All Posts By कोशी प्रेस

    Showing ७,९२१-७,९३० of १३,७४३ items.
  • लागुऔषध गाँजा र औषधी सहित ३ जना पक्राउ

     इटहरी । सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवानगंज गाउँपालिका(३ का ४० बर्षीय अर्बिन कुमार यादवको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा माघ १५ गते  दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह  र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको  घरको कम्पाउण्ड खानतलाशी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २९० ग्राम लागुऔषध गाँजा बरामद गरी यादवको  ३५ बर्षीया श्रीमती

    • प्रकाशित मितिः माघ १६, २०८१
    • १६१ पटक पढिएको
  • जनता माध्यमिक विद्यालय, इटहरीको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन

    इटहरी | जनता माध्यमिक विद्यालय, इटहरीको  ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन भएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथिमा ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन भएको हो । कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विद्यालयको नव निर्मित १२ कोठे भवनको उद्घाटन समेत गरिन्। विद्यालयका प्रिन्सिपल पशुपति सिग्देलका विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको विकासमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र दुई जना पत्रकारलाई सम्मान समेत गरिएको थियोे ।जनता माध्यमिक विद्यालयले आगा

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ७०० पटक पढिएको
  • भुक्तानी नपाउदा दूध सङ्कलन प्रभावित

    इटहरी । झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरूले दुधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दूधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रमुख प्रबन्धक चिरञ्जीवि भण्डारीका अनुसार दूधको रकम नपाएका कारण आफुहरूले किसानलाई ८७ लाखभन्दा बढि भुक्तानी दिन बाँकी रहेको छ । दूध सङ्कलन गर्ने की नगर्ने भनेर अन्योल भएको भण्डारीको भनाइ छ । एक वर्ष अघिदेखिको भुक्तानी आफुहरूले पाउन बाँकी रहेको दुग्ध सङ्कलक किसानहरूले बताउँदै आएका छन् । सहकारी संस्थाहरूले पैसा नपाएपछि दूध ल्याएका किसानहरूले पनि भुक्ता

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ३८८ पटक पढिएको
  • आफ्नो ठाउँलाई भाइरल बनाउने अभियानमा शान्तिनगरका युवा सक्रिय

    इटहरी । सुनसरीको इटहरी २ का युवाहरू आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटेको छन् । इटहरी २ शान्तिनगरमा रहेको क्रिएटिभ युवा समूहमा रहेका युवाहरूले आफ्नो ठाउँलाई भाइरल बनाउँदै सबैको नजरमा पर्ने अभियानमा जुटेको बताएका छन् । वन जङ्गललाई हराबरा बनाइ जङ्गललाई पर्यटकीय स्थल बनाउन रङ लगाइएको स्थानीय समाजसेवि रोशन अधिकारीले बताउनु भयो । चारकोशे जङ्गलमा हात्तीको आतंकलाई रोक्न साथै इटहरीको पर्यटकीय क्षेत्र तालतलैया जाने बाटोलाई पर्यटकीय स्थल बनाउने उदेश्यले रङरोहन गरिएको क्रिएटिभ युवा समूहका अध्यक्ष शान्तिराम तिवारीले बताउनु भयो । तरहराको पानिपिया हुँदै शान्तिनगर सामुदायिक बन समूहको आसपासमा

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २८६ पटक पढिएको
  • नेपालमै पहलो पटक रासन कार्ड र रासन वितरण

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी रासन र रासन कार्ड वितरण गर्न सुरु गरेको छ । सोमबार वडा कार्यालयले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहत वितरण सुरु गरेको हो । पहिलो चरणमा अति विपन्न २० परिवारलाई वडा समितिले छनौट गरी रासन प्रदान गरिएको वडाध्यक्ष नैना राईले जनाउनु भएको छ । उहाँले विपन्न ३ जनाको परिवारलाई १० केजी चामल र ३ जना भन्दा बढीको परिवारलाई महिनैपिच्छे १५ केजीको दरले चामल उपलब्ध गराउँदै जाने वडा समितिको उद्देश्य रहेको बताउनुभयो । उहाँले यस  चालु आर्थिक वर्षको लागि एक लाख रुपैयाँ मात्र बजेट छुट्याएर वडा भित्रका अति विपन्न परिवारलाई रासन

