All Posts By कोशी प्रेस

    Showing ७,८३१-७,८४० of १३,७४३ items.
  • सुनसरीमा लागूऔषध बोकेको स्कारपिओ र एउटा मोटरसाइकल नियन्त्रण

    इटहरी । सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा बोकेको स्कारपिओ र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको एचआर ७० इ। ९५०२ नम्बरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । भाग्ने क्रममा देवानगञ्ज ७ स्थितमा अनियन्त्रित भइ सडकभन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको चार पोका गाँजा बरामद गरेको छ । बरामद गरेको गाँजा दुई सय ९६ किलो आठ सय ५० ग्राम

    • प्रकाशित मितिः माघ २६, २०८१
    • २६१ पटक पढिएको
  • इटहरीमा आइटीका विद्यार्थीलाई इमेज प्रोसेसिङ सम्बन्धी तालिम

    इटहरी । इटहरीस्थित सुष्मा गोदावरी कलेजमा इमेज प्रोसेसिङको तालिम दिइएको छ । चार दिने तालिममा आइटी अध्ययन गर्ने विद्यार्थीहरूलाई तालिम दिइएको हो । काठमान्डौँ युनिभर्सिटीबाट इञ्जिनियरिङमा ग्राजुएट विवश आचार्यले तालिम दिइरहेका छन् । उनले आइटी विषयमा अध्ययनरत विद्यार्थीहरूलाई तालिम दिइरहेको बताए । आइटीमा प्रयोग गरिने पाइथन, गिट र प्रिन्सिपल कम्पोनेन्ट एनालाइसिस एल्गोरिदमबारे तालिममा विशेष जोड दिइएको आचार्यको भनाइ छ ।

    • प्रकाशित मितिः माघ २६, २०८१
    • २०८ पटक पढिएको
  • इटहरी गोल्डकप फागुन ३ गतेदेखि, पुरस्कार राशि १० लाख

    इटहरी । १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब ९राजा०ले शनिबार पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिएको हो । आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार प्रतियोगिता इटहरी रंगशालामा दिनको २ः३० बजेदेखि हुनेछ । गोल्डकपमा आठ वटा टिम सहभागी छन् । जसअनुसार उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब युकेएफसी बीच प्रतिस्पर्धा हुनेछ । यसैगरी फागुन ४ गते सगरमाथा युथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ एनआरटी बीच प्रतिस्पर्धा हुनेछ । फागुन ५ गते मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ४०६ पटक पढिएको
  • जनता माध्यमिक विद्यालयका १४५ जना विद्यार्थीहरूलाई कर्मयोग फाउन्डेसनको सहयोग

    सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर  ६ गरैया श्रीलन्का टापुमा रहेको श्री जनता  माबी स्कुलका १४५ जना बिधार्थीहरुलाई कर्मयोग फाउन्डेसनले कपडा वितरण गरेको छ । शुक्रबार  शीशु कक्षा देखी कक्षा ५ सम्माका १४५ जना बिधार्थीहरुलाई  कर्मयोग फाउन्देसनको सहयोगमा ट्राक्रसुट, जुत्ता,टिसर्ट , बिधालय ब्याग वितरण गरीएको छ। उक्त कार्यक्रम कर्मयोग फाउन्डेसनका अध्यक्ष शौरब रीमालको अध्यक्षता भएको उक्त कार्यक्रममा युवा  समाजसेवी नेपाली काङ्रेस  महाधिवेशन प्रतिनिधि भीम कटुवाल को प्रमुख अतिथि रहेको थियो भने कार्यक्रममा  बिशेश अतिथिमा बराहक्षेत्र नगरपालीका वडा नम्बर

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ३९९ पटक पढिएको
  • हाङथुम कप फाइनलमा धरान र रामेछाप उपाधिका लागि भिड्ने

    संखुवासभा | संखुवासभाको  मादी नगरपालिका–३, मुलखर्कमा जारी ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल सिर्जना युवा क्लब धरान र लिखु भुजी क्लब रामेछापबीच हुने भएको छ ।शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा सिर्जना युवा क्लब धरानले चुलाचुली स्पोर्टिङ क्लब झापालाई हराउँदै फाइनलमा स्थान बनायो । दोस्रो हाफको २२ औं मिनेटमा धरानका खेलाडीले गोल गरेपछि विवाद उत्पन्न भयो, जसका कारण केही समय खेल रोकियो । अन्ततः चुलाचुली स्पोर्टिङ क्लबले खेल मैदान छोडेपछि रेफ्रीको निर्णयअनुसार धरान फाइनल प्रवेश गरेको हो । त्यस्तै, दोस्रो सेमिफाइनलमा लिखु भुजी क्लब रामेछापले डाँडाबजार धनकुटालाई ४-० गोल

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ५६८ पटक पढिएको
  • कोशी प्रदेश खेलकुद विकास बोर्ड आगामी फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने

