All Posts By कोशी प्रेस

    Showing ६,५९१-६,६०० of १३,०४७ items.
  • खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु

    इटहरी । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ । हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिनुभयो । “रामनव

    • प्रकाशित मितिः चैत २४, २०८१
    • २५६ पटक पढिएको
  • भूमि समस्या समाधान आयोग मोरङ द्वारा जग्गा नापजाँचको काम सुरु

    कानेपोखरी | मोरङको कानेपोखरीमा भूमि समस्या समाधान आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ । शनिबार पालिकाको समस्या ग्रस्त क्षेत्र अन्तर्गत रहेको कानेपोखरी ७ प्रोगेसिप टोलमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुभारम्भ भएको हो ।कानेपोखरी गाउँपालिकाको ४ वटा वडामा एकैसाथ जग्गा नापजाचँका काम अगाडि बढाइने कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामले जानकारी दिनुभयो । यस अघि वडा नं. ६ र वडा नं. ४ मा जग्गानापजाँचको काम सञ्चालनमा रहॅदै आएकोमा थप कामलाई तिव्रता दिन पालिकाले भूमि समस्या समाधान आयोगसॅग समन्वय गरेर थप कर्मचारीको व्यवस्था गरे

    • प्रकाशित मितिः चैत २४, २०८१
    • २,०७९ पटक पढिएको
  • सुनसरीमा वैदेशिक रोजगार हक हित संघको आयोजनामा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम

    इटहरी — वैदेशिक रोजगारमा गएका नेपालीहरूको हक र अधिकारका लागि स्थापना गरिएको सुनसरी वैदेशिक रोजगार हक हित संघको आयोजनामा एक विशेष सरसफाइ अभियान तथा डस्टबिन वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना भएको संघले इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा सरसफाइ गरी ५० थान डस्टबिन राखेर वातावरण स्वच्छ र स्वस्थ बनाउन योगदान पुर्‍याएको हो।यो कार्यक्रम संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको हो। २०७२ सालमा स्थापना भई निरन्तर सामाजिक गतिविधिमा संलग्न रहँदै आएको यस संघले विभिन्न समयमा मानवअधिकार, आपतकालीन सहयोग, जनचेतना अभिवृद्धि तथा सा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • १,०५२ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसले पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने

     सुन्दरहरैँचा | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले  पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको  छ । आयाेजकले  पत्रकार सम्मेलन गरि बैशाख ६ र ७ गते पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने जानकारी गराएको  छ । ‘उच्च शिक्षामा दिगोपन: स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हाे । उच्च शिक्षाको स्थायित्वमा छलफल गर्नुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग बढाउन  सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक एवम् सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ४८९ पटक पढिएको
  • बराहक्षेत्रमा एक युवकमाथि गोली प्रहार

    इटहरी : सुनसरीको बराहक्षेत्रमा एक युवकमाथि गोली प्रहार भएको छ । शनिबार (आज) सुनसरीको बराहक्षेत्र १ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन् ।घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेपछि उनी घाइते भएका छन् । प्रहरीकाअनुसार उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेपनि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।घटनाको प्रकृति हेर्दा जंगली जनावरलाई हानेको गोली निरजलाई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३९५ पटक पढिएको
  • बार एसोसिएसनको मतदान सम्पन्न

    काठमाडौं, २३ चैत । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ ।प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजेतिर मतदान सम्पन्न भएको जानकारी दिए । नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।महासचिवमा वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको

    • प्रकाशित मितिः चैत २३, २०८१
    • २८३ पटक पढिएको
  • “हाम्रो सुकुना राम्रो सुकुना” गीतको म्युजिक भिडियो सार्वजनिक

    सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा - १० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित “हाम्रो सुकुना राम्रो सुकुना” शीर्षकको एक म्युजिक भिडियो निर्माण गरेका छन्।कक्षा १२ सिभिल इन्जिनियरिङ तर्फ अध्ययनरत विद्यार्थी एन्जल मिश्रको अगुवाइमा निर्माण गरिएको यो भिडियोलाई विद्यालय प्रशासनले पूर्ण सहयोग प्रदान गरेको छ। म्युजिक भिडियोमा विद्यालयकै विद्यार्थीहरू कलाकारको रूपमा प्रस्तुत भएका छन्। भिडियोको लेखन तथा निर्देशन मिश्रले नै गरेका हुन्।उक्त भिडियोमार्फत विद्यालयको सकारात्मक पक्षहरू उजागर गर्नुका साथै विद्यार्थीक

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ४४५ पटक पढिएको
  • काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ : प्रधानमन्त्री

    काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्य वृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् ।बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् ।थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनबाट स्वदेश फर्किए लगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३७९ पटक पढिएको
  • खोटाङको बुइपामा किराती राजा यलम्बरको सालिकसहित यलम्बर पार्क निर्माण अन्तिम चरणमा

    इटहरी । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा निर्माणाधीन किंराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा सालिक सहितको यलम्बर पार्क उद्यान निर्माणको काम अन्तिम चरणमा छ । किंरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका ३० रोपनीभन्दा बढी सरकारी जग्गामा किंराती प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको सालिक राख्नेगरी व्यवस्थित तथा आधुनिक पार्क निर्माणको काम सुरु गरिएको हो । माझ किंरात भनेर चिनिने खोटाङको किंरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपामा निर्माण सुरु गरिएको यलम्बरको सालिकको काम सम्पन्न भइसकेको छ भने पार्क निर्माणको काम तीव्र गतिमा भइरहेको छ । कोशी प्रदेश सरका

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३९० पटक पढिएको
  • रुपन्देही ल्याइएका रवि लामिछाने सोमबारसम्म हिरासतमा, सहकारी ठगी मुद्दामा कारागार पठाउने तयारी

    काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । शुक्रबार साँझ काठमाडौँमा पक्राउ परेका रविलाई शनिबार बिहान हवाई मार्ग हुँदै रुपन्देही ल्याइएको हो । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले उनलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ । प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमबारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् । सहकारीको रकम अपचलनकै कसूरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ४०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]