इटहरी। ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधासम्पन्न भवनबाट सुरु भएको छ । हालै निर्माण सम्पन्न भएको अदालतको सुविधासम्पन्न भवनबाट सोमबारदेखि सेवा दिन थालिएको हो । नवनिर्मित भवनबाट जिल्ला अदालतको सेवा प्रारम्भ भएको जिल्ला न्यायाधीश गिरिराज गौतमले बताउनुभयो । नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी र सहज हुने विश्वास गरिएको न्यायाधीश गौतमको भनाइ छ । यसअघि भएको अदालतको पुरानो भवनबाट सेवा प्रवाह गर्न भौतिक रुपमा कठिनाइ रहेकोले नयाँ भवनमा कर्मचारीलाई कार्य सम्पादन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने न्यायाधीश गौतमले बताउनुभयो । २०७९ असार १९ गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको ३२ महिन
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा नगरपालिका ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर उपाधि जितेको हो । त्यसैगरी कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित ४० अंकको साथ उपाधि जितेको छ । त्यस्तै जुनियरतर्फ ४ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित २९ अंक ल्याएर सुन्दरहरैचामा रहेको बाल प्रतिभा स्कुल द्धितीय भएको छ ।
सुनसरी | सुनसरीको वराहक्षेत्र नगरपालिकाको भरौलमा नेपाल तरुण दलमा ५० जना बढि युवाहरु प्रवेश गरेका छन् । विभिन्न राजनैतिक दलको भातृ संस्थामा आबद्ब तथा केही स्वतन्त्र युवाहरु गरि ५० जना बढि युवाहरु नेपाली कांग्रेशको भातृ संस्था नेपाल तरुण दलमा प्रबेश गरेका हुन् । आइतवार नेपाल तरुण दल वराहक्षेत्र वडा नं ३,४ र ५ वडा कार्यसमितिले आयोजना गरेको भेटघाट तथा बनभोज कार्यक्रमको अवसरमा विभिन्न राजनैतिक दलको भातृ संस्थामा आबद्ब ५० जना बढि संङख्यामा युवाहरु नेपाल तरुण दलमा प्रवेश गरेको नेपाल तरुण दल वडा नं ३ सचिव असिम चाम्लिङ्ग राईले बताए ।नव प्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेश
भोजपुर | भोजपुर जिल्लाको अरुण गाउँपालिकामा प्रविधि क्षेत्रको महत्वपूर्ण विकास गर्दै "आईटी इनोभेसन सेन्टर" को औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिकाद्वारा सञ्चालित यो परियोजना जेनिस सोलुसन प्रा. लि. तथा सीताराम पद्मकुमारी फाउन्डेसनको सहकार्यमा अघि बढाइएको हो।आईटी इनोभेसन सेन्टरको उद्घाटन समारोह अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री तथा जिनिस फाउन्डेसनका सीईओ जेनिस फुयलले संयुक्त रूपमा गर्नुभयो। उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका पूर्व एआईजी भीमप्रसाद ढकाल, नेपाल प्रहरीका एसएसपी प्रभु ढकाल, प्राध्यापक देबी घिमिरे, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, समाजसेवी, बुद्धिजीवी तथा स्
विराटनगर – वितरक संघ कोशीको २३औं साधारण सभा संघका अध्यक्ष लाल कार्कीको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्त प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।सभामा नेपाल वितरक महासंघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद खनाल, महासंघको कोशी प्रदेशका अध्यक्ष कृष्णराज श्रेष्ठ, इटहरी वितरक संघका अध्यक्ष राजेश खनाल, विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जारा, संखुवासभा वितरक संघका अध्यक्ष हिमाल श्रेष्ठ, तथा मोरङ मदिरा व्यवसायी संघका अध्यक्ष गोविन्द बानियाँको विशेष उपस्थिति रहेको थियो।वक्ताहरूले संघको आवश्यकता, उद्देश्य, र यसको भविष्यका सम्भावनाहरू बारेमा आफ्ना
भोजपुर – भोजपुरको पौवादुङ गाउँपालिका वडा नम्बर ५ मा रहेका सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिने भएको छ। वडाअध्यक्ष बोम प्रसाद राईको विशेष पहलमा सुरु गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्य राखेको छ।यसै क्रममा, आइतबार वडा नम्बर ५ मा रहेको सानोदुम्मा माध्यमिक विद्यालयमा अध्ययनरत एक सय सत्तरी (१७०) जना विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरिएको छ। वडाअध्यक्ष राईका अनुसार, वडा कार्यालयको समन्वयमा वडाभित्र रहेका सबै विद्यालयका विद्यार्थीहरूलाई न्यानो पोसाक उपलब्ध गराउने योजना बनाइएको छ।यस योजनाअन्तर्गत गत शुक्रबार जाल्पा प्राथमिक
इटहरी | इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटाले रोमाञ्चक जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा धनकुटाले गाइघाट फुटबल क्लब उदयपुरलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।खेलको सुरुवातदेखि नै दुवै टिम आक्रामक देखिए पनि पहिलो गोल उदयपुरका अमन लामाले खेलको ६ औं मिनेटमा गरे। उनले विपक्षी रक्षापंक्तिलाई छक्याउँदै उत्कृष्ट फिनिस गरेका थिए। प्रारम्भिक गोल खाएपछि धनकुटाले दबाब बढायो र खेलमा फर्किन लगातार अवसर सिर्जना गरिरह्यो। त्यसै क्रममा खेलको ३३ औं मिनेटमा शि
इटहरी | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा मोरङ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जीवन गड्तौला प्रमुख अतिथि रहेका थिए।विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषबाट ८० भन्दा बढी विद्यार्थीलाई २ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयको कोषबाट ३५ भन्दा बढी विद्यार्थीलाई ६० हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण ग
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका ७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा दमक नगरपालिका ३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्यप्सुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी। अस्ट्रेलियाका चित्रकारले दिक्तेलमा विद्यार्थीलाई निःशुल्क चित्र कोर्न सिकाउन सुरु गर्नुभएको छ । तीन महिनासम्म निःशुल्क विद्यार्थीलाई चित्र बनाउन सिकाउन आउनुभएका अस्ट्रेलियाका वरिष्ठ चित्रकार रे मार्सदेनले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क पढाउन सुरु गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो वर्ष आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा भाग लिन आउनुभएका कलाकार मिस्टर रे अहिले विद्यार्थीलाई चित्र बनाउन सिकाउन आइपुग्नुभएको हो । दिक्तेल वरिपरिका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका ३५ जना विद्यार्थी चित्रकला कक्षामा सहभागी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.