All Posts By कोशी प्रेस

    Showing ७,३२१-७,३३० of १३,७३९ items.
  • इटहरीमा वैशाखबाट ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने तयारी

    इटहरी । इटहरीमावैशाखबाट ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने भएको छ । इटहरीमा व्यवस्थित अस्पतालको अभाव भएको आवाज उठिरहेको बेला प्रणामी मन्दिर मुक्तिधामको अस्पताल सञ्चालनमा आउन लागेको हो । श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका अनुसार २०८२ सालको वैशाख १ गते स्वामी १०८ सदानन्द महाराजबाट उद्घाटन हुने कार्यक्रमको तयारी पूरा भइसकेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । चैत २४ गते विहान कलश यात्रा हुने गरि कार्यक्रम सुरू हुने मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताउनु भयो । कलश यात्रामा १० हजार बढी भक्तजन सहभागी हुने उहाँको भनाइ छ । श्रीकृष्ण प्रणामी मन्दिर

    • प्रकाशित मितिः चैत २१, २०८१
    • १,३७४ पटक पढिएको
  • अवरोधका बीच काठमाण्डौ महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले कार्यालय पुगेर हाजिर गर्नुभएको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र महानगरका कर्मचारीहरूको सहयोगमा उहाँले हाजिर गर्नुभएको हो । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरूले तलब पाएका थिएनन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ३९६ पटक पढिएको
  • इटहरी अस्पतालः अब हल्ला हैन, बिरामीको उपचार हुन्छ

    इटहरी | इटहरी अस्पताल अहिले हिजोको जस्तो छैन । बिरामी जँचाउने अनि उपचारका लागि धरान या विराटनगर जानुपर्ने इटहरीवासीको बाध्यता हटेको छ । अहिले इटहरी अस्पतालमा दैनिक हाडजोर्नी, महिला, स्त्री रोग र बाल रोग विशेषज्ञको नियमित सेवा उपलब्ध छ । जनरल मेडिकल सेवाका लागि एमबिबिएस डाक्टर उपलब्ध छन् ।पोहोर साल सम्म इटहरी अस्पताल स्वास्थ्य शिविर जस्तो थियो । विशेषज्ञसँग जँचाउनु परे बच्चाको डाक्टर कुन बार कुन क्लिनिक आउँछ, हाडजोर्नी , स्त्रीरोगका विशेषज्ञ कहिले आउँछ सोधखोजको विषय हुन्थ्यो । क्लिनिकमा नाम टिपायो लाइनमा बसेर जँचाएपछि डाक्टरले धरान, विराटनगर कहाँ बोलाउँछ जानुपर्ने बाध्यता थियो । ‘अहिले इटह

    • प्रकाशित मितिः चैत २१, २०८१
    • १,९३१ पटक पढिएको
  • नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र

    इटहरी । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । बुधबार बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकले जन संगठनहरुको प्रतिनिधि चयन चैत्र २९ गते गर्ने महानगरका सचिव बलराम गिरीले बताउनुभयो । उहाँका अनुसार महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै सचिव बलराम गिरीको संयोजकत्वमा प्

    • प्रकाशित मितिः चैत २१, २०८१
    • २५३ पटक पढिएको
  • मोरङका कृषक युरिया मल अभावले चिन्तित, ग्लोबल एग्रो मार्टमा पनि मलको हाहाकार

    इटहरी । बालिमा युरिया मल लगाउने मुख्य समयमा नै कृषकले मल नपाउँदा मोरङका कृषक चिन्तित बनेका छन् । मकै खेतीका लागि युरियामल  लगाउने मुख्य समय रहेको र चैते धान रोपाइँको पनि सुरुवात हुँदासम्म कृषकले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् । बिहीबार सुन्दरहरैंचास्थित ग्लोबल एग्रो मार्ट प्रालिमा अनुदानका लागि आएको युरिया मल लिनका लागि आएका कृषकले पनि पर्याप्त मात्रामा मल पाउन सकेनन् । युरिया आएको सूचना प्राप्त गरेर मल लिन आउनुभएका सुन्दरहैंचाका कृषक इन्द्रबहादुर खत्रीले मल प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो ।  यस्तो हाहाकार बिना नै कृषकलाई सरकारले समयमै सहज ढङ्गले मल उपलब्ध गराउन सक्नुपर्ने