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २७३ पटक पढिएको
  • आँखा शिविरमा १ सय ३१ जनाको निशुल्क शल्यक्रिया

    इटहरी । सुनसरीको इनरुवामा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १ सय ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।  इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिका, जिल्ला अस्पताल इनरुवाको समन्वय, डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरको विशेष सहयोगमा निःशुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।  माघ १२ र १३ गते दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४ सय जना बिरामीको चेकजाँच गरिएको र अन्य १ सय ३१ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको जग्गा तथा आवस बिकास संघ सुनसरी अध्यक्ष नेत्र प्रसाद चौलाग

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ३३४ पटक पढिएको
  • बर्जू गाउँपालिका वडा नं १ र २ का करिब २५० विपन्न परिवारलाई न्यानो कपडा वितरण

    इटहरी । सुनसरीको बर्जू  गाउँपालिका वडा नं १ वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा नं  १ र २ का करिब २५०   विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहर सँगै चिसो अत्यधिक बढेपछि  फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, बर्जू  गाउँपालिका वडा नं १ र स्वर्गीय  मुक्तिनाथ घिमिरे तथा स्वर्गीय रोमन घिमिरेको स्मृतिमा बर्जू  ५ निवासी गोविन्द प्रसाद घिमिरेको संयुक्त आयोजनामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।  कार्यक्रम सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सङ्घीय सांसद तथा पूर्व महिल

    • प्रकाशित मितिः माघ १५, २०८१
    • १७४ पटक पढिएको
  • सुनसरीका ४८ हजार बढी बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाइदै

    इटहरी । सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा (एचपिभी) खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । खोप अभियानमा सुनसरीका ४८ हजार ८ सय ५६ जना बालिकालाई समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ । इनरुवामा सरोकारवालाहरुको उपस्थितिका बिच अभियान बारे जानकारी गराएको स्वास्थ्य कार्यालयले खोपका लागि सबै विद्यालयमा पुग्न

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ३१४ पटक पढिएको
  • स्वर्ण सगरमाथा सडक निर्माण उच्च प्राथमिकतामा, बजेट थप गर्ने मन्त्री दाहालको प्रतिबद्धता

    इटहरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सोलुखुम्बुको विकासका लागि ओखलढुङ्गाबाट सोलु हुँदै खोटाङ जोड्ने स्वर्ण सगरमाथा सडक सम्पन्न गर्नका लागि उच्च प्राथमिकतामा राखेर क्रमागत रुपमा बजेटको व्यवस्था गर्ने बताउनुभयो । नेचासल्यान गाउँपालिकामा रहेको हिमाल दर्शन माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटनका क्रममा सोलुखुम्बु आउनुभएका मन्त्री दाहालले सदरमुकाम सल्लेरीबाट तिङ्ला हुँदै नेचासल्यान जोड्ने सडकको स्तरोन्नतिका लागि यसै वर्ष बजेट थप गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभयो । मन्त्री दाहाल र रक्षा मन्त्री मानवीर राईले स्वर्ण स्तम्भको अनावरण गर्दै संयुक्त रुपमा स्वर्ण जयन्ती

    • प्रकाशित मितिः माघ १५, २०८१
    • १३८ पटक पढिएको
  • फिदिम नगरपालिकाले नगरका सबै नागरिकलाई किरिया खर्च बापत दस हजार रुपियाँ उपलब्ध गराउने निर्णय

    इटहरी। फिदिम नगरपालिकाले नगरका सबै नागरिकलाई किरिया खर्च बापत दस हजार रुपियाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको माघ १० गतेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाले व्यक्तिगत घटनाको सूचीकरणलाई प्रभावकारी बनाउन कोखदेखि शोकसम्म विविध कार्यक्रममार्फत मृतक परिवारलाई किरिया खर्च, विपन्न, असहाय, ज्येष्ठ नागरिक र असहायलाई टेवा पुग्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  नगर कार्यपालिका बैठकका निर्णय नगरपालिकाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । बैठकले ‘विपन्नसँग नगर प्रमुख’ कार्यक्रमसम्बन्धी मापदण्ड २०८१ स्वीकृत गर्दै नगरपालिमा काल गति वा जुनसुकै कारण ज्यान गुमाएका मृतक

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]