इटहरी | सुनसरीको व्यस्त बजार क्षेत्र आपगाछीमा अवस्थित काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। इटहरी उपमहानगरपालिका–१, सोल्टी वेस्टएन्ड अगाडि रहेको उक्त रिसोर्टले वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूका लागि विशेष परिकार, आकर्षक सेवा र छुटको व्यवस्था गर्दै उत्सवलाई अझ विशेष बनाएको थियो।
वार्षिकोत्सव कार्यक्रममा होटलका सम्पूर्ण कर्मचारीहरू भेला भई केक काटेर हर्षोल्लासका साथ उत्सव मनाएका थिए। संगीत, रमाइलो वातावरण र स्वादिष्ट खानाका बीच ग्राहकहरूले पनि उत्सवको भरपूर आनन्द लिएका थिए। कार्यक्रमले रिसोर्टको सफल एक वर्षे यात्रालाई स्मरणीय बनाएको सञ्चालक पक्षले जनाएको छ।
रिसोर्टका सञ्चालक फडिन्द्र श्रेष्ठका अनुसार सुरुवातदेखि नै ग्राहकहरूको रोजाइ र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गरिएको छ। “हामीले ग्राहकले चाहेको स्वाद र गुणस्तरमा कहिल्यै सम्झौता गरेका छैनौं। यही विश्वासका कारण छोटो समयमा नै राम्रो प्रतिक्रिया पाएका छौं,” उनले बताए। आगामी दिनमा अझ उत्कृष्ट सेवा, नयाँ परिकार र पारिवारिक वातावरणसहित अगाडि बढ्ने योजना रहेको पनि उनले उल्लेख गरे।
काका भतिज रिसोर्ट एण्ड बार स्वादका पारखीहरूका लागि विशेष गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यहाँ उपलब्ध परिकारहरूमा कुकर मम, सापुमिचा, पिज्जा, बर्गर, चिकेन मटका बिरयानी, किमा नुडल्स, सेकुवा, लाफिङ लगायत रहेका छन्। परिकारहरूको स्वाद मात्र होइन, सरसफाइ, व्यवस्थित सेवा र आरामदायी वातावरणले पनि ग्राहकहरूको मन जित्दै आएको छ।
रिसोर्टमा पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट, जन्मदिन तथा साना–ठूला कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गरिएको छ। सहज पार्किङ, मैत्रीपूर्ण सेवा र शान्त वातावरणका कारण यो स्थान दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ।
इटहरी तथा आसपासका क्षेत्रमा स्वादिष्ट खाना र गुणस्तरीय सेवाको खोजीमा रहेका सबैका लागि काका भतिज रिसोर्ट एण्ड बार एक उत्कृष्ट रोजाइ बन्न सक्ने देखिन्छ। पहिलो वर्षमै प्राप्त गरेको सफलता र ग्राहकहरूको विश्वासलाई आधार बनाएर रिसोर्टले आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ।


