All Posts By कोशी प्रेस

    Showing ६,७११-६,७२० of १३,७३९ items.
  • रामधुनीमा लागु औषध दुव्र्यसनी विरूद्ध सचेतना एवम् अन्तरक्रिया कार्यक्रम

    सुनसरी | सुनसरीको रामधुनी नगरपालिकामा लागु औषध  दुव्र्यसनी  मुक्त बनाउन लागु औषध  दुव्र्यसनी विरूद्ध सचेतना एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ ।प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि सुन्दरहरैँचाको आयोजना तथा रामधुनी नगरपालिका कार्यालयको सहकार्यमा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाको अध्यक्षता तथा रामधुनी नगरपालिकाका नगर प्रमुख शंखर लाल चौधरीको प्रमुख आथित्यतामा लागु औषध दुव्र्यसनी विरूद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।रामधुनी नगरपालिका उप प्रमुख तारा थापा,रामधुनी नगर प्याब्सन अध्यक्ष अच्युत ढकाल ,आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक रविन्द्र पौडेल ,उपभोक्त संरक्ष

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ३९४ पटक पढिएको
  • मोरङको धनपाल गाउँपालिकामा अग्नी पीडितलाई राहत वितरण

    इटहरी । अहमदिया संघ नेपालले मोरङको धनपाल गाउँपालिका–६, सौरगाछीमा अग्नी पीडितहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । ुसबैलाई माया गरौ, घृणा कसैलाई नगरौँु भन्ने मूल नाराका साथ अहमदिया संघ नेपालले विपतमा परेका सर्वसाधारणलाई विभिन्न राहत वितरण गरेको हो । सौरगाछीमा केही दिनअघि भएको आगलागीबाट प्रभावित परिवारहरूलाई विभिन्न आवश्यक राहत सामग्रीहरु वितरण गरिएको अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर मियाँले जानकारी दिनुभयो। चामल २५ केजी, नुन २ केजी, चना १ केजी, चिनी २ केजी, दाल २ केजी, खाने तेल २ लिटर, मटर १ केजी, चाउचाउ, भुजा, साबुन, मसला लगायतका १९ प्रकारका सामाग्रीहरु पन्ध्र परिवारलाई वितरण गर

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • २६० पटक पढिएको
  • ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु

    इटहरी । ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र फुङलिङ नगरपालिका साथै स्विट्जरल्याण्ड सरकारको समन्वयमा उक्त केन्द्रको सुरुवात गरिएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको हाता भित्र नवनिर्मित स्रोत केन्द्रको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले उद्‌घाटन गर्नुभएको छ । साथै केन्द्रमा दुई जना सुरक्षित आप्रवासन सहजकर्ता रहनेछन् । वैदेशिक रोजगारीमा जानुपूर्व पासपोर्ट बनाउनु अघि र बनाइसकिए पछि वैदेशिक रोजगारीमा जानको लागि अपनाउनु पर्ने प्रकिया, हुन सक्ने ठगी, मेनपावर कम्पनीको बारेमा

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • २३३ पटक पढिएको
  • सशस्त्र प्रहरी बलको नवनिर्मित भवन उद्‌घाटन

    इटहरी। सशस्त्र प्रहरी बल नम्बर एक गुल्म हेडक्वार्टर कञ्चनजङ्घाको नवनिर्मित भवनको उद्‌घाटन गरिएको छ । गुल्मको परिसरभित्र निर्मित सिनियर अधिकृतको मेस तथा गुल्मपति कार्यकक्षको उद्‌घाटन गरिएको हो । मजकुर सशस्त्र प्रहरी बल नेपाल नम्बर एक वराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा उद्‌घाटन गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मपतिको एउटा कार्यकक्ष, मेसका लागि एकएक ओटा किचन तथा डाइनिङ रुम सहितको भवन निर्माण गरी उद्‌घाटन गरिएको छ । बाहिनीपति प्रहरी नायब महानिरीक्षक न्यौपाने र प्रमु

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • २३७ पटक पढिएको
  • बराहक्षेत्रमा सर्पको डसाइबाट गम्भीर घाइते भएकाका बालकको उपचारका क्रममा मृत्यु

