All Posts By कोशी प्रेस

    Showing ६,९६१-६,९७० of १३,७३९ items.
  • झापामा हावाहुरीले ठुलो क्षति

    इटहरी। झापामा हावाहुरीले विभिन्न पालिकाहरुमा क्षति पुर्‍याएको छ । विभिन्न ठाँउमा घरहरूको टिन उडाएको, बिजुलीको पोलहरू लडाएको र रुखहरू ढाल्दा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक नगरपालिका वडा न। ४ सङ्गमचोक बस्ने कमला अधिकारी, भिमप्रसाद सिग्देल, दमक ८ का दुर्गा प्रसाईको घरमा क्षति पुगेको छ । उहाँहरूको घरमा लगाएको जस्तापाता उडाएको जनाइएको छ । यसैगरी दमक ८ को बालुवाटारमा ५ वटा घरको छाना उडाएको प्रहरीले जानकारी दिएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार विभिन्न ठाँउहरूमा बिजुलीको खम्बाहरू लडेका कारण विद्युत प्राधिकरणसँग समन्वय गरेर त्यसलाई उठाउने काम भइरहेको बताउनु

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३४३ पटक पढिएको
  • झापाका रैथाने जङ्गली हात्तीको नामकरण

    इटहरी । झापामा रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीबारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरूपका आधारमा नाम दिनुभएको हो ।  ‘झापाका रैथाने हात्तीहरू’ नामक पुस्तिकामार्फत हात्तीका नामहरू सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई बासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरू पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । हात्तीहरूको नाम उनीहरूको स्वरूप, उमेर , लिङ्ग र आन

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३३६ पटक पढिएको
  • धरानमा साकेला उभौली सुरु

    इटहरी । किराँत राई समुदायहरुको महान चाड साकेला उभौली आजबाट सुरु भएको छ । किराँत राईहरुले वर्षको दुई पटक साकेला उभौली र उद्यौली चाडलाई धुमधाम साथ मनाउने गर्दछन् । किराया सुनसरीले साकेला उभौली ५०८५ को अवसरमा धरान–१३ को आयोजनामा धरान–१४ स्थित हाङ बुद्धीकर्ण राईको दरबारक्षेत्र विजयपुरवाट विधिवत रुपमा डोलझ्याम्टा फुकाइ सुनसरी जिल्ला भित्र रहेका विभिन्न वडा कार्य समिति र भाषिक संस्थाहरुले आजबाट उभौली पर्व सुरु गरेको किराँत राई यायोक्खा सुनसरीको अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो  । समय साल राम्रो होस्, अन्नवाली सप्रियोस, सहबसोस र अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख शान्ति होस् भन्दै सि

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३८१ पटक पढिएको
  • खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु

    इटहरी । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो । आफ्नै श्रीमानको हत्या अभियोगमा ५३ वर्षीया रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । शनिबार बिहान मकैबारीमा जोत्नेक्रममा सामान्य विवाद हुँदा श्रीमती रेनुकाले श्रीमान पाँच कर्णलाई कोदालोको पासोले टाउकोमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुसान्त मिश्रले बताउनुभयो । गम्भीर घाइते पाँच कर्णलाई नगर अस्पताल दुर्छिम उपचार

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३०१ पटक पढिएको
  • निःशुल्क आँखा परीक्षण शिविरबाट तीनसय बढी लाभान्वित

    इटहरी।  भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।  नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो  शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए ।  शिविरमा मोतिविन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका विरामीलाई  पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ४४५ पटक पढिएको
  • सप्तकोशीको बाढी जोखिममा परेको वराहक्षेत्र मन्दिर क्षेत्र संरक्षणका लागि प्रदेश सरकारबाट प्रकोप नियन्त्रणको काम सुरु

    इटहरी । सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि काम सुरु गरिएको छ । वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि प्रदेश सरकारको प्राकृतिक प्रकोप नियन्त्रण योजनामार्फत काम सुरु गरिएको हो ।  वराहक्षेत्र नगरपालिका–१ मा रहेको वराहक्षेत्र मन्दिर हरेक वर्ष सप्तकोशी नदीमा आउने बाढीसँगै मन्दिर क्षेत्र र जोडिएको बस्ती जोखिममा पर्दै आएको छ । सप्तकोशी र कोकाह नदीको सङ्गमबाट करिब तीन सय फिटमाथि रहेको मन्दिरपरिसरमा वर्षामा आउने बाढीको प्रकोपबाट हुन सक्ने क्षति रोक्न काम सुरु गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका भक्तबहादुर श्रे

