All Posts By कोशी प्रेस

    Showing ६,४२१-६,४३० of १३,००७ items.
  • खोटाङको रावाबेसी गाउँपालिकाका कर्मचारी मृत फेला

    इटहरी । खोटाङको रावा बेसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । रावाबेसी गाउँपालिका–१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँको बारीमा मृत भेटिएका हुन् । बारीको उनी मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । गोरेटो बाटोबाट करिब ८÷९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टा माथि रहेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष राईले बताउनुभयो । दाइको घरबाट आइतबार राती करिब साढे ८ बजे चिया खाएर हिँडेकोसम्म जानकारी पाइएको उहाँको भनाइ छ । उनी सोमबार बिहान मृत भेटिएका हुन् । कार्यालय सहयोगी रेग्मी गोरेटो बाटोबाट लडेर मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङ

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • २१८ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपमा आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सव आइतबार सम्पन्न

    इटहरी। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको ७० वर्ष पुगेको अवसरमा आयोजित तीनदिने कञ्चनजङ्घा हीरक महोत्सव सकिएको छ ।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपमा आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सव आइतबार सम्पन्न भएको हो । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न भएको हो । हीरक महोत्सवको उद्घाटन भने सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो । पर्यटन विकास तथा प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • २१७ पटक पढिएको
  • जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या

    इटहरी । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । राजापानीको बेलडाँडास्थित पावर हाउस ९विद्युत्गृह०बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने स

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • २९० पटक पढिएको
  • बिजुलीको तार गाडीमा खस्दा आगलागी: घाइते दुई जनालाई काठमाडौँ पठाइयो

    इटहरी । लत्रिएको बिजुलीको तारबाट गुडिरहेको बोलेरो गाडीमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । पाथिभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा दुई जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि उहाँहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रवि रावलले जानकारी दिनुभएको छ । उहाँका अनुसार गम्भीर घाइते भएका ललितपुरका ४५ वर्षीया सबिना आचार्य र १० वर्षीय नाति अभियम आचार्यलाई थप उ

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • १८४ पटक पढिएको
  • सुनसरीबाट वैशाख ११ गते १५०० युवा काठमाडौँ जाने निर्णय, ९ गते सुनसरीमा बहुदलीय जनवाद विषयक कार्यपत्र प्रस्तुत हुने

    इटहरी – नेकपा एमाले सुनसरीको पाँचौं पूर्ण बैठक इनरुवास्थित राष्ट्रसेवक भवनमा सम्पन्न भएको छ। बैठकले आगामी वैशाख ११ गते हुने युवा भेलामा सुनसरी जिल्लाबाट १५०० युवाहरू काठमाडौँ जाने भनी तयार गरिएको र उनीहरूलाई युवा सङ्घ सुनसरीको नेतृत्वमा सबै जाने निर्णय गरेको नेकपा एमाले सुनसरी कार्यवाहक अध्यक्ष परशुराम यादवले बताउनुभयो। यसै सन्दर्भमा कम्युनिस्ट आन्दोलनको ७६ औँ स्थापना दिवसको अवसरमा वैशाख ९ गते रामधुनीमा“नेपालको कम्युनिस्ट आन्दोलनको विकासमा जनताको बहुदलीय जनवादको योगदान” विषयक कार्यपत्र प्रस्तुत गरिनेछ। कार्यक्रममा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरूलाई विशेष सम्मान समेत नेकपा एमाले सुनसरी

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ६३८ पटक पढिएको
  • सुन्दहरैंचाको सुकुना क्याम्पस बहुमुखी क्याम्पसमा भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

    सुन्दरहरैंचा | मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसको आयोजनामा शनिबारदेखि सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विविध कार्यक्रमसहित सम्पन्न भएको छ। विभिन्न देशका शिक्षा विज्ञ, विश्वविद्यालयका उपकुलपति, डिन, प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको यस सम्मेलनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय शैक्षिक जमघटका रूपमा लिइएको छ।सम्मेलनको औपचारिक उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गरेका थिए। उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्र

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ५३५ पटक पढिएको
  • सरकारले लोहनीको उपचारको जिम्मा लिनुपर्छ : सदस्यसचिव बस्नेत

    विराटनगर – कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिएका छन्।उनका अनुसार लोहनी नेपालको क्रिकेट क्षेत्रमा एक होनहार र भविष्यप्रद खेलाडी हुन्, जसले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना राख्छन्। तर दुर्भाग्यवश, सन् २०२३ मा जनकपुरमा आयोजित महेन्द्र नारायण निधी टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको कप्तानी गर्दै गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए।खेल मैदानमै चोट लागेपछि लोहनीको खुट्टाको अहिलेसम्म पाँच पटक शल्यक्रिया भइसकेको छ

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३९१ पटक पढिएको
  • इटहरीमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन शिलान्यास

    सुनसरी/ सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नं. ७ स्थित शिव पार्वती टोलमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवनको शिलान्यास गरिएकाे छ । उक्त भवनकाे शिलान्यास कार्यक्रमाका प्रमुख अतिथि पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद् भगबती चौधरीले गर्नुभएको हाे ।  महिला मन्त्रालयको आ.ब. २०८१/०८२ को बजेटमा निर्माण हुन लागिरहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवनको शुक्रबार शिलान्यास गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद् भगबती चौधरीले भन्नु भयो :- हाम्रो गाउँ/नगरपालिकाको सामाजिक विकासमा आज एक ऐतिहासिक कदम चा

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • २८६ पटक पढिएको
  • प्रधानमन्त्री ओली द्वारा गैँडाकोट सडक खण्ड निरीक्षण

    नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गको गैँडाकोट खण्डमा निरीक्षण गरेका छ्न् । शुक्रबार प्रधानमन्त्री ओलीले निर्माण भइरहेको सो सडकखण्ड निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले सडक निर्माण कम्पनी, सडक विभाग र आयोजना निर्देशनालयका कर्मचारीहरुसँग सडक निर्माणको प्रगतिको बारेमा जानकारी लिएका थिए ।प्रधानमन्त्री ओली चितवनको एक कार्यक्रममा शुक्रबार पुगेका थिए । उनले सोही क्रममा गैँडाको पनि पुगेर निर्माण कार्य भइरहेको उक्त सडाखण्ड निरीक्षण गरेका हुन्। 

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३५३ पटक पढिएको
  • ताप्लेजुङ फक्ताङ्लुङका तेजकुमार लिम्बू एघार वर्षपछि पक्राउ, जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा दोषी

    इटहरी । ताप्लेजुङ प्रहरीले चोरी, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरिएका एक व्यक्तिलाई एघार वर्षपछि पक्राउ गरेको छ। उक्त मुद्दामा ताप्लेजुङ जिल्ला अदालतबाट दोषी ठहरिएका जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका ४४ वर्षीय तेजकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार गाउँमै लुकिछिपी रहेको अवस्थामा लिम्बूलाई शनिबार पक्राउ गरिएको हो। पक्राउ परेका लिम्बूलाई आइतबार जिल्ला अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशपछि फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]