इटहरी । पाँचथरको फाल्गुन्द गाउँपालिका ३ का वडाध्यक्ष सुखबीर नेम्वाङको निधन भएको छ । ५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिनुभयो । उहाँलाई लामो समयको उपचार पश्चात भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो । नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति समेत रहनु भएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ कुशल भलिवल खेलाडी समेत हुनुहुन्थ्यो ।
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनमा फागुन ३ गते बुहारीमाथि जेठाजुले कुटपिट गरेको घटना बाहिर आएको छ । भाइको दुर्घटनामा परी मृत्यु भएको सात वर्षपछि मधुवन मेजर टोलका ३८ वर्षीय अरुणकुमार मेहताले बुहारीलाई कुटपिट गरेर घाइते बनाएको घटना बाहिर आएको हो । शनिवार मकै खेतमा पानी लगाउने क्रममा आफूलाई जेठाजु अरुणकुमार मेहताले आक्रमण गरेको २६ वर्षीया बुहारी आशाकुमारी महतोले बताउनुभयो । जेठाजुको कुटपिटबाट घाइते आशाको सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचार भइरहेको छ । जेठाजु मेहताले आफू नेपाली सेना भएकाले जे पनि गर्ने भन्दै धम्की दिँदै आएको आशाले बताउनुभयो । जेठाजु सेनामा कार्यरत रहेको र घरमा
इटहरी । ताप्लेजुङको पाथीभरामा आउने दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले हेल्प डेस्कको स्थापना गरेको छ । पूजामा सहभागी हुने तीर्थयात्रीको मध्यनजर गर्दै आजदेखि फुङ्लिङ नगरपालिका १० स्थित बलुडाँडामा हेल्प डेस्कको स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्म ताप्लेजुङका प्रहरी नायब उपरीक्षक डिएसपी नरेश महर्जनका अनुसार शसस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस काफ्लेपाटीबाट ५ जनाको टोलीलाई हेल्प डेस्कमा सहजिकरणका लागि खटाइएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर बेघाको कमाण्डमा तालिम प्राप्त ५ जना मेडिकल टोली परिचालन गरिएको प्रनाउ महर्जन
इटहरी । कवि निमेष अविरल रुकमान थेबेको कविता सङ्ग्रह ‘नदीको यात्रा’ सार्वजनिक गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठान ताप्लेजुङले बुधबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको कार्यक्रमकाबिच कविता सङ्ग्रह सार्वजनिक गरिएको हो । कवि अविरलले पहिलो कृतिका रुपमा प्रकाशन गर्नुभएको कविता सङ्ग्रह अग्रज साहित्यकार तथा सङ्गीतकार भरत गुरुङलगायतले कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । कविता सङ्ग्रहको समीक्षा भने कविद्वय दुःखी महल तिम्सिना र लेकाली कान्छा मुक्कुमले गर्नुभएको छ । सङ्ग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गर्ने खालका कविताहरु समावेश गरिएका छन् । कुल १७० पृष्ठको पुस
इटहरी | समाजवादका निम्ति एकताभास सन्देश दिँदै सामना साँस्कृतिक कार्यक्रम इटहरी उपमहानगरपालिका–६ स्थित म्याजिक स्टेसन अगाडि सम्पन्न भएको छ । साँस्कृतिक कार्यक्रम झरी पानीकै बाबजुद पनि जनवादी गीत संगीतलाई माया र सम्मान गर्ने प्रगतिशील कम्युनिस्ट नेताकार्यकर्ता र आम दर्शकहरुको उपस्थितिमा कार्यक्रम भएको हो । सामना परिवारद्वारा संरचालित “सामना सांस्कृतिक अभियान २०८१” अन्तर्गतमा इटहरीमा पनि कार्यक्रम भएको हो । समाजवादलक्षित सामना सांस्कृतिक प्रस्तुति कार्यक्रमले उपस्थित सबै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुका साथै कम्युनिस्ट एकताको आभास दिलाएको छ । क्रान्तिको रणमैदानबाट एक ढिक्का भएर जीत हास
