दुहवी / नेकपा (एमाले) दुहवी नगर कमिटीले नगरभर ‘जरा अभियान’ तथा पूर्ण बैठक अघि बढाएको छ । नगर कमिटीको कार्ययोजनाअनुसार छलफल गर्दै अभियानको बधाई बढाइएको छ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरीको प्रमुख अतिथ्यता तथा ताबिज हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष आबिद हुसैन, बिनय पोखरेल, प्रदीप चौधरी, राम कोइराला, याम सुब्बा लगायतका वक्ताहरूले जरा अभियानको सफलताको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए।बैठकले अव क्रमस सबै टोल कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको छ। बैठकमार्फत जरा अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीति तय
सुनसरी / सुनसरीको बराहक्षेत्र १० मदन आश्रित चौतरो प्रकासपुर बजारमा १६औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा रक्तदान कार्यक्रममा ५१ प्रिन्ट रक्त संकलन गरेको छ ।रक्तसन्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी ,सुनसरी द्वारा रक्त संकलन ले ५१ प्रिन्ट रक्त संकलन गरेको हो । यस सहकारीको प्रत्येक स्थापन दिवस को उपलक्ष्यमा सरसफाइ , रक्तदान ,स्वास्थ सिविर जस्ता अन्य सामाजिक कार्यमा निरन्तरता दिदै आइरहेको र भावी दिनहरुमा पनि सामाजिक कार्यमा र सामाजिक र सार्वजनिक सेवामा निरंतरता दिने कुरामा सदैव तत्पर रहिरहने भनी पिपल बोटे बचत तथा ऋण सह
इटहरी । नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यसहित कोशी मिनी यन्त्र ३.० यस वर्षको संस्करण फुजिसन सगरमाथा बोडिङ स्कुल भवनीपुरमा सुरु भएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टद्वारा आयोजित कोशी यन्त्र ३.० आइतबार फुजिसन सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणमा आयोजना गरिएको हो । उद्धघाटन कार्यक्रममा रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राईको उपस्थिती रहेको थियो । कार्यक्रमको विचमा नेपालकै पहिलो रोबोट साइबरडगको लाइभ डेमो स
मिलन अधिकारीज. ब. क्या. इटहरी। जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८१’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ । शुक्रबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन कार्यक्रमको अध्यक्ष्ता ‘स्ववियु अध्यक्ष सहदेव काफ्लेको रहेको थियो भने कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुले विधार्थीको प्रयोगात्मक कार्य र क्षमता अबिवृद्धी गराउन विभिन्न काम गर्दै आएको
इटहरी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह(चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का ५० वर्षीय बुधन चौधरी रहेका छन् । शनिबार दिउँसो सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा को २ त ५९८१ नम्बरको इट्टा बोकेको ट्याक्टर कुदिरहेको अवस्थामा अनियन्त्रित भएर टेङग्रा खोलामा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरका सह(चालक चौधरी घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि स्थानीय सिटी अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । ट्याक्टर चालक रामधुनी १ का २३ वर्षीय सुरज चौधरीलाई इलाका
इटहरी। नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न परिषदको सातौं जिल्ला अधिवेशनले भण्डारी अध्यक्ष रहेको १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष सन्त विश्वकर्मा, सचिव माया तामाङ, उपसचिवमा भीष्म बराल र हरि कडरिया, कोषाध्यक्षमा रामबहादुर गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा सरिता लिङ्देन, सञ्जिव मादेन, भीमकुमारी लिङ्देन, बलबहादुर राई, कुशलता सेन्दाङ, नरेन्द्रकुमार गौतम, अञ्जना लिम्बू र रामचन्द्र नेपाल चयन हुनुभएको छ । जिल्ला अधिवेशन परिषद्का केन्द्रीय महासचिव गजेन्द्रप्रसाद थपलियाको उपस्थित
इटहरी । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘ज
इटहरी । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहजता भएको स्थानीयको भनाइ छ । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ । मौरीसम्बन्धी आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाईँले बताउनुभयो ।
इटहरी। आगलागीबाट पीडित भएका परिवारलाई पाथीभरा याङवरक गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । अग्निपीडित पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बु ओलकका स्थानीय युवराज तामाङको परिवारलाई गाउँपालिकाले आज राहत सामग्री उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबो स्वयम् उपस्थित भएर राहत सामग्री हस्तान्तरण गरिएको उहाँको स्वकीय सचिव तेजवीर मेन्याङबोले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक उपभोग्य सामग्री अन्तर्गत चामल ५० केजी, दाल ५ केजी, नुन २ केजी, खानेतेल २ लिटर लगायतका वस्तु प्रदान गरिएको छ । त्यस्तै, किचनमा आवश्यक सम्पूर्ण भाँडा, थाललगायतका सामग्रीसमेत एक–एक थान हस्तान्तरण गरिएको पालि
इटहरी । नेकपा ९माओवादी केन्द्र० इनरुवा नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नगर अध्यक्षमा गोविन्द पौडेल निर्वाचित हुनुभएको छ । पौडेलको अध्यक्षतामा ४७ सदस्य नगर कार्यसमिति चयन भएको हो । अधिवेशनको बन्द सत्रले नगर उपाध्यक्षत्रेयमा शङ्कर सापकोटा,मुक्तार आलम र राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचिवमा गङ्गाराम खत्वे र कोषाध्यक्षमा लीला दाहाललाई चयन गरेको पार्टीले जनाएको छ । अधिवेशनको उद्घाटन सत्र फागुन १५ गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । निवर्तमान इनरुवा नगर अध्यक्ष तोया गिरीले नगरमा पार्टीलाई बलियो ब
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.