक्रममा वडा सदस्य भगवती खड्का, चतुरलाल चौधरी, सन्जु साफी, वडा सचिव होम प्रसाद लिम्बू, प्रशिक्षक दिपेन्द्र मेहता, समाजसेवी असिस राई, पालुवा एकेडेमीका संचालक जीवन कार्की लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।बराहक्षे
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १० स्थितमा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । स्थानीय उमेश राईका छोरा डेढ वर्षीय उपदेश राई छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा करेन्ट लागेको हो । प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने बोर्डमा अचानक छुदाँ करेन्ट लागेर गम्भीर घाइते भएका उनको तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.