इटहरी । सोलुखुम्बुमा पाँच दिने निःशुल्क आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा सुरु गरिएको तालिम उद्घाटनका क्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले तालिम पश्चात सिकेको सीपलाई सदुपयोग गर्न सम्पूर्ण प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो । त्यस्तै, नेपाल पत्रकार महासंघका सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले पत्रकारिता समाचार लेख्नु र पढ्नु मात्रै नभइ समाज परिवर्तनको आधारशिलाको रुप पत्रकारिता भएको बताउनुभयो । समुद्ध समाज निमार्ण गर्नका लागि पत्रकार जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । उक्त आधारभूत पत्रकारिता तालिममा २५ जना सहभागी रहेको नेपाल पत्रकार महासंघ सोलुुखुम्बुका कोषाध्यक्ष अमृत थुलुङले जानकारी दिनुभयो ।


