All Posts By कोशी प्रेस

    Showing ६,३२१-६,३३० of १३,००७ items.
  • खोटाङको रावाबेँसी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

    इटहरी । खोटाङको रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । छ वडा रहेको रावाबेँसीमा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ बालबालिकाले पूर्ण खोप लगाएका छन् । सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिसलगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • २२६ पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा कोशी लगानी सम्मेलनको उद्घाटन

    इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्नुभएको छ । नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा कोशी लगानी सम्मेलनको उद्घाटन गर्नुभएको हो । सम्मेलनमा  प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • ३५७ पटक पढिएको
  • कञ्चनजङ्घा आधार शिविर बेस क्याम्प क्षेत्रमा पहिलो पटक साइक्लिङ

    इटहरी । कञ्चनजङ्घा आधार शिविर बेस क्याम्प क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविर छेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो । सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्घा पर्यटन महोत्सव २०८२ को अवसरमा चार जना राइडरले पालिकाको याम्फुदिनस्थित थुङगिमदेखि ओक्ताङसम्म सफलतापुर्वक साइक्लिङ गरेका हुन् । धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाले नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङको सम्मको पैदलमार्गमा साइक्लिङ गरेका छन् । कञ्चनजङ्घा हिमालको भ्यू पोइन्ट

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ४७३ पटक पढिएको
  • मोरङको धनपालथानमा नालामा शव फेला, हत्या आशंका

    इटहरी। मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत अवस्थामा नालामा फेला परेको जानकारी दिनुभयो । मण्डलको शव भेटिएको नाला नजिकै उहाँ चलाउँदै आएका को। २१ प। १६५६ नम्बरको मोटरसाइकल समेत फेला परेको छ । शव र मोटरसाइकल एउटै स्थानमा भेटिएको भन्दै स्थानीयले विजयलाई कसैले हत्या गरेर फालेका हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीका अनुसार मण्डलको शव सडकदेखि करिब तीन मिटर तल रहेको नालामा फेला परेको थियो । बिहान करिब सभा ६ बज तिर स्थानीयले शव देखेपछि प्रहरीलाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ४७० पटक पढिएको
  • कोशी लगानी सम्मेलन ७१ वटा परियोजना तयार

    आयुसा पराजुली इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । सम्मेलनका बारेमा जानकारी गराउन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा ७१ वटा परियोजनाहरू प्रस्तुत गरिने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा।सरोज कोइरालाले जानकारी दिनुभयो । वैशाख १८ र १९ गते दुई दिनसम्म चल्ने सम्मेलनको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपियाँ रहेको छ । पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार, उद्योग, सूचना प्रविधि लगायतका क्षेत्रका परियोजनाहरूको सोकेसिङ गरिने कोइरालाको भनाइ छ । चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतस

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ४८२ पटक पढिएको
  • मोरङको लेटाङ नगरपालिका द्धारा नगरको–९ बाह्रगोठेमा बङ्गुरपालन प्रवर्धन कार्यक्रम सुरु

    इटहरी। उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगरको–९ बाह्रगोठेमा बङ्गुरपालन प्रवर्धन कार्यक्रम सुरु गरेको छ । नगरले बङ्गुरपालन क्षेत्र छनौट गरी ९ नम्वर वडाको बाह्रगोठेका ३८ जना किसानलाई १–१ वटा बङ्गुरका पाठापाठी वितरण गरी कार्यक्रम सुरु गरेको हो । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले किसानलाई पाठापाठी वितरण गर्नुभयो ।  कोशी प्रदेश सरकार र लेटाङ नगरपालिकाले संयुक्त रूपमा किसानसँग लागत साझेदारीम यो कार्यक्रम सञ्चालन गरेको हो । नगर प्रमुख लावतीका अनुसार कोशी प्रदेश सरकारको पाँच लाख रुपियाँ किसानबाट ५७ हजार रुपियाँ साझेदारी गरी कुल ५ लाख ५७ हजार रुपियाँम

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ३३९ पटक पढिएको
  • ताप्लेजुङको धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको सिदिङ्मा धाममा बढ्न थाले पर्यटक

    इटहरी । ताप्लेजुङको धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको सिदिङ्मा धाममा पर्यटक बढ्न थालेका छन् । जिल्लाको सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा ३ आङ्खोपको सिमानामा रहेको सिदिङ्मा धाम चुचुरोमा पछिल्लोपटक पर्यटक बढ्न थालेका हुन् । नयाँ वर्ष अर्थात् सम्बत् फेरिएसँगै सिदिङ्मा धाम पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएका पाइएको छ । सादेवाका स्थानीय कैलास राईका अनुसार सीमित पर्यटक मात्र पुग्ने गरेको सिदिङ्मा धाममा यस वर्षदेखि सङ्ख्या बढ्दै गएका छन् । यस वर्ष नयाँ वर्षको दिन ठुलै सङ्ख्यामा आन्तरिक पर्यटक सिदिङ्मा पुगेका राईले बताउनुभयो । तीन हजार ७०० मिटरको उचाइमा रहेको सिदिङ्मा धाममा धार्मिकसँगै पर

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • २३७ पटक पढिएको
  • धनकुटामा ७४ वर्षीय वृद्धको लडेर ज्यान गयो

    इटहरी । धनकुटाको चौबीसे गाउँपालिका–१ राजापोखरीका ७४ वर्षीय पदमबहादुर श्रेष्ठको लडेर ज्यान गएको छ । मंगलबार दिउँसो घरबाट हिँडेका श्रेष्ठ आज बिहानसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा सडक छेउमा लडेको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । यस्तै प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनामा एक होटलमा तोडफोड गरेको आरोपमा ३५ वर्षीय अभिषेक श्रेष्ठलाई पक्राउ गरेको छ । आरोपी श्रेष्ठले होटलमा उधारोमा जाँड–रक्सी खाएको र पैसा मागेको रिसइबी देखाई तोडफोड गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • २७२ पटक पढिएको
  • मिक्लाजुङ गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको भव्य उद्घाटन

    मोरङ | मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकामा अत्याधुनिक संरचनासहित निर्माण गरिएको प्रशासकीय भवनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको सो भवनको उद्घाटन एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, गाउँपालिकाका अध्यक्ष बबि कुमार राई, उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर लगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ५१९ पटक पढिएको
  • विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब रुपियाँ लागतको औषधी उद्योग सञ्चालनमा

    इटहरी। विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब रुपियाँ लागतको औषधी उद्योग सञ्चालनमा आएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा एलेक्सा लाइफ साइन्सेस प्रालि नामको इलेक्ट्रोलर औषधी उद्योग सञ्चालनमा आएको हो । स्वास्थ्य क्षेत्रका क्रियाशील दिनेश ठाकुर र उद्योग क्षेत्रमा क्रियाशील रञ्जित भगतको साझेदारी लगानीमा स्थापित उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादनको बिक्री भने आगामी साउनदेखि हुने छ । अन्तर्राष्ट्रिय मापदण्डको भवन संरचनामा ल्याब स्थापना गरिएको उद्योगमा मेसिन जर्मन प्रविधिका रहेको बताइएको छ । उद्योगमा एभरेस्ट बैङ्कसँग वित्तीय सहकार्य गरिएको छ जसमध्ये बैङ्कले ६० करोड लगानी गर्न

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ३५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]