    विराटनगर | कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ। आज बोर्डको २६ औँ बैठक सम्पन्न भई महोत्सवको मिति तथा कार्यक्रम तय गरिएको हो। फागुन १३ देखि १८ गतेसम्म विराटनगरमा विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिने निर्णय बैठकले गरेको छ।बैठक कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको थियो। बैठकमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिताहरूलाई महोत्सवकै रूपमा आयोजना गर्ने योजना अनुमोदन गरिएको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी गराए। उनका अनुसार महोत्सव सफल बनाउनका लागि सामाजिक विकास मन्त्री पाँचकर

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ४७७ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिकाको नागी–खावा–कोट गोगने–लेखर्क सडक कालोपत्रे कार्य सुरु

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -४ नागीदेखि खावा, कोट गोगने हुँदै लेखर्कसम्म जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ। २ करोड ६१ लाख ७१ हजार ६ सय ३१ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त सडकको कालोपत्रे कार्य मार्सेली—सीप्तुङ लाईट जे.भी. निर्माण कम्पनीले लिने भएको छ।कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्यसहित टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बिहीबार उक्त सडकको सिलान्यास गरेका छन्। सो सडक कोशी प्रदेशको इटहरीस्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयबाट विनियोजित बजेटबाट निर्माण हुँदैछ।यो योजनाअन्तर्गत डेड किलो मिटर सडकमा ग्याभिन जाली, आरसीसी ढलान, ड्रेन वाल,

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ३८६ पटक पढिएको
  • केराबारी फुटबल क्लबलाई स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि

    इटहरी | इटहरीमा भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि केराबारी फुटबल क्लब, मोरङले जितेको छ। बिहीबार इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनल खेलमा केराबारीले लोहोरुङ फुटबल क्लब, संखुवासभालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।खेलको १५औँ मिनेटमा केराबारीका लागि विदेशी खेलाडी एलेक्सले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। निर्धारित समयभरि दुवै टिमले थप गोल गर्न सकेनन्, जसका कारण एलेक्सको गोलले नै केराबारीलाई विजयी बनायो।यसअघि सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा लोहोरुङ फुटबल क्लबले दमक एकेडेमी, झापालाई सडन डेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ३०२ पटक पढिएको
  • कांग्रेसका मेयर निकट प्रसासन साखा प्रमुख खड्का र नेकपा एमाले निकट उपमेयर सहित जनप्रतिनिधि विवाद तत्काललाई समाधान

    इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र उपमेयर सहितको जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भएको छ । मेयर पौडेलको कार्यकक्षमा ताला लगाउने तयारी गरेको उपमेयर सहित जनप्रतिनिधि सँगको मौखिक सहमतिमा विवाद समाधान भएको हो ।प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बिदामा बसेकाले आइतबार लिखित सहमति गर्ने प्रतिबद्धता सहित बिहीबारको वार्ता टुङ्गिएको हो । मेयर पौडेलले एकलौटी रूपमा कर्मचारी सरुवा गरेको र प्रशासन प्रमुख सञ्जीव खड्काले अटेर गरेको भन्दै रुष्ट रहेको उपमेयर सहित जनप्रतिनिधिहरु सहमतिमा आएका हुन्।कर्मचारी सरुवा बदर गर्ने, अधिकृत खड्कालाई माफी माग्न लगाउने, पुरानो भुक्तानी दिने

    • प्रकाशित मितिः माघ २४, २०८१
    • ४४४ पटक पढिएको
  • शिक्षा सुधार गर्न परिक्षाको उत्तर पुस्तिका अभिभावकलाई पठाउनु पर्ने

    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिकामा आ.व. ०८१/०८२ काे विषयगत समितिहरूकाे बैठक सुरु भएकोछ ।सामाजिक विकास समितिकाे छलफलमा पालिकाकाे शैक्षिक गुणस्तर सुधार गर्न अनुगमन प्रणाली, परीक्षा प्रणालीमा सुधार गरि परीक्षा उत्तरपुस्तिका अभिभावकहरूलाई पठाउने प्रवन्ध गर्नु पर्ने सुझाव आएकाे छ ।सामाजिक विकास समिति अन्तर्गत शिक्षा याेजना निर्माण गर्नु पर्ने, अस्पतालमा प्रविधी जडान गर्नु पर्ने, सेवाहरूलाई प्रभावकारी बनाउनु पर्ने लगायतकाे विषयहरू छलफलमा आएकाे प्रमुख प्रसासकिय अधिकृत असाेक पराजुलीले जानकारी दिनुभयाे ।त्यस्तै कर्मचारी, जनप्रतिनिधी र उपभाेक्ता समितिहरूकाे क्षमता विकासमा जाेड दिनु पर्ने, नीति निर्म

    • प्रकाशित मितिः माघ २४, २०८१
    • ४३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]