इटहरी । मोरङको सुन्दरहरैँचा –१० स्थित विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित पूजा सामग्रीमा अवलोकनकर्ताको ध्यान खिचिएको छ । विराटनगर–५ जामुनगाछीमा रहेको उन्नत गोठ प्रालिले एक्स्पोमा गोबरबाट निर्मित पूजा सामग्रीको सानो स्टल राखेको छ । स्टलमा उद्योगका सञ्चालक बेविना दाहालले गाईको गोबरबाट बनेका पूजा सामग्रीदेखि घरायसी प्रयोगका सामानका बारेमा अवलोकनकर्ताको जिज्ञासा मेटाइरहनु भएको छ । विराटनगर एक्स्पोमा राम्रो व्यापार भएपछि दाहालले विराटचोकमा पनि आफ्नो उत्पादनको प्रदर्शनी तथा बिक्री स्टल राख्नु भएको हो । दाहालको उद्योगले गोबरबाट दियो, कलश, विभिन्न प्रकारका मूर
इटहरी। पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्री तथा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण गरेको छ । समितिले फुङलिङ नगरपालिका –१० स्थित फुरुम्बुको गुन्द्रेडाँडामा ‘युमा माङहिम मुन्धुम स्थल पदमार्ग’ निर्माण गरेको हो । वार्षिक लाखौँको सङ्ख्यामा पाथीभरा दर्शनका लागि आउने दर्शनार्थीलाई जिल्लामा केही दिनसम्म लम्ब्याउन समितिले विभिन्न स्थानमा पर्यटकीय पार्कको निर्माण सुरु गरेको छ । जसअन्तर्गत करिब २० लाख रुपियाँको लागतमा गुन्द्रेडाँडामा पदमार्ग निर्माण सम्पन्न गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार १ मिटर २० सेन्टिमिटर चौडाइ रहेको करिब ७ सय मिटर लम
इटहरी । खोटाङको हलेसी बजारमा सञ्चालित पसलमा अत्यधिक मात्रामा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामग्रीहरु अत्यधिक मात्रामा म्याद गुज्रिएको भेटिएको हो । पेप्सी, ड्यु, कोकोकोला, मिरिन्डा, फ्यान्टा, स्प्राइट, सेभेनअप लगायतका पेय पदार्थहरु धेरै म्याद गुज्रिएको भेटिएको छ । हलेसी तुवाचुङ नगरपालिका –७ हलेसी बजारमा सञ्चालित खाद्यान्न सामग्री बिक्रेता पसल, होटल साथै अन्य पसलमा अनुगमन गर्दा करिब डेढ लाख बराबरको अखाद्य सामग्री जफत गरेर नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी कार्यालय हलेस
रामधुनी | सुनसरीको रामधुनी नगरपालिकामा तेस्रो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ को आयोजनामा भएको प्रतियोगिताको समापन समारोह रामधुनी नगरपालिका वडा नम्बर ४ को मानपुरमा सम्पन्न भयो। प्रतियोगितामा धरान उपमहानगरपालिका पहिलो, बराहक्षेत्र नगरपालिका दोस्रो र आयोजक रामधुनी नगरपालिका तेस्रो स्थानमा रहे।प्रतियोगिता नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको थियो भने रामधुनी नगरपालिका उपप्रमुख तारा थापा प्रमुख अतिथि हुनुहुन्थ्यो ।कार्यक्रममा बोल्दै अध्यक्ष हरि बहादुर राउतले कराते
इटहरी । सुनसरीको इटहरी-२ हवाइचोकबाट शुक्रबार बजार भर्न पुगेकी एक महिलाबाट लुटिएको सुन अभियुक्तले निलेपछि प्रहरीले निगरानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। इटहरी-३ की ४७ वर्षीया बेदकुमारी खड्काले घाटीमा लगाएको झन्डै एक तोलाको सुन हवाइचोकमा लुटिएको थियो।लुटपाटमा संलग्न जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका-२० का २२ वर्षीय सुनिल कुमार राय र अर्का ११ वर्षीय बालक पिन्टु रायलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरी कारबाहीबाट बच्न अभियुक्तले सुन निलेपछि दुवैजनालाई निगरानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। महिलाबाट लुटिएको सिक्री ११ वर्षीय बालकले निलेका हुन्।घटना भएको आधा घण्टाभि
बराहक्षेत्र | राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटि सदस्यमा बराहक्षेत्र बाट रेशु तामाङ चयन ।हुनुभएको छ। रेशु तामाङ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुरका बासिन्दा हो भने हाल उहाँ काठमाडौंमा बसोबास गर्नुहुन्छ। उहाँ एक समाज सेवी, राजनीतिज्ञ, शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुन्छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ठूलो र सक्रिय भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको विधानको धारा ३८ को उपधारा २ को नियम 'ख' र पार्टी जनसंगठन समन्वय संयन्त्रको निर्देशन बमोजिम दोहोरो जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई पार्टीको पदाधिकारी भएमा स्वत: बिदा हुने व्यवस्था छ। यसरी
इटहरी। पाँचथरको सदरमुकाम फिदिममा प्रेम केन्द्र लभ प्वाइन्ट निर्माण भएको छ । घुमफिर गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा पस्कन रुचाउने युवकयुवतीलाई लक्षित गरेर लभ प्वाइन्ट निर्माण भएको हो । सदरमुकाम फिदिम बजारदेखि ७–१० मिनेटको दुरीमा फिदिम नगरपालिका र स्थानीयको लागतमा उक्त केन्द्र निर्माण गरिएको हो । उच्च स्थानमा निर्मित ‘केन्द्र’ बाट सदरमुकाम फिदिम, गढी र पल्लोटारसहितका स्थान सहजै देख्न सकिन्छ । फलामका पिल्लर र रड प्रयोग गरेर तीन तलामाथि उचालिएको केन्द्रको तेस्रो तलामा रेलिङ हालेर घाम ताप्दै गफ गर्न र बजार क्षेत्र नियाल्न मिल्ने गरी घेरबार गरिएको छ । टिनको छानाले छाइएसँगै यो स्थानमा पानी चु
इटहरी। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ । किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फूलमाला लगाई दिँदै गरेको दृश्य निकै नै रोचक थियो । आर्थिक वर्ष २०८०र०८१ देखि किसानलाई प्रोत्सान पुरस्कार दिन थालेको यो गाउँपालिकाले यो वर्ष एक सय मुरीभन्दा धेरै धान फलाएका ३ र ५० मुरी माथि एक सय मुरीसम्म धान फलाएका ४२ जना किसानलाई सामूहिक रूपमा यसरी सम्मान गरेको हो । गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानको मुहारमा खुस
इटहरी । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको छ । त्यस अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोह आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ । सरकार स्थापनामा आयोजना गरिएको समारोहमा सरकार स्थापनाको सात वर्षमा भएका उपलब्धीहरू समेटिएको हाते पुस्तक विमोचन गरिएको छ । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्तरूपमा ‘कोशी प्रदेश सरकारको सात वर्ष’ नामक पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख पर्शुराम खापुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट जनताको विकासको आकाङ्क्षा पूरा गर
इटहरी । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वनक्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनरक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर वनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो । वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यावसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.