खाँदबारी । सामसुङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ं र ग्यालेक्सी एस २५ प्लस स्मार्टफोनको प्रिअर्डरका मोवाइलको बिक्री सुरु भएको छ । संखुवासभा,भोजपुर र तेह्रथुम मा २१ वटा मोवाईलको प्रि बुकिङ भएको सामसुङ मोवाईलको आधिकारिक विक्रेता नमस्कार इलेक्ट्रोनिकका सञ्चालक लोकन्द्र बुढाथोकीले बताए ।प्रि बुकिङ बाहेकका लागि अन्य ग्राहकहरुले नजिकको मोवाईल पसलबाट खरिद गर्न सकिने बुढाथोकी ले बताए । प्रि बुकिङ जनवरी ३० मा खुलाईको थियो । ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसुङको एआई-फस्र्ट प्लेटफर्म वानयुआई ७ रहेको पहिलो स्मार्टफो
पाँचथर । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ । हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ) फिदिमको आयोजनामा हुने उक्त कार्यक्रममा लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले प्रस्तुती दिने भएको हो । फाल्गुन २ गते शुक्रबार अर्थात भ्यालेन्टाइन्स डेको अवसरमा फिदिम मावि को चौरमा हुने उक्त सांगीतिक कार्यक्रमको लागि अहिले स्टेज बनाउने काम भैरहेको र फिदिममा अहिले सम्मकै ठुलो कार्यक्रम भएकाले साउण्ड सिस्टम र लाइटहरु धरान ,विराटनगर देखि ल्याउन लागिएको आयोजकले जानकरी दिए । गत
धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह बी बाट समुह विजेता हुँदै उदयपुरको गाईघाट फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा सम्राट स्पोर्टिङ क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाट समुह विजेता बनेको हो । गाईघाटकालागी एकमात्र गोल प्रविन राईले गरेका थिए । खेलको म्यान अफ द म्याच गाईघाटका गोल किपर अनिल मगर घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।गाईघाटले पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई पराजित गरेको थियो । गाईघाट ६ अंक सहित समुह विजेता हुँदा ३ अंक मात्रै भएको सम्राट भने प्रतियोगिताबाट
इटहरी | इटहरी नमुना कलेजमा आयोजित "बिग इनोभेसन डे" ले विद्यार्थीहरूको सिर्जनशीलता, वैज्ञानिक सोच र प्रविधिसँगको मेलमिलापलाई एकसाथ उजागर गर्यो। कार्यक्रमका क्रममा विद्यार्थीहरूले आफ्ना अनौठा तथा नवप्रवर्तनशील आविष्कार प्रदर्शन गरे, जसले दर्शकहरूलाई अचम्मित पार्यो। विज्ञान, प्रविधि, कला, संस्कृतिदेखि सामाजिक विषयसम्मका परियोजनाहरूलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्दै विद्यार्थीहरूले नेपालको शैक्षिक प्रविधिमा नयाँ युगको संकेत दिएका छन्।साइन्स फेस्टिवल जस्तो माहोल, विद्यालय दुलहीझैं सिंगारियोइटहरी नमुना कलेजको प्राङ्गण रंगीचंगी बत्ती, फूलमालाहरू र प्रविधिसँग सम्बन्धित पोस्टरहरूबाट सजाइएको थियो। विद्य
विराटनगर – प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुनसरी निवासी सुमन पुरी निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा बुधबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनले पुरीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। उनी यसअघि उपाध्यक्ष पदमा कार्यरत थिए ।यस अधिवेशनमार्फत पुरीको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चार क्षेत्रको सशक्तीकरणका लागि नयाँ नेतृत्वले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।नयाँउपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भए
इटहरी । म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख संजयकुमार तुम्बाहाङ्फेले तेह्रथुम र पाँचथर जिल्लाको सिमानामा रहेको तमोर नदीको लम्बुघाट पुल निर्माण कार्यलाई तीव्रता दिई छिट्टै सम्पन्न गर्न आग्रह गर्नुभएको छ । पुल निर्माण ढिलाइ हुँदा यस क्षेत्रका स्थानीय बासिन्दा यातायात अवरुद्ध भई कठिनाइ भोग्न बाध्य भएका छन् । नगर प्रमुख तुम्बाहाङ्फेले यस विषयलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशव कुमार शर्मासँग भेटघाट तथा छलफल गर्नुभएको छ । भेटका क्रममा उहाँले पुल निर्माणका लागि आवश्यक बजेट तथा अन्य प्राविधिक अवरोध हटाई निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्न सरकारी पक्षबाट व
इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले इलामको बाँझो लामिटार प्रहरी चौकीको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा डीआईजी अधिकारीले चौकीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग भेटघाट गर्दै उनीहरूको कामको अवस्था बुझनुभएको थियो । साथै उहाँले सुरक्षा सम्बन्धी रणनीति, जनताको सेवा प्रभावकारी बनाउने उपाय तथा प्रहरी संगठन भित्रको अनुशासन र मर्यादाबारे आवश्यक निर्देशन दिनुभएको थियो । प्रहरी चौकी निरीक्षणको क्रममा डीआईजी अधिकारीले स्थानीय सुरक्षा व्यवस्थाका विविध पक्षबारे जानकारी लिँदै जनसुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने प
इटहरी । मोरङको उर्लाबारी नगरपालिका –३ स्थित दुर्गा माध्यमिक विद्यालयमा ‘उपमेयरसँग किशोर किशोरी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले विद्यालयका किशोरकिशोरीहरू सँग अन्तरक्रिया गर्दै हिंसा र कुरीतिका विषयमा जानकारी गराउनुभएको हो । कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत करिब १ सय विद्यार्थी सहभागी भएका थिए । उपप्रमुख पौडेलले किशोरकिशोरीहरूले भोग्नुपरेका समस्याका बारेमा जानकारी लिँदै महिला तथा बालबालिकामाथि हुने हिंसाका स्वरूप, कारण, असर र सामाजिक मूल्य–मान्यताका कारण सिर्जित भेदभावबारे प्रस्ट्याएको नगर उपप्रमुखको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा महिला बा
इटहरी । भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिका भित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीकोे अध्यक्षता तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए । ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरेका हुन् । भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रत
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ । गाउँपालिकाले मौलिक संस्कृतिको जगेर्ना साथै प्रवर्धन गर्ने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रवर्धनात्मक प्रचार गरेको हो । लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो, अर्थात् सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । लिम्बू जातिको सांस्कृतिक पहिचान झल्काउने सिलाम साक्माको पछिल्लो समय प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ । लिम्बूबाहेकका समुदायसम्म सिलाम साक्माको प्रयोग बढ्दै गइरहेको बेला मैवाखोला गाउँपालिकाले यस
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.