इटहरी | सुनसरीमा सुरु भएको कोशी प्रिमियर लिग क्रिकेटमा इटहरी आदर्श जायन्टसले दुहबी क्यापिटल्सलाई ३ विकेटले हराएको छ । दुहबीले दिएको १ सय ४५ रनको लक्ष्य आदर्शले अन्तिम बलमा ७ विकेट गुमाई पूरा गरेको थियो ।आदर्शका लागि फिर्दोस अन्सारीले ४३ र दीपेशले नटआउट १२ रन बनाए । भीम सार्की २४, गुलसन झा २३, रशिद खान २३ र अर्जुन घर्तीले १९ रन जोडे । त्यसअघि टस हारेको दुहबीले २० ओभरमा ४ बिकेट गुमाएर १ सय ४४ रन बनायो ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थित डाक्टर खलिल आजाद खेलकुद ग्राउन्ड, भोक्राहा नरसिंह–४ मा प्रतियोगिता भइरहेको छ। १७ गतेसम्म चल्ने प्रतियोगिता यसपटक टी २० फर्म्याटमा सुरु भएको छ । अघिल्लो
सुनसरी | सुनसरीको दुहबी नगरपालिका वडा नम्बर -२ मा दिनेश चौधरी स्मृति प्रतिष्ठानको आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ । सुनसरी दुहवीका गरिब, विपन्न, दलित, मुसहर समुदायका बालबालिकालाइ निःशुल्क गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालित विद्यालयकाे भवन शिलान्यास गरिएकाे हाे । सङ्घीय सहरी विकास मन्त्रालयद्वारा विनियोजित बजेटमा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगर मार्फत दुहबी कन्स्ट्रक्सन एण्ड सप्लायर्सले कुल रकम भ्याट समेत ८९ लाख ९२ हजार ५ लागतमा ८ काेठे भवन निर्माण हुँदैछ । ग्रामिण तथा पिछडीयका बालबालिकाहरूलाई सहुलियत तरिकाले शिक्षा दिने उदेश्य भवनको शिलान्यास गरिए
रामधुनी । सुनसरीको इनरुवा नगरपालिकाको न्यायिक समितिले रामधुनी नगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक विनिता कुमारी मेहताको नेतृत्वमा आएको टोलीले साेमबार रामधुनीको भ्रमण गरेको हो । टोलीलाई नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन गेलालले स्वागत गर्नुभयाे । गेलालले न्यायिक समिति र मेलमिलापकर्ताहरुलाई स्वागत गर्नुहुदै सामाजिक न्याय, शान्तिपूर्ण समाज निमार्ण र समुदायको समस्या समुदायमै मिलाउन न्यायिक समिति र मेलमिलापकर्ताकाे भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । इनरुवा न्यायिक संयोजक विनिता कुमारी मेहताको नेतृत्व टाेलिला
इटहरी – इटहरी उपमहानगरपालिका वडा नं. १०, राजश्वटोलस्थित शिव मन्दिर निर्माणार्थ स्थलमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरू भएको छ। इटहरी वडा नम्बर १० को राजश्व टोल विकास संस्थाको आयोजनामा भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रमकि प्रमुख अतिथि पूर्वमन्त्री एवं संघीय सांसद भगवती चौधरीले उद्घाटन गरि सुरू भएको छ । शिव मन्दिर निर्माणको सहयोगार्थ गर्न लागेको यो महायज्ञमा नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य, ज्योतिषाचार्य पं. सुशान्त कृष्ण शुकदेवद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका छन् ।महायज्ञको शुभारम्भ आज बिहान कलश यात्रा
सुनसरी | सुनसरीको रामधुनी नगरपालिका वडा -७, पंचायन खेलमैदानमा दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगिता यहीँ फागुन ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता अल्टिट्युड क्लब इटहरी वडा नम्बर २ को आयोजनामा हुन लागेको हो ।प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० उत्कृष्ट फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विजेता टिमलाई रु २ लाख २२ हजार २ सय २२/- नगद, १५ तोला चाँदीको सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टिमले रु १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.