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ३४१ पटक पढिएको
  • भोजपुरको साम्के र तामालुङमा १०० रोपनीमा व्यावसायिक स्याउखेती, अनुदान पाएपछि किसान उत्साहित

    इटहरी ।  रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । वडाले स्याउखेती विस्तारको लागि अनुदान दिएपछि किसानहरु उत्साहित भएर खेती विस्तारमा लागेका हुन् । पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवर्धन थालिएको उहाँले जानकारी दिनुभयो । स्याउखेतीका निम्ति  भूबनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ गाउँमा स्याउखेती कार्यक्रम सञ्चा

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ४९१ पटक पढिएको
  • ताप्लेजुङमा २९ करोडको फोहोर मैला प्रशोधन केन्द्र पाँच वर्षदेखि अलपत्र, आगलागीले स्थानीयलाई सकस

    इटहरी । फुङलिङ नगरपालिकाले ३ नम्बर वडाको भीर कुना क्षेत्रमा ७४ रोपनी जग्गा लिएर सुरु गरेको फोहोर मैला प्रशोधन केन्द्र ल्याण्डफिल्ड साइड निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । करिब ५ वर्षअघि बाट सुरु गरिएको उक्त फोहोर मैला प्रशोधन केन्द्रको काम अलपत्र अवस्थामा रहेको हो । ताप्लेजुङको फुङलिङ बजारबाट सङ्कलन हुने फोहोर मैलालाई प्रशोधन गरी उत्पादनमूलक, आयमूलक तर्फ व्यवस्थापन गर्ने गरी फुङलिङ नगरपालिकाले २९ करोडको योजना अघि सारेको थियो । स्थानीयलाई समेत रोजगारी दिने उद्देश्यले सङ्घीय सरकार अन्तर्गतको विशेष अनुदानमार्फत निर्माण हुने गरी फोहोर मैला प्रशोधन केन्द्रको कार्य सुरु भएको थियो । तर, कार्यले

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ५१२ पटक पढिएको
  • झापामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

    इटहरी । झापाको झापा गाउँपालिका –३ को भित्री सडक खण्डस्थित झाँटीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो साढे ४ बजे गुडिरहेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट झर्दा स्थानीय बर्ष ६० का रमेश हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हस्दा ट्याक्टरमा लिफ्ट मागेर झाँटीबाट स्थानीय कामाटोली बजारसम्म जान लागेका र उनी रिँगटा चलेर गुडिरहेको ट्याक्टरबाट खसेको बताइएको छ । हस्दालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । मृतक हस्दाको शवलाई पोस्टमार्टमका लागि मेची प्रा

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ४२१ पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक

    इटहरी । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट ६ लाख ९० हजार नाफा भएको छ । कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने  २९ लाख आठ हजार खर्च भएको थियो । लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाको १५ लाख खर्च भएको थियो । यसैगरी गोर्खा ब्रुअरीबाट ५० हजार, रेडबुलबाट ५० हजार, धरानका पूर्व खेलाडीहरुबाट ३७ हजार तथा

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ३५१ पटक पढिएको
  • गढी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    सुनसरी / सुनसरीको  गढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गढी गाउँपालिका र कोशी मिडिया नेटवर्क प्रा.लिको सहकार्यमा गाउँपालिकाका आश नारायण चौधरीको प्रमुख अतिथि तथा अध्यक्ष गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काको अध्यक्षतामा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि खड्का ,स्वास्थ्य शाखा प्रमुख ,राजेन्द्र यादव ,कृषि शाखा प्रमुख जिनि चौधरी ,लेखा शाखा प्रमुख बाबुराम पौडेल ,

    • प्रकाशित मितिः चैत २०, २०८१
    • ५८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]