पाँचथर | नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दल याङवरक गाउँपालिकाको प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सावरहाङ मावोको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्णुमणि आङ्देम्बेले तरुण दललाई पार्टीको पहरेदारको भूमिकामा रहँदै पार्टी र समाजमा फैलिरहेका विकृति र विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउन आग्रह गर्नुभयो।
विशेष अतिथि नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले युवालाई स्वरोजगार तथा उद्यमशीलतामा प्रेरित गर्न तरुण दलले अगुवाइ गर्नुपर्ने बताउँदै दिनानुदिन बढ्दो वैदेशिक रोजगारको प्रवृत्ति रोक्न युवामैत्री नीति र कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।
अधिवेशन नेपाल तरुण दल याङवरक गाउँपालिका अध्यक्ष प्रविन सावदेनको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सभापति रूपनारायण जबेगु, निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, उपसभापति डिकेन्द्र चेम्जोङ, सचिव डेकेन्द्र तामाङ, सहसचिव गजेन्द्र राईलगायत नेताहरूले शुभकामना मन्तव्य राखेका थिए।
यसले याङवरक गाउँपालिकामा युवाप्रति सक्रिय र संगठित नेतृत्व तयार भएको संकेत दिएको छ।


