इटहरी। जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् । सो गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इञ्जिनियर ९अधिकृत छैटौँ० युवराज दाहालले जानकारी दिनुभयो । वडा नं १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ को लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ । वडा नं ३ को सिङ
इटहरी। ताप्लेजुङमा बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । चारैतिर ढाक्नेगरी बाक्लो हुस्सुसँगै बढेको चिसोले सदरमुकाम फुङ्लिङसहित जिल्लाको जनजीवन प्रभावित भएको हो । हिउँद अर्थात् चिसो यामको अन्त्य भई गर्मी सुरु हुने बेलामा बाक्लो हुस्सु लाग्नुका साथै अध्यधिक चिसो बढेको छ । स्थानीयका अनुसार दुई÷चार दिनयता निरन्तर मौसम धुम्मिएकाले जिल्लामा जाडो बढेको छ । तातो घाम नलागेर चिसो बढिरहेका बेला शनिबार भने बिहानदेखि बाक्लो हुस्सु लागेकाले जिल्लामा निकै जाडो बढेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले शनिबार चारैतिर बाक्लो हुस्सुले ढाकेपछि मध्य हिउँद झैँ मौसम चिसो भएको
इटहरी – इटहरी उपमहानगरपालिका वडा नं. १०, राजश्वटोलस्थित शिव मन्दिर निर्माणार्थ स्थलमा यही फाल्गुण ५ गतेदेखि १२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। इटहरी वडा नम्बर १० को राजश्व टोल विकास संस्थाको आयोजनामा धार्मिक तथा सांस्कृतिक चेतनाको अभिवृद्धि गर्दै शिव मन्दिर निर्माणको सहयोगार्थ गरिन लागेको यो महायज्ञमा नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका कृपापात्र ज्योतिषाचार्य पं. सुशान्त कृष्ण शुकदेवद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिनेछ।महायज्ञको शुभारम्भ फाल्गुण ५ गते बिहान ८:३० बजे कलश यात्रा, समुद्घाटन, मण्डप पूजन तथ
धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपरलिग समिरण पुरा भएको छ । कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुविच भएको समुहचरणको लिगमा समुह बिजेता टिमहरु सुपर लिग (अन्तिम चार)मा प्रवेश गरेका छन् । समुह ए बाट पाँचथर युनाइटेड, बी बाट गाईघाट फुटबल क्लब, सि बाट देउराली युथ क्ल्ब र समुह डि बाट बुइपा–११ सुपर लिगमा प्रवेश गरेका छन् ।आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिष्पर्धा गर्नेछन् । शुक्रबार धरान रंगशालामा भएको खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समुह विजेता बनेको हो । यस अघि बुइपाले ताप्लेजुङको प्रगतिशिल फुटबल क्
इटही | संसदीय व्यवस्था प्रणालीबारे जानकारी दिन इटही लेडी जेसिजको आयोजनामा दुई दिने विशेष प्रशिक्षण कार्यक्रम गरिएको छ । इटहीस्थित होटल इन्दुरिष्ट प्यालेसको सभा हलमा इटहरी लेडी जेसिजको आयोजनामा भएको उक्त कार्यक्रम इटहरी लेडी सिजकी अध्यक्ष लक्ष्मी वरालको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष JC रजनी थापाको प्रमुख आतिथ्यता गर्नुभएको थियो भने क्षेत्र 'क' का शाखा अध्यक्षहरूको पनि उपस्थित रहेको थियो।उक्त प्रशिक्षण कार्यक्रममा नेपाल जेसिजका कानुनी सल्लाहकार JC सुनिल तिमिल्सिनाले प्रमुख प्रशिक्षकका रूपमा रहनुभएको थियो। साथै नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष JCI Sen. कैलाश खाकी
भोजपुर | भोजपुरको अरूण गाउँपालिकाले फालिटार–बतासे–याकु सडकखण्डको निर्माण कार्यको निरीक्षण सम्पन्न गरेको छ। सडकको अवस्था बुझ्न तथा निर्माणको गुणस्तर सुनिश्चित गर्न गरिएको यो निरीक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकरामा खत्री, उपाध्यक्ष बिनिता ढकाल, वडा नं. ५ का जनप्रतिनिधिहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।सदरमुकामसम्म पुग्नको लागि स्थानीय बासिन्दाले लामो दुरी पैदल हिँड्नुपर्ने समस्यालाई मध्यनजर गर्दै यो सडक निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ। सडक निर्माणपछि स्थानीयको दैनिक यात्रा सहज हुने, कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सजिलो
इटहरी | इटहरीस्थित कस्तुरी कलेजले आफ्नो २६ औं वार्षिकोत्सव साँस्कृतिक प्रस्तुति, पुरस्कार वितरण सम्पन्न भएको छ । कस्तुरी कलेज अफ व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालय मोरङका रजिष्टार निलमणी पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको मुख्य आकर्षण कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध गायन, नृत्य, नाटक तथा कला प्रदर्शन रहेका थिए। विद्यार्थीहरूले मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए ।कलेज प्रशासनले शैक्षिक, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको डा। खलिल आजाद खेल मैदान भोक्राहामा ५ गते देखि १७ गते सम्म हुन गइरहेको कोशी प्रिमियर लिग केपिएल दोस्रो सिजनको ट्रफी भव्य समारोहका बीच कोशी ब्यारेज स्थित सप्तकोशी नदीको किनारमा अनावरण गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० को स्वीकृति र सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा कोसी प्रिमियर लिग इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिता आयोजना गर्न लागेको हो । गत संस्करणमा विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाएको थियो । यो पटकको पुरस्कार राशीबारे केही दिनमा सार्वजनिक गरिने सुनसरी जिल्ला क्रिकेट संघका सचिव गोविन्द पौडेलले बताए । सिंगल राउ
इटहरी । उर्लाबारी नगरपालिकाको नगरसभाको १३औं अधिवेशन सम्पन्न भएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। हिजो बसेको दोस्रो बैठकमा करार कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विधेयक २०८१ पारित गरिएको छ। सो विधेयक कानुन मस्यौदा तर्जुमा समितिका सदस्य गौरीशंकर दाहालले नगरसभामा प्रस्तुत गरेका थिए। यसैगरी कार्यपालिका सदस्य मनमाया तामाङले नगरपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको प्राप्तांक तथा प्रगति सम्बन्धी जानकारी नगरसभासमक्ष प्रस्तुत गरेकी थिइन् । नगरसभामा वडा न
तेह्रथुम | तेह्रथुम र पाँचथर जिल्लालाई जोड्ने तमोर नदीस्थित लुम्बुघाट मोटरेबल पुलको पुनर्निर्माण कार्य झन्डै १३ वर्षपछि सुरु भएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो पुल पुनर्निर्माणपछि दुई जिल्लाका बासिन्दालाई आवागमनमा सहजता प्रदान गर्नेछ।लामो प्रतीक्षा पछि पुनर्निर्माण सुरु म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेका अनुसार, स्थानीय जनताको ठूलो माग र यातायात सहज बनाउने उद्देश्यले पुल पुनर्निर्माणको काम अघि बढाइएको हो। यस पुलमार्फत दुवै जिल्लाका नागरिकहरूले सहज यातायातको सुविधा पाउने र व्यापारिक गतिविधि समेत तीव्रता पाउने अनुमान गरिएको छ।लुम्बुघाट पुल भत्किएपछि लामो समयसम्म स्थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.