अनुषा अधिकारी
मिरमिरे भयो चराहरू चिरबिर आवाज आयो उदय ती सूर्यउठन नानी बाबु खोलाना पुस्तक अक्षरका पानाहरू ती गाताले पुरिए ।
कोपिला हुँ हामी फक्रिएर फुल बन्नुपर्छ भविष्यको कर्णधार हामी शिक्षाको ज्योति सबैतिर छर्नुपर्छ।
अन्धकार होइन भविष्यलाई उज्यालोतिर मोड्नपर्छ यो देशको खम्बा बनि देशको मुहार सकुशल फेर्नुपर्छ। हो नानी बाबु तिमीहरू वीर गोर्खालीका सन्तान हौ हटेर होइन डटेर अघि बढ्नुपर्छ पूर्वमा टिस्टा पश्चिममा काङ्गडा हाम्रो पुर्खाले लडेको भूमि अंग्रेजबाट फिर्ता लिनुपर्छ
सत्तामा पुगेसी कुर्सी मात्र हेर्ने ती भ्रष्ट नेताहरू ले शिर झुकाएर हिँड्नुपर्रोस् ताकि यति मात्र भन्छु म आमनेपालीहरू गरिबीकै कारण भोकभोकै मर्न नपरोस्
देशमा रोजगार पाउँ ताकि सम्पूर्ण युवाहरू खाडी पस्न नपरोस्।
यही कारणले गर्दा खेरि हाम्रा बा आमा बृद्धा हुँदा बिद्रा आश्रम जान नपरोस्।
लेखकको स्थान : अरुण गाउँपालिका ७ भोजपुर