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ तेरआडीस्थित आफ्नै घरमा खेलिरहेको अवस्थामा सर्पदंशमा परेका १० महिनाका बालक अनीश थापाको उपचारका क्रममा मृत्यु भएको छ। बालकलाई शुक्रवार दिउसो विषालु सर्पले टोकेको बताइएको छ। गम्भीर अवस्थामा रहेकाले उनलाई तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा बालकको शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • २३८ पटक पढिएको
  • कोसी प्रदेशका सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना हुने

    इटहरी । कोसी प्रदेशका सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना हुने भएको छ। कोसी प्रदेश सरकारको सोमबार बिहान बसेको बैठकले कोसीका १४ वटै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्री स्तरिय निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा पुर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयहरुलाई एकिकृत गरी १४ वटै जिल्लामा राख्ने प्रस्ताव पेश गरेका थिए। मन्त्री राईको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले पनि निर्णय गरे सँगै अब भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी पुर्वाधार विकास कार्यलय स्थापना हुने निश्चित भएको मन्त्री राईल

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • २०४ पटक पढिएको
  • झापामा कुटोकोदालोसहित सडकमा किसानहरु, दुई घण्टा चक्काजाम

    इटहरी । किसानले समयमा मल र बिउ नपाउँदा र उत्पादन भएको कृषि उपजको मूल्यसमेत गिरावट भएपछि आन्दोलन सुरु गरेका छन् । झापाको गौरादहका किसान हलोजुवा, कुटोकोदालो र आफ्ना उपज सडकमा तेस्र्याएर आन्दोलनमा उत्रेका हुन् । आइतबार विभिन्न माग राख्दै झापाको गौरादहमा कृषकले गौरादह–८, चन्दन चोकमा केही समय सडक जाम गरे । एक साताअघि पनि उनीहरूले यसरी नै सडक जाम गरेका थिए । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानका समस्या नसुनेकाले ध्यानाकर्षण गराउन बन्दमा आउनु परेको किसानको भनाइ छ । गौरादह–८, चन्दन चोकस्थित पाडाजुँगी–गौरीगन्ज सडकखण्डमा कृषकले दुई घण्टा चक्काजाम गरेका थिए ।जोरपल उच्च कृषक समूहक अध्यक्ष इ

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • २३५ पटक पढिएको
  • हावाहुरीका कारण मोरङको लेटाङ र उर्लाबारी क्षेत्रको जनजीवन प्रभावित

    इटहरी । आइतबार राति आएको हावाहुरीका कारण मोरङको लेटाङ र उर्लाबारी क्षेत्रको जनजीवन प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीकाअनुसार कानेपोखरी–लेटाङ सडकमा हावाहुरीले लडेका रुख सवडिभिजन वन कार्यालय लेटाङका प्राविधिक कर्मचारी र प्रहरीको सहयोगमा हटाइएको छ । राति ठाउँ–ठाउँमा ढलेका रुखका कारण सडक अबरुद्ध भएको थियो । हावाहुरीले किसान र साना उद्यमीको ब्यावसायस्लाई पनि असर गरेको छ ।वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम सुरु गर्नुभएका देवीप्रसाद सापकोटाको जाँतेली ममि च्याउ उद्योगका टहराहरू हावाले उडाएको छ । सापकोटाका अनुसार च्याउ उद्योगको टिनको छाना उडाउँदा करिब २५

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • २८५ पटक पढिएको
  • अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार आयोजित विशेष समारोहमार्फत गाउँपालिकाका सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो।जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रूपमा पालिकालाई औपचारिक रूपमा घोषणा गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि थुलुङसँगै जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जित्मान जिमी, सातै वडाका वडाध्यक्ष, स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ६५९ पटक पढिएको
  • इटहरीमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा हाम्रो डोजाङ प्रथम

    इटहरी । तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न एक दिवसीय तेक्वान्दो प्रतियोगितामा हाम्रो तेक्वान्दो डोजाङ प्रथम भएको छ । इटहरी ५ स्थित बेबिलोन स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा इटहरी क्षेत्रका विभिन्न विद्यालयहरूबाट १० वटा डोजाङहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा सबै डोजाङहरूले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गरे पनि, हाम्रो तेक्वान्दो डोजाङ उत्कृष्ट प्रदर्शन सहित प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, दोस्रो स्थान पकली तेक्वान्दो डोजाङले प्राप्त गर्दा तेस्रो स्थान ब्लेस तेक्वान्दो डोजाङले प्राप्त गरेको छ । प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथि समाजसेवी निराजन पाण्डे र आ

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • ४१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]