इटहरी / इटहरी बाट जनवरी २० र २१ गते दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन भारतको बिहार पुगेका खेलाडीहरू विभिन्न पदक सहित नेपाल फर्किएका छन्। नेपाल, भारत र भुटानबीच भएको प्रतियोगितामा इटहरी कराते एकेडेमीका अमर कुमार शाह काता बिधामा द्वितीय भएका छन् भने कुमुते ५५ केजीमा प्रथम भएका छन्। त्यस्तै आयुष कटवाल (१६-१८ वर्ष) ५० केजि काता र कुमुते दुवै विधामा प्रथम , शिल्पा श्रेष्ठ (१२-१४ वर्ष) ३५ केजि काता र कुमुते दुवै विधामा प्रथम, अन्जली श्रेष्ठ (१२-१४ वर्ष) ३५ केजी काता तेस्रो कुमुते दोस्रो, खुसी बिष्ट (१२-१४ वर्ष) ५० केजी काता तेस्रो कु
इटहरी/ बिहारमा जनवरी २० र २१ गते दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन १८ जनवरीमा डिभिएम स्कुल इटहरीबाट सहभागी हुन भारतको बिहार पुगेका खेलाडीहरू विभिन्न पदक सहित नेपाल फर्किएका छन्। नेपाल, भारत र भुटानबीच भएको प्रतियोगितामा डिभिएम स्कुल इटहरीबाट स्वागत बिमली (१० देखि १२ वर्ष ५० केजी समुहबाट) काता र कुमुते दुबईमा तेस्रो, रोहन चौधरी (१० देखि १२ वर्ष ३० केजी समुह) काता तेस्रो कुमिते दोस्रो, सिमरन राई (१० देखि १२ वर्ष ३० केजी समूह) काता र कुमिते दुबैमा तेस्रो, त्यस्तै रोहन अग्रवाल (१० देखि १२ वर्ष ४० केजी समूह) काता र कुमिते दुबैमा दोस्रो भएको प्रशिक्षक स
इटहरी । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार भएको छ । थुलुङ दुधकोशी अस्पतालमा हिजो शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाण्डौ ल्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । आमा र बच्चालाई थापाथलीको प्रसूतिगृहमा भर्ना गरी उपचार भइरहेको छ ।
इटहरी । किक बक्सिङका खेलाडी चिरण राईले चन्दा सङ्कलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गर्नुभएको छ । सुनकोशी गाउँपालिका–४ ओखलढुङ्गाका २४ वर्षीय राईले सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक सङ्कलन थाल्नुभएको हो । राई नेशनल किक बक्सिङ एसोसिएसन मार्फत सिङ्गो नेपलको प्रतिनिधित्व गर्दै फोर्थ वाको इण्डीया खुला अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा सहभागी हुन लाग्नुभएको छ । प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च राई आफैँले व्यहोर्नु पर्ने भएको छ । खेलमा सहभागी हुन एक लाख खर्च लाग्ने एसोसिएसनले जनाएको छ । काठमाडौं–दिल्ली–काठमाड
इटहरी । ताप्लेजुङमा निर्माणाधीन जलविद्युत आयोजनाको संरचना तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मेरिङ्देन गाउँपालिकास्थित सिवाखोला जलविद्युत आयोजना कार्यालयको संरचनामा तोडफोड गरेको आरोपमा स्थानीय २२ वर्षीय बसन्त लिम्बू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार लिम्बूले ९।३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थल नजिकै रहेको साइड कार्यालय र कर्मचारी आवास गृहमा प्रवेशगरी तोडफोड गरेको आरोप छ । आवास गृहको झ्याल–ढोका फुटाउनुका साथै विद्युत् उपकरण, शौचालय, स्नानगृह सहितका संरचनामा क्षति पुगेको बताइएको छ । आयोजनाको संरचना तोडफोड गर
इटहरी । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिनुभयो । नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको बताउनुभयो । भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गर
इटहरी । विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि भित्र्याएको छ । नोबेल अस्पतालले गत असोजदेखि क्यान्सरको उपचार सेवा दिन थालेको हो । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक एवम् प्रतिनिधि सभाका सदस्य डा। सुनीलकुमार शर्माले यो प्रविधिमा क्यान्सरको उपचार गर्ने नोबेल अस्पताल पहिलो भएको बताउनुभयो । डा। शर्माका अनुसार दक्षिण एसियामा यो प्रविधि भित्र्याउने नोबेल नवौं अस्पताल हो । भारतका अस्पतालमध्ये मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा एउटा, म्याक्स अस्पतालमा तीन वटा, नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा २ गर
इटहरी। चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जि
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्याएको योगदानको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उहाँले बताउनुभयो । उहाँले सीमि
इटहरी । उदयपुरको त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ । त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् । करीब एक भवन बराबर रु। पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मक भवन तथा आवास गृह निर्माण गरिएको प्रमु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.