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • १५६ पटक पढिएको
  • दमकमा तीन सय शय्याको सुविधासम्पन्न सरकारी अस्पताल निर्माणको तयारी, निःशुल्क जग्गा खोजी सुरु

    इटहरी। झापाको दमकमा सुविधासम्पन्न तीन सय शय्याको सरकारी अस्पताल बनाइने भएको छ । करोडौँ रुपियाँको लागतमा व्यावसायिक भ्यु टावरलगायतका संरचना दमकमा बने पनि सुविधासम्पन्न अस्पताल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल नगरेको भन्दै आलोचना हुँदै आएको थियो । झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्यसमेत रहेका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सुविधासम्पन्न अस्पताल बनाउन आगामी आवमा बजेट विनियोजन गर्ने बताएपछि दमक नगरपालिकाले जग्गा व्यवस्थापनका लागि आवश्यक प्रव्रिmया सुरु गरेको बताइएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार अस्पताल निर्माणका लागि निःशुल्क जग्गाको खोजी सुरु भएको छ । यातायात, ब

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • २१७ पटक पढिएको
  • धनकुटामा सुमो दुर्घटना ८ जना घाइते

    इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका ३, स्थित तमोर कोरिडोर सडक खण्ड अन्तर्गत कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ताप्लेजुङबाट धरान जाँदै गरेको मे १ ज २६५५ नम्बरको टाटा सुमो आइतबार राति करिब १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी सुमोमा सवार ८ जना यात्री घाइते भएका छन् । घाइते हुनेमा चितवनको भरतपुर नगरपालिका ११ बस्ने ४५ वर्षीया नमकला फुयाँल, सोही ठाउँ बस्ने अन्दाजी ४७ वर्षीय जयेश्वर पोख्रेल त्यस्तै सोही ठाउँ बस्ने अन्दाजी ३८ वर्षीया   इसु पङ्गेनी, अन्दाजी २२ वर्षीया निकिता फुयाँल, अन्दाजी १६ वर्षीया शरिष पोख्रेल, ४६ वर्षीया सावित्री अधिकारी, ५२

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • २२५ पटक पढिएको
  • इटहरी १८ डकाहामा नेपाल तरुण दल इटहरी द्वारा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न

    इटहरी – नेपाल तरुण दल इटहरी उप-महानगरपालिका समितिको आयोजनामा  इटहरी उप-महानगरपालिका वडा नं. १८, डकाहा स्थित पञ्चायत आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न गरिएको छ।सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित यस शिविरमा अरविन्द आई केयर, खनारा र बी एण्ड बी डेन्टलको प्राविधिक सहयोग रहेको थियो। शिविरमा २०० भन्दा बढी स्थानीय बासिन्दाहरूले आँखा तथा दन्त परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा कतिपय बिरामीलाई थप उपचार तथा शल्यक्रियाको परामर्शसमेत दिइएको आयोजकहरूले जनाएका छन्।कार्यक्रमको सफलतामा खुसी व्यक्त गर्दै नेपाल तरुण दल इटहरी उप-महानगरपालिका कार्यसमितिका अध्य

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ९३९ पटक पढिएको
  • इटहरीको ओसियन पार्कमा कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता सुरू

    इटहरी | इटहरीस्थित ओसियन पार्कमा आजदेखि दुई दिने कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता सुरू भएको छ। “खेलकुद नै स्वास्थ्यको मूल आधार हो” भन्ने नाराका साथ कोशी प्रदेश पौडी संघले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको हो।प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पौडी संघका अध्यक्ष तथा कार्यक्रम संयोजक डम्बर बहादुर तामाङको अध्यक्षता र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदिप कुमार भगवत थारूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।कार्यक्रमका संयोजक तामाङले प्रतियोगिताको उद्देश्य प्रदेशभरिका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु रहेको बताउनुभयो। त्यस्तै, प्रमुख

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ६९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]