सुबास घिमिरे/ काठमाडौं। ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ।सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्गठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएका छन् ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् एमाले नेत्री भगबती चौधरीले नेपालमा अझै पनि महिला अधिकारका लागि ठुलो सङ्घर्ष गर्न आवश्यक रहेको बताउनु भएको छपूर्व महिला मन्त्री चौधरीको शुभकामना
इटहरी – जनता बहुमुखी क्याम्पस, इटहरीमा स्ववियु निर्वाचनका लागि मतदाता नामावली प्रकाशन हुन सकेको छैन । यसले गर्दा स्ववियु निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।त्रिभुवन विश्वविद्यालय (TU) ले स्ववियु निर्वाचन प्रयोजनका लागि माघ ११ गते सम्मको भर्नालाई अन्तिम मान्ने निर्णय गरेको थियो । तर जनता बहुमुखी क्याम्पस TU को आङ्गिक क्याम्पस नभएकाले आफ्नै परम्परा अनुसार फागुन १५ गते सम्म विद्यार्थी भर्ना लिने भनेको थियो । यही आधारमा क्याम्पसमा विद्यार्थीहरूले तोकिएको अन्तिम मिति सम्म भर्ना लिएका थिए । तर, हाल आएर मतदाता नामावली प्रकाशनमा अवरोध सिर्जना भएको छ । माघ ११ पछाडी भर्ना भएका विधार्थीलाई
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा बजेट र राणनीतिक योजना तर्जुमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरुका लागि बजेट र राणनीतिक योजना तर्जुमा गर्न सहज बनाउने उद्देश्यले तीन दिने प्रयोगात्मक तालिम सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिका क्षेत्रभित्र रहेका २२ वटा सहकारी संस्थाहरुलाई संस्थाको बजेट र राणनीतिक योजना तर्जुमा गर्न सञ्चालकहरुलाई प्रयोगात्मक तालिमको आयोजना गरिएको नगर आर्थिक विकास शाखा प्रमुख मातृकाप्रसाद तिवारीले बताउनुभयो । आर्थिक शाखामार्फत सहकारीका सञ्चालकहरुलाई व्यवसायिक योजना बनाउन प्रयोगात्मक रुपमै सहजीकरणर गरिएको शाखा प्रमुख तिवारीले बताउनुभयो
इटहरी । लायन्स क्लब इन्टरनेशनल, इटहरी उपमहानगरपालिका, र माया घर नेपालको सहकार्यमा निर्माण हुन लागेको माया घर लायन्स भवनको शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भवनकोे शिलान्यास गर्नु भएको हो । सामाजिक सेवा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको यो भवन साढे ३ तलाको हुनेछ र ९ महिनाभित्र सम्पन्न गरिनेछ । १ करोड ७२ लाख ५४ हजारको लागतमा निर्माण हुने यो भवनका लागि प्रदेश सरकारले ५० लाख सहयोग गरेको छ भने बाँकी रकम लायन्स क्लब र अन्य साझेदार संस्थाहरुको आर्थिक सहभागिताबाट जुटाइनेछ । भवन निर्माणको जिम्मा जय कुलायन निर्माण सेवा, इटहर
इटहरी । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएका मोबाइल बरामद गरेको छ । खोजतलासको क्रममा विभिन्न कम्पनीका ३२ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका ५ स्थित योगराज कार्कीको मोबाइल पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइलहरू खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसँगको सहकार्यमा भारतका विभिन्न स्थानहरूबाट बरामद गरेको हो । उर्लाबारीमा चोरी भएको २० थान मोबाइल, नवलपरासीमा चोरी भएका
इटहरी । झापाको मेचीनगर नगरपालिकामा चरा पर्यटनको सम्भावना देखिएको छ । चरा प्रेमीका लागि मेचीनगर ठुलो केन्द्र बन्न सक्ने बताइएको छ । आउँदो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको छ । चराको खोज र अनुसन्धान गर्दै आउनुभएका देवेन्द्र खरेलले मेचीनगरमा फेरि एउटा नयाँ चरा फेला परेको बताउनुभयो । उहाँले मेचीनगरमा भेटिएको नयाँ चरा नेपालकै लागि नयाँ रेकर्ड भएको दाबी पनि गर्नुभएको छ । २०८१ फागुन ७ गते बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैचामा ‘बैजनी बुङ्गे चरा’ को जोडीको पहिलो तस्बिर र भिडियो खिचेर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाइएको थियो । कमिटीले यसको पुष्टि गर
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरू भएको छ। शिक्षा क्षेत्रको स्तरोन्नति, विद्यार्थीहरूको प्रतिभा अभिव्यक्त गर्ने अवसर, अभिभावक र विद्यालय प्रशासनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम दुई दिनसम्म चल्ने भएको छ ।कार्यक्रमको उद्घाटन ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले शिक्षा नै समाजको समृद्
इटहरी । कोसी प्रदेश सरकारले कडा रोग लागेका बिरामीको उपचारका निम्ति आठ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने भएको छ । शुक्रबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गरिएको हो । कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले अर्कोपटकदेखि फरक नीति बनाएर सहयोगबारे निर्णय लिइने बताए । यस्तै, यही फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गर्ने सम्बोधनको तयारी थाल्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको छ । प्रदेशमा सरुवा भई आएका सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालय र सचिव पवनकुमार तिम्सिनालाई मुख्यमन्त
इटहरी । सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ सेन्टर’ स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमको प्राविधिक टोली र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहितको टोलीले यसका लागि बिहीबार स्थलगत निरीक्षण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यहाँ ‘रिफ्युलिङ सेन्टर’ सञ्चालनमा आएमा लुक्ला विमानस्थल तथा काठमाडौँ उडान थप सहज हुने अपेक्षा गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा नेपाल आयल निगमसँग गरिएको अनुरोधपछि यो परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढेको नगरप्रमुख शेर्पाले जानकारी दिए । फाप्लुलाई हवाई उडानको प्रमुख केन्द्र बनाउने योजनाका साथ काठमाडौँ–
इटहरी । नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनको मतगणना अन्तिमतिर पुग्दै गर्दा संस्थापन पक्षको पूरै प्यानलले धक्का ब्यहोर्ने करिब निश्चित भएको छ । अहिलेसम्म ६८० मत गनिसक्दा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन पाएको प्यानलले हार्ने अवस्था आएको छ । ८८८ मत खसेकोमा अब २०८ मात्रै गन्न बाँकी रहेको अवस्थामा अध्यक्षसहित पाँचजना पदाधिकारीमा एमाले कोशी प्रदेश अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले निरन्तर पकड बनाएको छ। अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले ताजा अवस्थामा ३३२ मत पाएका छन् । उता ओली, महासचिव शंकर पोखरेल र स्थायी क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.