All Posts By कोशी प्रेस

    Showing ७,८९१-७,९०० of १३,७४३ items.
  • दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु, नेपालसहित चार देशको सहभागिता

    इटहरी– सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन्। भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने तयारीमा छन्।अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उल्लेखनीय प्रदर्शनले गर्दा देशभर यसको आकर्षण बढ्दो छ। यसपटक नेपालका खेलाडीहरूले आफ्नो प्रतिभा

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ३१५ पटक पढिएको
  • नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीको तेस्रो उपमहानगर अधिवेशन सम्पन्न

    इटहरी – नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीको तेस्रो उपमहानगर अधिवेशन सम्पन्न भएको छ। संगठनका अध्यक्ष मेदन कुमार घिमिरेको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।"सम्पूर्ण शिक्षक एक हौँ, ट्रेड युनियन अधिकार, पेशागत दक्षता, गुणस्तरीय शिक्षा हाम्रो संलग्नता" भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा शिक्षा क्षेत्रका विभिन्न महत्वपूर्ण विषयहरूमा गहन छलफल गरिएको थियो। अधिवेशनले शिक्षकहरूको पेशागत हकअधिकार, शिक्षाको गुणस्तर अभिवृद्धि, नीति निर्माणमा शिक्षकहरूको भूमिका र विद्यालय व्यवस्थापनका विविध पक्षमा ध्यान केन्द्रित ग

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ७४५ पटक पढिएको
  • झापामा छ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला

    इटहरी । झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।  कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक(एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच(पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई(दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९ र ८० मा एक सय ६० तथा

    • प्रकाशित मितिः माघ १९, २०८१
    • १७१ पटक पढिएको
  • इटहरी वितरक संघको १५ औं वार्षिक साधारण सभा सम्पन्न

    इटहरी – इटहरी वितरक संघको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। इटहरी वितरक संघका अध्यक्ष राजेश खनालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा गरिएको थियोे ।कार्यक्रममा इटहरी वितरक संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेन्द्र बिमलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले संस्थाहरूको समस्या समाधान गर्न तथा व्यवस्थित रूपमा अघि बढ्न महासंघ लागिपरेको बताउनुभयो।संघले व्यवसायीका विभिन्न मुद्दा समाधान गर्न तथा सामाजिक कार्यमा समेत योगदान दिँदै आएको अध्यक्ष राजेश ख

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ४४५ पटक पढिएको
  • खोटाङबाट दुई बेसहारा महिलाको उद्धार

    इटहरी । खोटाङबाट दुई बेसहारा महिलाको उद्धार गरिएको छ । आफन्त कोही नभएपछि जिल्ला अस्पताल खोटाङमा अलपत्र पर्नुभएका ७२ वर्षीया टिकामाया सार्की र मानसिक रुपमा विक्षिप्त ५१ वर्षीया मनमाया फुँयलको उद्धार गरिएको हो । उहाँहरुको उद्धार गरेर शनिबार मानव सेवा आश्रम विराटनगर पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय खोटाङ, जिल्ला अस्पताल खोटाङ र स्थानीय नागरिकको समन्वय र पहलमा दुई बेसहारा महिलाको उद्धार गरिएको हो । उहाँहरुलाई शनिबार बिहान नगरपालिकाले व्यवस्थापन गरेको सुमो गाडीमा राखेर मानव सेवा आश्रम पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका सार्की बिरामी

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २५४ पटक पढिएको
  • ‘अमर नेम्बाङ स्मृति सम्मान’ धरावासी र स्वप्निललाई

    इटहरी। यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि कृष्ण धरावासी  र कवि स्वप्निल स्मृतिलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको छैठौं स्मृति दिवसमा धरावासी र स्वप्निललाई संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि जनहि नगद ५० हजार र कदर पत्र रहेको छ । प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार प्रतिष्ठानले यहि माघ २६ गते कवि धरावासी र स्वप्निललाई साहित्य सम्मानसहित एक जना विद्यार्थीलाई छात्रवृति र बम विस्फोटमा परेका तथा बाढीपहिरो पीडितलाई राहत वितरण गर्न लागेको हो । सम्मान

    • प्रकाशित मितिः माघ १९, २०८१
    • १७५ पटक पढिएको
  • सूर्योदय नगरपालिकामा ‘टोल विकास संस्थासँग नगरप्रमुख’ कार्यक्रम सुरु

    इटहरी।  इलामको सूर्योदय नगरपालिका असल अभ्यासका कारण देशभर चर्चामा छ । नगरका असल अभ्यास हेर्न र सिक्नका लागि अहिले दैनिक देशका कुनै न कुनै पालिकाका जनप्रतिनिधि आएकै हुन्छन् । नगरले पछिल्लो समय फरक अभ्यास सुरु गरेको छ । नगर क्षेत्रमा दर्ता भएका २०१ वटा टोल विकास संस्थामा ‘टोल विकाससँग नगरप्रमुख’  कार्यक्रम सुरु गरिएको छ । टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४ र टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०८० बमोजिम सव्रिmय रहेका टोल विकासका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई टोल विकासको काम, कर्तव्य र अधिकारका विषयमा कक्षा सञ्चालन भइरहेको छ । नगरप्रमुख रणबहादुर राई आफँै पुगेर वडाभरका टोल

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २७७ पटक पढिएको
  • फिदिममा भेटिएको बेवारिसे शव झापाका सिटौलाको

    इटहरी । फिदिम नगरपालिका २ बैरङगीस्थित अलैचीबारीमा भेटिएको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ । शव झापा बिर्तामोड नगरपालिका ७ निवासी ६० वर्षीय  गोबिन्दप्रसाद सिटौलाको रहेको पाँचथर प्रहरीले जनाएको छ । शव  बिहीबार  बिष्णु श्रेष्ठको अलैचीबारीमा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । शवको जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरी शनिबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साह तेलीले जानकारी दिनुभएको छ । शनिबारनै झापाको माईमा सिटौलाको दाहसंस्कार गरिने छोरा कृष्णले बताउनुभयो ।  

    • प्रकाशित मितिः माघ १९, २०८१
    • १५८ पटक पढिएको
  • इटहरीमा भोलि देखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

    इटहरी | इटहरीमा भोलि देखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ ।नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीले भोलि देखि २२ गते सम्म अन्तरविद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा २९ वटा टिम सहभागी हुदैछ । भोलि देखि हुने खेलको तयारी पूरा भएको आयोजना समितिले जनाएको छ ।उद्घाटनको दिन पहिलो  डिभिएम स्कुल र सगरमाथा स्कुल बिच हुने भएको छ भने दोस्रो चरणमा  महेन्द्र मेमोरियल दुहबी र शान्तिनगर स्कुल इटहरी २ को प्रतियोगिता हुने भएको  छ ।नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीको खेलमैदानमा हुने कपको प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्र तथा रु २५,००० नगद पुरस्कार प

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३७८ पटक पढिएको
  • हिसान एन्फा कप फुटबलको उपाधी पूर्वाञ्चल र क्रिकेटमा बिश्वआदर्श च्याम्पियन

    इटहरी । हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेज माथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ

    • प्रकाशित मितिः माघ १८, २०८१
    • २७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]